Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रधानमन्त्रिले बालुवाटार नछोडे पनि ज्ञानेन्द्रले दरबार छोड्दै छन्‌

काठमाडौं,  June 3, 2008- 'भूतपूर्व राजा' मा परिणत भएका ज्ञानेन्द्र शाहले आफू नागरिक सरह बस्न तैयार भएको जनाउ नेपाल सरकारलाई दिएका छन् ।

सोमबार बिहान भएको गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गृहमन्त्री सिटौला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सन्देश लिएर सोमबार विहान १० बजे नारायणहिटी पुगेका थिए । उनले सोमबारमात्र पूर्व राजा ज्ञानेन्द्रसँग दुई पटक कुराकानी गरे ।

गृहमन्त्री सिटौलासँग पूर्व राजाले संविधान सभाको पहिलो बैठकले निर्देशन गरेअनुरुपकै समयावधिभित्र आफू नारायणहिटी छाड्न तैयार रहेको बताएका थिए । उनले नारायणहिटी छाडेपछि कहाँ बस्ने भन्ने चिन्तापनि व्यक्त गरेका थिए । उनको भनाई थियो- 'मुमा (रत्न) र आफू रानीसाहेब (त्रिभुवनकी प्रेमिका सरला महर्जन) लाईपनि बस्ने स्थानको व्यवस्था गर्नुपर्नेछ, बासस्थानको व्यवस्था हुनासाथ हामी यहाँबाट सर्नेछौं ।'

ज्ञानेन्द्रसँग भेट गरेर निस्कनासाथ गृहमन्त्री सिटौलाले सन्‍चारकर्मीहरुलाई जानकारी दिदै भने- 'सरसल्लाहकालागि प्रधानमन्त्रीले राजासँग भेट्न भन्नुभएको थियो त्यसै बमोजिम मैले पूर्व राजालाई भेटेको हुँ । उहाँले नागरिकको हैसियतले सहज ढंगले मसँग भेट गर्नुभएको छ । संविधान सभाको निर्णय बमोजिम १५ दिन भित्रमा नारायणहिटी छाडेर जाने बचन मलाई दिनुभएको छ, खालि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ- मेरो बाहिर गएर बस्ने निवासको बन्दोबस्त भएपछि म तुरुन्तै गैहाल्छु । त्यो कुरामा सरकार अलिक गम्भीर भैदियोस् भनेर उहाँको आग्रह छ ।'

सरकारले नै बस्ने स्थानको व्यवस्था गरिदिएमा आफू तत्काल नारायणहिटी छाड्न तैयार रहेको ज्ञानेन्द्र शाहले बताएका थिए । गृहमन्त्रीले यसबारेमा सरकारले विचार गर्ने जवाफ दिएका थिए । दरवारबाट निस्किएलगत्तै गृहमन्त्री सिटौलाले यसबारेमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जानकारी दिएका थिए भने सत्तारोहणको तैयारीमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाईपनि भेटी उनले राजाले भनेका कुरा बताएका थिए।

ज्ञानेन्द्रसँग भेटघाटको कार्यक्रम मिलाइएपछि दरवार पुगेका सिटौलाको टोलीलाई राजासँग भेट गर्न पाँच मिनेट कुर्नुपरेको थियो । त्यहाँ कुर्चीको व्यवस्था पहिल्यै गरिसकिएको थियो । गृहमन्त्री सिटौलाका साथमा मुख्य सचिव भोजराज घिमिरे, गृहसचिव उमेश मैनाली, सामान्य प्रशासन मन्त्रालयका सचिव गोबिन्दप्रसाद कुसुम, गृह सहसचिव मोदराज डोटेल आदि थिए । सिटौलाले आफ्नो साथमा रहेका उच्च सरकारी अधिकृतको परिचय ज्ञानेन्द्रलाई दिएका थिए । पूर्व राजा र गृहमन्त्री सिटौलाको नेतृत्वमा रहेको टोलीसँग कुराकानी भएपछि पूर्व राजा र गृहमन्त्री सिटौलाबीच दोश्रो कुराकानी छुट्टै भएको थियो ।

गणतन्त्रको घोषणापछि आफ्ना बारेमा फैलाइएको हल्लाबारे ज्ञानेन्द्रले मन्त्री सिटौलासँग गुनासो गरे । 'बाहिर बिभिन्न हल्ला फैलाइएको छ, यहाँ रहेका कुनैपनि ऐतिहासिक सामाग्री नष्ट गर्ने काम गरिएको छैन' राजाले मन्त्री सिटौलालाई जानकारी दिए- 'काम नलाग्ने सामाग्रीमात्र जलाइएको हो, विभिन्न समयमा हामीलाई दिइएका बिन्ती पत्रमात्र जलाइएको हो, ऐतिहासिक सामाग्रीको सुरक्षामा हामीपनि त्यत्तिकै चिन्तित छौं ।'

स्मरणीय छ, दरवारका महत्वपूर्ण सामाग्री रातारात सारिएको र महत्वपूर्ण सामाग्री जलाइएको हल्ला बिगत दुई तीन दिन यता चलाइएको छ ।

सरकारले दरवार र पूर्व राजाको सुरक्षा र दरवारमा रहेका पुराना सामाग्रीहरुको सुरक्षाकालागि दुईवटा कार्यदल गठन गरेको छ । त्यो समितिलाई ज्ञानेन्द्र शाह त्यहीं रहेका बेला दरवारभित्र गएर काम गर्न अप्ठेरो देखिएपछि प्रधानमन्त्री कोइरालाको आदेशमा उनीहरु दरवार गएका थिए । पूर्व राजाले दरवारमा रहेका ऐतिहासिक सामाग्रीहरुको सुरक्षामा आफूपनि उत्तिकै चिन्तित रहेको बताएका थिए । उनको भनाई थियो- 'सबै सामाग्री सुरक्षित छन् केबल यसअघि हामीलाई चढाइएका बिन्तीपत्रमात्र जलाइएका हुन् ।

जानकारी अनुसार दरवारभित्र रहेका महत्वपूर्ण सामाग्रीहरुका अभिलेख तैयार गर्न एक सरकारी टोली खटिएको छ । अभिलेखकालागि पूर्व राजा ज्ञानेन्द्रलेपनि सघाउ पुर्याइरहेका छन् । गणतन्त्र घोषणाको पर्सीपल्ट शुक्रबार देखि नै ज्ञानेन्द्रले आफ्नो तर्फबाट अभिलेख राखेर सरकारलाई बुझाउन त्यहाँका कर्मचारीहरुलाई निर्देशन दिएका थिए । सो टोलीले आइतबारसम्म सबै सामाग्रीको अभिलेख तैयार पारी त्यससम्बन्धी प्रंतिबेदन प्रधानमन्त्री कोइरालालाई बुझाउने बताइएकोछ छ ।

-Vivek Baral in Kathmandu














तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®