|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सय बर्ष बाँच्ने पूर्व प्रधानमन्त्री भट्टराईको
घोषणा काठमाण्डौं, October 6, 2008-
भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफू एक सय बर्षसम्म
बाँच्ने घोषणा गरेका छन् । आफू एक सय बर्ष बाँच्ने र एक सय बर्ष पुगेको
अवसरमा आफूले बिशेष कार्यक्रमको आयोजना गर्ने बताउँदै उनले आफूलाई भेट्न
जानेहरुको नाम र फोन नम्बरसमेत टिप्ने गरेका छन् ।फोन नम्बर टिपेपछि उनको भनाई हुने गरेको छ- 'त्यो कार्यक्रममा बोलाउन बिर्सिउला भनेर टिपेको हुँ मैले बोलाएपछि त्यो कार्यक्रममा तपाईंहरु आउनु होला ।' नेपाली कांग्रेसको सभापतिसमेत बनिसकेका पूर्व प्रधानमन्त्री भट्टराईलाई बिजया दशमीको शुभकामना प्रदान तथा स्वास्थ्यस्थितिबारे बुझ्न कांग्रेससम्बद्ध प्रजातन्त्र सेनानी संघका सभापति तथा धादिङ कांग्रेसका पुराना नेता चिजकुमार श्रेष्ठ र सदस्य रुद्र ढुङ्गेल ललितपुरको बाँडेगाउँमा सरकारले बनाइदिएको भट्टराई निवासमा पुगेका थिए । सोही क्रममा भट्टराईले आफू सय बर्ष बाँच्ने दावी गर्दे आफूहरुको टेलिफोन नम्बर टिपेको ढुङ्गेलले बताए । भट्टराई हाल ८४ बर्षका छन् । उनी आफै हिडडुल गर्न सक्दैनन, िहंड्नकालागि उनलाई एक जनाको सहाराको आवस्यकता पर्छ । उनलाई उनकी सहयोगी अमिता कपालीले यो सहारा र सहयोग प्रदान गर्दै आएकी छिन् । उनी धेरै कुरा सम्झनपनि सक्दैनन् । यद्यपी आफू सय बर्षसम्म बाँच्ने बताएर उनले कांग्रेसका पुराना कार्यकर्ताहरु श्रेष्ठ तथा ढुङ्गेललाई अचम्ममा पारेका थिए । ढुङ्गेलको भनाई छ- 'जीवनप्रति उहाँको उत्साह र आशा देखेर हामी छक्क पर्यौं ।' श्रेष्ठ तथा ढुङ्गेललाई पूर्व प्रधानमन्त्री भट्टराईले आफू र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीचपनि आजकल असाध्यै राम्रो सम्बन्ध रहेको बताएका थिए । २०५६ मा भट्टराईलाई कोइरालाले प्रधानमन्त्री पदबाट अपमानजनक ढंगले राजिनामा दिन बाध्यपारेपछि र कांग्रेस विभाजनपछि कोइराला र भट्टराईबीचको चिसो सम्बन्ध झन् बढि चिसो भएको थियो । तर भट्टराईले आजकल आफूहरुबीचको सम्बन्ध प्रगाढ भएको बताउँदै आएका छन्। Former Prime Minister Krishnaprasad Bhattarai. Photo file: Sitaram -Vivek Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||