|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमालेमा रहेका अहिले माओवादी बनेका भ्रष्ट निर्देशक
कार्वाहीमा काठमाण्डौं, October 14, 2008-नेकपा माओवादी ले आफ्नै पार्टीभित्रका एक भ्रष्ट आचरणका व्यक्तिमाथि निर्मम कार्वाही गरेको छ । घुष खाएर पार्टीलाई बदनाम गर्न खोजेको भन्दै माओवादीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशक पूर्णमान तपोलमाथि निस्कासनको कार्वाही गरेको हो । आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत रहेको सम्मेलन केन्द्रमा उनलाई यसअघिको सरकारमा आवास तथा भौतिक योजना मन्त्री रहेकी हिसिला यमीले राजनीतिक नियुक्ति दिएकी थिइन् । जानकारीअनुसार सम्मेलन केन्द्रका कर्मचारी स्थायी गर्नकालागि भन्दै तपोलले लिखित र मौखिक परीक्षा लिएका थिए । जम्मा ७८ जना कर्मचारीसँग परीक्षा लिइएको थियो । आफूलाई रकम दिए स्थायी गराइदिने भन्दै उनले प्रतिव्यक्ति ५० हजारदेखि १ लाख ५० हजारसम्म रकम उठाएका थिए । करिव २० जनासँग यसरी उनले रकम उठाएको बताइएको छ । पीडितहरुले यससम्बन्धी उजुरी माओवादीमा परेपछि माओवादीको काठमाडौं जिल्ला सगठन समितिले आन्तरिक छानविन सुरु गरेको थियो । छानविनको क्रममा तपोलले स्थायी गरिदिने बहानामा लाखौं रुपैयाँ उठाएको पुष्टि भएपछि माओवादीले आत्मालोचना गर्न, उठाएको रकम पीडितहरुलाई फिर्ता गर्न तथा सम्मेलन केन्द्रको निर्देशक पदबाट राजिनामा दिन निर्देशन दिएको थियो । निर्देशन मान्नुको बदला उनी सम्पर्कमा नै आउन छाडेको, सबै पीडितहरुबाट उठाएको रकम फिर्ता नगरेको र राजिनामासमेत भन्दै माओवादीले उनलाई कार्वाही गरेको हो । तपोलले राष्ट्र, जनता र पार्टीप्रति गद्धारी गरेको आरोप माओवादीका काठमाडौं जिल्ला सेक्रेटरी पवनमान श्रेष्ठ 'प्रभाकिरण' ले लगाएका छन् । यसअघि एमालेमा रहेका तपोल लोकतान्त्रिक आन्दोलनको सफलतासँगै माओवादीमा प्रवेश गरी सम्मेलन केन्द्रको निर्देशक बनेका थिए । उनले केही बर्षअघि शाही नेपाल बायुसेवा निगमको अधिकृत पदबाट अवकास पाएका थिए । माओवादीको काठमाडौं जिल्ला संगठन समितिलॆ तपोलमाथि भ्रष्टाचारको आरोपमा कार्वाही गर्न सरकार तथा प्रशासनसँग माग गर्दै यसकालागि जस्तो सुकै सहयोग गर्नपनि आफू तैयार रहेको बताएको छ । साथै उसले राजनीतिक नियुक्तिका आडमा भ्रष्टाचार गर्ने जोसुकै माथिपनि आफ्नो तर्फबाट कार्वाही हुने चेतावनी दिएको छ। आफैभित्रका भ्रष्टाचारीको पहिचान गरी कार्वाही गरिनुलाई राजनीतिक बृत्तमा सकरात्मक रुपमा लिइएको छ । यो घटनाले भ्रष्टाचारीहरु जुनसुकै पार्टीमापनि हुने रहेछन् भन्ने कुरापनि देखिएको छ । यद्यपी आफूभित्रका भ्रष्टाचारीको पहिचान गरी त्यस्ता भ्रष्टाचारीमाथि निर्मम कार्वाही हुनेछ भन्ने सन्देश माओवादीले तपोलमाथिको कार्वाहीबाट दिन खोजेको छ । के माओवादीले अन्य भ्रष्टाचारीहरुकोपनि पहिचान गरी यसैगरी कार्वाही गर्ला त? -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||