पूर्व राजाले आमालाई भेट्न नारायणहिटी छिर्न अब ID चाहिने?
Former Queen mother Ratna Rajya Laxmi Devi Shah and former king
Gyanendra Bir Bikram Shah. Photos courtesy: Royal sources
काठमाण्डौं, November
15, 2008-
पूर्व राजा ज्ञानेन्द्र नारायणहिटी दरबारभित्रकै परिसरमा रहेकी आमा
रत्न र हजुरआमा सरला शाहलाई भेट्न नारायणहिटी फर्कन चाहनुभयो भने उहाँलाई
नारायणहिटीतर्फ जान दिइएला कि नदिइएला ?
पूर्व राजा ज्ञानेन्द्रलगायतका आफन्तले मुमा रत्न र हजुरआमा सरलालाई भेट्न
जान त पाउने भएका छन् तर पहिलेजस्तो नारायणहिटीको दक्षिणी र पश्चिम गेटबाट
भने होइन ।
मुमा रत्न नारायणहिटीबाट बाहिर निस्कन र नारायणहिटी परिसरभित्रको महेन्द्र
मन्जिलमा रहनुभएकी उहाँलाई भेट्न चाहनेहरुका लागि जय नेपाल चलचित्रघर छेउमा
रहेको ढोका मात्र प्रयोग गर्न दिइन थालिएको छ । गत हप्ता उहां आफ्नो दांत
सफा गर्न त्यही बाटो नारायणहिटी प्रवेश गर्नुभएको थियो । मुमा रत्न,
हजुरआमा सरलाका आफन्तजनले उहाँहरुलाई भेट्न आफ्नो परिचयसहित सेनाको विशेष
सुरक्षा बल यसअघि सैनिक प्रहरीको प्रवेशद्वारबाट जानुपर्ने भएको छ । पूर्व
राजा ज्ञानेन्द्रका अलवा पूर्व युवराज पारसलगायतका पूर्व राजपरिवारका
सदस्यहरुको हकमा पनि यही कुरा लागू हुने भएको छ ।
जानकारी अनुसार सरकारले नारायणहिटी परिसरलाई तीन भागमा विभाजन गरेको छ ।
करिब सात सय रोपनीमा फैलिएको नारायणहिटीलाई संग्रहालय इलाका, निजी इलाका र
सैनिक इलाकामा विभाजन गरिएको छ । नारायणहिटी दरबार र दरबारअन्तर्गत रहेका
प्रशासनिक भवनलगायतका स्थानलाई संग्रहालय इलाका भनिएको छ भने २६ नं. बाहिनी
र यसअन्तर्गतका सैनिक इकाइ एवं विशेष सुरक्षा बल रहेको क्षेत्रलाई सैनिक
इलाकाअन्तर्गत राखिएको छ । यसैगरी रत्न र सरला बसेको निजी इलाका बनाइएको छ
।