Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पूर्व शाही राज खान्दानमा बियोग

काठमाण्डौं, October 30, 2008- भाईटीकाको पूर्व सन्ध्यामा नेपालको पूर्व राजपरिवारमा भने शोक परेको छ । पूर्व शाहज्यादी शीताष्मा शाहका पति अभिनेशकुमार सिंहको ह्दयाघातका कारण निधन भएको छ । केही समय अघिदेखि अस्वस्थ अभिनेश शारीरिक रुपमा अस्वस्थसमेत थिए ।

पूर्व शाहज्यादी शीताष्मा पूर्व अधिराजकुमार स्व. धीरेन्द्र शाह तथा पूर्व अधिराजकुमारी स्व. प्रेक्षाकी माइली छोरी हुन् । धीरेन्द्रको २०५८ जेठमा भएको दरवार हत्याकाण्डमा र प्रेक्षा ०५८ कार्तिकमा तिहारभन्दा ठीक अघि रारा तालमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

पन्‍चायती शासनकालमा तीब्र विवादमा मुछिएका धीरेन्द्रको २०४५ मा प्रेक्षासँग पारपाचुके भएको थियो । त्यसबेला उनले अधिराजकुमारको पदवीबाट राजिनामासमेत दिएका थिए । बाबु-आमाको पारपाचुकेपछि तीन छोरीहरु पूजा, दिलाशा र शीताष्मा आमा प्रेक्षासँग बस्दै आएका थिए ।

दरवार हत्याकाण्डमा पिता धीरेन्द्रको तथा रारा तालमा आमाको निधन भएपछि पूर्व राजा ज्ञानेन्द्रले धीरेन्द्रका तीन छोरीहरुको अविभावकत्व ग्रहण गरेका थिए । धीरेन्द्र-प्रेक्षाका तीनै छोरीहरुको कन्यादानपनि उनैले गरिदिएका थिए ।

निधन भएका अभिनेश शीताष्माले दाइजोस्वरुप पाएको धुम्वाराहीस्थित कुण्डलिनी क्लवको सन्‍चालन गर्दै आएका थिए । स्व. अभिनेशकी आमा आशा सिंह हुन् जसले पत्रकारितासमेत गर्दै आएकी छन् ।

जानकारीअनुसार स्व. अभिनेशको नाकमासमेत केही समय अघिदेखि समस्या आएको थियो । यसैगरी प्यारालाइसिसकाकारण शरीरको तल्लो भाग चल्नपनि छाडेको थियो । उनी केही समय अघि बैङ्ककमा उपचार गरी फर्केको बताइएको छ । उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ ।

-Sitaram Baral in Kathmandu













 
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®