पूर्व राजा ज्ञानेन्द्रका गैर-कानुनी ढंगबाट आर्जन
सम्पत्ती खोसिने
Minister Matrika Yadav. Photo: Santa
काठमाडौँ, September 18, 2008-
भूमि सुधार मन्त्री मात्रृकाप्रसाद यादवले पूर्व राजा
ज्ञानेन्द्र शाहसँग भएको सम्पक्ति खोसिने बताएका छन् ।
असोज २ गते आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले
गैर-कानुनी ढंगबाट आर्जन गरिएका ज्ञानेन्द्रको सम्पक्ति सरकारले खोस्ने
बताएका हुन् ।
उनले ज्ञानेन्द्रको मात्रै हैन गैर-कानुनी तरिकाले आर्जन गरेका सबैको
सम्पक्ति राज्यले खोस्न सक्ने बताए ।
सिरहाको मिर्चैयामा भएको घट्नाको बारेमा जानकारी दिने उद्धेश्यले आयोजना
गरिएको सो कार्यक्रममा बोल्दै उनले गृह प्रशासनले त्यहाँका गरिब, दलित र
सुकम्बासीहरुमाथि अन्याय गरेको दाबी गरे । केही दिन अघि गृहमन्त्रीको
आदेशमा त्यहाँका टहरा प्रहरीले भत्काएको थियो । तर पछि मन्त्री यादव आफै
गएर त्यहाँ पुन घर टहरा बनाउन लगाएका छन् ।
आफू जनताको लागि लड्न आएको र जनताको पक्षमा संघर्ष गर्दा कसैले बाधा दिन आए
त्यसलाई हटाउन तयार रहेको मन्त्री यादवको भनाई थियो ।
मन्त्री यादवलॆ नयाँ नेपालमा नयाँ ढंगले काम गर्दा अरुले जेसुकै भने आफूलाई
केही फरक नपर्ने बताए।