|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पूर्व राजा ज्ञानेन्द्र र माओवादी नेता डा.
बाबुराम भट्टराईबीच जुवारी Dr. Baburam Bhattarai. Photo: Sitaram. काठमाडौं, June 12, 2008- नारायणहिटी छाडे लगत्तै पूर्व राजा ज्ञानेन्द्र र बरिष्ठ माओवादी नेता डा. बाबुराम भट्टराईबीच बाकयुद्ध सुरु भएको छ । माओवादी नेता डा. बाबुराम भट्टराईले ७ बर्षअघिको दरवारका हत्या काण्डका बारेमा उच्चस्तरीय छानविन समिति बनाएर पुन छानविन गर्नुपर्ने बताएका छन् । पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दरवार हत्याकाण्डमा आफू निर्दोस रहेको तर आफूलाई सो हत्याकाण्डबारे आरोपित गरिएको भन्दै दुखेसोकासाथ सफाइकासाथ सफाइसमेत पेश गरेपछि माओवादी नेता भट्टराईले नारायणहिटी हत्याकाण्डका बिषयमा पुन उच्चस्तरीय छानविन समिति गठनको माग गरेका हुन्। नारायणहिटी छाड्नुपूर्व पूर्व राजाद्धारा आयोजना गरिएको पत्रकार सम्मेलनमा 'केही र कतिले अत्यन्त निर्बिबेक र निर्दयतापूर्वक आफू र आफ्नो परिवारप्रति कठोर आरोप लगाएको' भन्दै दुखेसो पोखेका थिए । पूर्व राजाको दुखेसोपूर्ण संकेत माओवादीप्रति लक्ष्यित थियो । दरवार हत्याकाण्ड लगत्तै माओवादी नेता भट्टराईले आफ्नो लेखमार्फत् नारायणहिटी हत्याकाण्डलाई नयाँ कोतपर्वको रुपमा व्याख्या गरेका थिए । सपरिवार मारिएका राजा बीरेन्द्रसँग आफ्नो अघोषित कार्यगत एकता रहेको बताउँदै उनलॆ राजा बीरेन्द्र र माओवादीबीचको अघोषित एकता तोड्न ज्ञानेन्द्रको योजनामा हत्याकाण्ड गरिएको आरोप लगाएका थिए । दरवार हत्याकाण्ड सम्बन्धमा पूर्व राजा ज्ञानेन्द्रले सफाई पेश गरेको भोलिपल्टै रिपोटस्र क्लबद्धारा आयोजित संचारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा भट्टराईले नारायणहिटी हत्याकाण्डबारे पूर्व राजाको अभिव्यक्तिलाई अनाबश्यक भनी टिप्पणी गरे । 'ज्ञानेन्द्रले त्यस्तो स्पष्टिकरण दिइरहनु आवस्यक थिएन' भट्टराईले भने- 'तर उनले निर्दोस छु भनेपछि उनी निर्दोस रहे-नरहेको जाँच्नपनि छानविन समितिको आवस्यकता छ यदि उनी निरपराध र निर्दोस हुन् भने निष्पक्ष छानविन समिति गठन गरी निर्क्योल गर्नुपर्छ ।' ज्ञानेन्द्र राजगद्दीमा रहेका बेला ठूल्ठूला मुर्खता गरेको बताउँदै माओवादी नेता भट्टराईले संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गरेपछि नारायणहिटी छाडेर ज्ञानेन्द्रले बुद्धिमत्तापूर्ण काम गरेको टिप्पणी गरे । 'उनकै मुर्खताले गर्दा गणतन्त्र यति छिटो आएको हो' भट्टराईको भनाई थियो- 'नारायणहिटी छाड्ने बेला उनले स्वभाविक र सन्तुलित अभिव्यक्ति दिएका छन्, यसरी ज्ञानेन्द्रले नकरात्मक र सकरात्मक दुबै किसिमले गणतन्त्र संस्थागत गर्न सहयोग पुर्याएका छन् ।' पूर्व राजा ज्ञानेन्द्र प्रतिकृयावादी गतिविधिमा सामेल नभए उनले गरेका विगतका कृयाकलापप्रति क्षमा दिइने उद्घोषपनि उनले गरे । 'नेपाली जनता क्षमाशील छन्, उनी शान्तिपूर्वक बस्छन् भने नेपाली जनताले उनलाई क्षमा दिनेछन्' भट्टराईको भनाई थियो- 'देशी विदेशी प्रतिकृयावादीहरुको लहैलहैमा ज्ञानेन्द्र प्रतिकृयावादी हर्कतमा नलागुन्, यदि त्यसो हो भने हामीपनि शरणको मरण गर्दैनौं ।' गणतन्त्र स्थापनाको खुसीयालीलाई अरु बढि उल्लासपूर्ण ढंगले मनाइनुपर्नेमा त्यसो हुन नसकेकोपनि उनले बताए । ज्ञानेन्द्रले नै नागार्जुनमा केहीदिन बस्नकालागि माग गरेकाले सरकारले नागार्जुन दरवार दिएको बताउँदै सरकारी निर्णयलाई स्वभाविक रुपमा लिइदिन आग्रह गरे । 'उनको आफ्नै सम्पत्ति नभएको होइन त्यही सम्पत्तिबाट अन्यत्र आफै बसोबासको व्यवस्था गरेको भएपनि हुन्थ्यो तर गणतन्त्र ल्याउनेजस्तो ठूलो काम सम्पन्न गर्न उनले सहयोग गरेकाले सानो चित्त नगरौं भनेर केही दिनकालागिमात्र नागार्जुनमा बासस्थानको व्यवस्था गरिएको हो' पूर्व राजा ज्ञानेन्द्रलाई सरकारी बासस्थान उपलब्ध गराउने सरकारी निर्णयको प्रतिरक्षा गर्दै उनले भने- 'दूध दिने गाईलाई घाँसपनि दिनुपर्छ हामीलेपनि त्यसै गरेका हौं ।' अन्य देशमा राजतन्त्रको अन्त्य हिंसात्मक रुपले भएको बताउँदै माओवादी नेता भट्टराईले नेपालमा भने भिन्न र नौलो ढंगले गणतन्त्र स्थापना भएकोमा उनले खुसी व्यक्त गरे । 'विश्वकै इतिहासमा शान्तिपूर्ण ढंगले गणतन्त्र स्थापना भएको यो पहिलो पटक हो' उनले दावीका साथ भने- 'शान्तिपूर्ण रुपले गणतन्त्रको स्थापना गर्ने कार्यको नेतृत्व गर्ने अवसरपनि हामीले पाएका छौं ।' राजतन्त्रको अन्त्य शान्तिपूर्ण रुपले भएपनि यसमा आफ्नो पार्टीले चलाएको िहंसात्मक सशस्त्र संघर्षले प्रमुख भूमिका खेलेकोपनि उनले बताए । भट्टराईको भनाई थियो- 'जनमुक्ति सेना अहिलेपनि यदि क्यान्टोनमेन्टमा हुन्नथ्यो भने ज्ञानेन्द्र यसरी सहजै नारायणहिटी छाडेर जाने थिएनन् ।' चुनावी परिणामलाई नेपाली कांग्रेसले सहज रुपले स्वीकार गर्न नसकेकाले संविधान सभा चुनावलगत्तै चुनावी परिणाम अनुसार नयाँ सरकार बन्न नसकेको उनले बताए । यद्यपी जुनसुकै स्थितिमापनि आन्दोलनकारी दलहरुबीच सहमति र सहकार्यकै माध्यमबाट अघि बढ्नुपर्ने बाध्यता रहेको ठम्याई माओवादीको रहेको उनले बताए । भट्टराईले भने- 'सहमति र सहकार्यबाटै अघि बढ्न सकेनौं भने फेरि प्रतिगमनको खतरा रहन्छ ।' राष्ट्रपतिकालागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अनुपयुक्त पात्र भएको बताउँदै आफ्नो पार्टीले कोइरालालाई राष्ट्रपतिभन्दापनि माथिल्लो र सम्मानित स्थान दिन चाहेको बताए । -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®