|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व राजा ज्ञानेन्द्रको स्वदेश 'फिर्ती सवारी' काठमाण्डौं, 26 Mar, 09- आफ्ना नातेदारको विवाहमा भाग लिन भारत गएका पूर्व राजा ज्ञानेन्द्र भारतका महत्वपूर्ण नेताहरुसँग वार्तासमेत गरेर बुधबार स्वदेश फर्किएका छन् । उनी गत फागुन १४ गते भारतको भोपालमा आयोजित एक विवाह समारोहमा भागलिन त्यसतर्फ लागेका थिए । स्वदेश फर्कदा उनले त्रिभुवन विमानस्थलमा पत्रकारहरुलाई आफ्नो भारत भ्रमण र राजनीतिक विषयबस्तुबारे कुनै प्रतिकृया दिएनन् । उनको आगमन हुने खवर प्राप्त भएपछि दर्जनौं पत्रकारहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर सुरक्षाकर्मीहरुले उनीहरुलाई पूर्व राजाको नजिकसम्म पुग्न दिएनन् । कडा सुरक्षा घेराभित्र राखेर सुरक्षाकर्मीहरुले उनलाई विमानस्थलबाट उनी चढ्ने गाडीसम्म पुर्याएका थिए । उनको स्वागतकालागि विमानस्थलबाहिर राजावादीहरुको एउटा समूह पुष्पगुच्छासहित बसेको थियो । तर पूर्व राजाले उनीहरुलाईसमेत भेटेनन् । वैवाहिक कार्यक्रमकालागि भारत गएका भनिएका पूर्व राजाले त्यहाँका शक्तिशाली नेताहरुलाई भेटेपछि माओवादीले तीब्र प्रतिकृया जनाएको थियो । पूर्व राजा भारत गएकै समयको आसपासमा नेका सभापति गिरिजाप्रसाद कोइराला, एमाले नेता केपी शर्मा ओली र गृहमन्त्री बामदेव गौतम 'स्वास्थ्य उपचार' कालागि भारत गएपछि त्यसलाई कतिपयले राजनीतिक षडयन्त्रको रुपमा व्याख्यासमेत गरेका थिए । पूर्व राजाले सर्वप्रथम गुजरातमा हिन्दूवादी मुख्यमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए । यसका अलवा उनले भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ िसंह, कांग्रेस आइका विदेश विभाग प्रमुख एबं पूर्व राजाका नातेदार डा. करण िसंह आदिलाई भेटेका थिए । उनको पछिल्लो भेट भाजपाका बरिष्ठ नेता लालकृष्ण आडवानीसँग भएको थियो । बुधवार अपरान्ह स्वदेश फर्केका पूर्व राजा सिधै महाराजगाजस्थित आफ्नो निर्मल निवासमा पुगेका थिए । उनी केही समय त्यहीं रहेर सरकारले उपलब्ध गराएको नागार्जुनस्थित बंगलामा जानेछन् । उनले नागार्जुन बंगलालाई गोप्य राजनीतिक भेटघाटको थलो बनाउँदै आएका छन् । पूर्व राजासँग निकट श्रोतका अनुसार उनले यसैहप्तादेखि केही पूर्व राजावादी राजनीतिक व्यक्तिहरुसँग भेटघाटको योजना बनाएका छन् । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||