|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
बिशेष: सेनाका पूर्व जर्नेलले सोधे- |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
८ जनालाई विदाई गर्दा ६४ को प्रमोसन हुन्छ, अनि कहाँबाट सेनाको
मनोबल घट्छ?![]() फोटो- कार्यक्रममा बोल्दै पूर्व मेजर अधिकारी । दायाँबाट क्रमशः अप्रा मेजर प्रदीप अधिकारी, पूर्व रथी बालानन्द शर्मा र पूर्व उपरथी राजेन्द्र थापा Photo: Sitaram काठमाण्डौं, 19 Mar, 09- प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ नेकपा एमाले लगायतका पार्टीहरुले रक्षा मन्त्रालयले गरेको ८ जना सैनिक जनरलहरुको पदावधि नथप्ने निर्णयको आलोचना गरेका बेला नेपाली सेनाका पूर्व जनरल लगायतका अधिकृतहरुले भने रक्षा मन्त्रालयको निर्णयको बचाउ गरेका छन् । यसअघिका सरकारका पालामापनि यसैगरी सैनिक अधिकृतहरुको पदावधि नथपिएको नजिर पेश गर्दै उनीहरुले अहिले केही राजनीतिक दलहरुले सेनाभित्र राजनीति गर्नकालागि रक्षा मन्त्रालयको निर्णयको विरोध गरेको आरोपसमेत लगाएका छन् । 'नेपाली सेनाका केही जनरल र केही राजनीतिक पार्टीले रक्षामन्त्रीले सेनाभित्र राजनीति गरेको आरोप लगाएका छन्, आठ जना जनरलहरुको म्याद नथप्ने रक्षामन्त्रालयको निर्णय राजनीतिक निर्णय होइन बरु यो प्रशासनिक निर्णय हो' अवकासप्राप्त मेजर जनरल राजेन्द्र थापाले राजधानीमा आयोजित एक कार्यक्रममा भने- 'राजनीति त रक्षा मन्त्रालयले गरेको प्रशासनिक निर्णयको विरोध गर्नेहरुले गरिरहेका छन् रक्षा मन्त्रालयले जे गरेको छ सैनिक ऐन अनुसार गरेको छ त्यसैले म्याद थपिएन भनेर गरिएको विरोधको औचित्य छैन ।' थापाले गत असारमा मात्र नेपाली सेनाबाट अवकास पाएका थिए । दुई बर्षअघिसम्म उनी नेपाली सेनाको प्रबक्तासमेत थिए । 'सरकारले सैनिक ऐन अनुसार नै म्याद थप नगरेको हो, सैनिक ऐनमा अहिले सेनाको नेतृत्वमा रहेकाहरुले नै सहमति जनाएका हुन्' पूर्व प्रबक्ता थापाले भने- 'यसअघि जङ्गी अड्डालेसमेत कतिपय जनरलहरुको म्याद थप नगर्ने निर्णय गरी म्याद थपकालागि रक्षामा सिफारिस नै गरेको थिएन, यसरी म्याद थप नगराउन षडयन्त्र गर्नेहरु नै अहिले ८ जनाको म्याद थप नगरिएको भनेर कराउन थालेका छन्, यो अनावस्यक हो ।' |
|
|
उनले सैनिक ऐन- २०६३ लाई बाघको संज्ञा िदंए । 'नेपाली सेनाका ८ जना जर्नेल भाईहरुलाई अहिले त्यही बाघले खाएको छ अहिले आफ्नै भाईलाई बाघले खाएकाले उनीहरु कराएका हुन्, हिजो सौतेनी आमाको छोरातर्फबाट जन्मेका भाईहरुलाई हिजो यसैगरी बाघले खाँदा चािहं उनीहरु कराएनन्, रोएनन्' उनले भने- 'हिजो सौतेनी आमाको छोरालाईपनि यसैगरी बाघले खाँदा कराएको भए यिनीहरुले ठीकै गरेका हुन् भन्न सकिन्थ्यो ।' उनले आफूले माओवादीमा रहेकाहरुर्ला भाई भनी सम्बोधन गरेकैले वर्तमान सैनिक नेतृत्वले आफूलाई समय नपुग्दै अवकास दिएको खुलाशापनि गरे । कार्यक्रममा नेपाली सेनाका पूर्व रथी लेफ्टीनेन्ट जनरल बालानन्द शर्माले चािहं ८ जना सैनिक जनरलहरुको म्याद थप नगरेर सरकारले अन्याय गरेको बताएका थिए । रथी शर्माको भनाई थियो- 'उनीहरुलाई यहाँसम्म पुग्न सरकारले करोडौं लगानी गरेको छ, म्याद थप नगरी असमयमै उनीहरुलाई विदाई गर्दा एकातिर उनीहरुको व्यक्तिगत प्रतिष्ठामा आघात पुगेको छ भने अर्कातिर सेना र सरकारलाईसमेत घाटा भएको छ ।' असमयमै अवकास पाउने वातावरण सिर्जना हुँदा यसले सेनाको मनोवल घट्न जाने सम्भावनासमेत छ । वर्तमान प्रधानसेनापति रुक्माङ्गद कटवालको सट्टा अप्रा रथी शर्मालाई प्रधानसेनापति बनाउने चर्चा थियो । तर उनलाई अवकास दिएर सरकारले कटवाललाई प्रधानसेनापति बनाएको थियो । कार्यक्रममा उपस्थित नेपाली सेनाका पूर्व मेजर प्रदीप अधिकारीले शर्मासँग प्रश्न गरे- 'तपाई्रंकोपनि म्याद थप नगरी तत्कालिन सरकारले अवकास दिएको थियो के तपाई्र्रलाईपनि अवकास िदंदा नेपाली सेनाको मनोबल खस्क्यो ? के तपाईंको व्यक्तिगत प्रतिष्ठा त्यो अवकासका कारण गुम्यो ? पूर्व मेजर अधिकारीले रक्षा मन्त्रीको निर्णय कानूनसम्मत र स्वभाविक भएको बताउँदै यो निर्णयको पक्षमा नेपाली सेनाका ९९ प्रतिसत जवानहरु रहेको बताए । उनले प्रधानसेनापति कटवाललगायतका म्याद थप नगरिएका सैनिक अधिकृतहरुले राजनीति गर्न खोजेको आरोप लगाए । 'म्याद थप नगरिएका केही जनरलहरुले मेरै अगाडि कतिपय पार्टीका नेताहरुलाई फोन गरेर म्याद थप गर्न सरकारलाई दबाब दिनुपर्यो, तपाईंहरुलाई सहयोग गर्छौसम्म भनेका थिए' अधिकारीको भनाई थियो- 'यसरी राजनीतिक पार्टीका नेताहरुको घरदैलो धाएर म्याद थप गर्न खोज्ने र प्रमोसन खान खोज्ने सैनिक अधिकृतहरुको म्याद थप नगरेर रक्षा मन्त्रालयले सेनालाई राजनीतिकरण हुनबाट जोगाएको छ, सैनिक पेशा अँगालेर नेताको घर-घर धाउने सैनिक अधिकारीहरु यसपटक नराम्रोसँग नाङ्गिएका छन् ।' अधिकारीले अवकास पाउने ८ जनाको म्याद थप नगर्दैमा नेपाली सेनाको मनोवलमा कुनै असर नपर्ने दावी समेत गरे । '८ जना बि्रगेडियर जनरलहरुले अवकास पाउने भएपछि ८ जना फूल कर्णेल त्यो पदमा पुग्न पाउने भएका छन्, ८ जना फूल कर्णेल बि्रगेडियर जनरल भएपछि त्यो स्थानमा आठै जना लेफ्टीनेन्ट कर्णेल पुग्नेछन् अनि ८ जना मेजरहरु लेफ्टीनेन्ट कर्णेल हुनेछन् र ८ जना क्याप्टेनहरु मेजर हुन सक्नेछन्' उनले भने- 'अहिल्यै हिसाव गर्दापनि ८ जनालाई विदाई गर्दा ६४ जनाको प्रमोसन हुने देखिन्छ, प्रमोसन पाउँदा जो सुकैको मनोवल बढ्छ त्यसैले ८ जनालाई अवकास िदंदा सेनाको मनोबल घट्छ भन्नु गलत कुरा हो ।' अर्का पूर्व मेजर बोधराज अधिकारीपनि रक्षा मन्त्रालयको निर्णयको प्रसंशा गरे । उनको भनाई थियो- 'सेनाका तल्लो तहका जवानहरुले १६ बर्ष जागिर खाएपछि अवकास पाउँछन् र ३४- ३५ बर्षकै उमेरमा बेरोजगार हुन बाध्य हुन्छन् तर उपल्लो तहमा पुगेकाहरुले ३५- ४० बर्षसम्म जागिर खाँदापनि रिटायर्ड हुँदैनन् यसबारेमा उपल्ला जनरलहरु बोल्दैनन्, उनीहरुलाई सिपाहीको होइन आफ्नैमात्र चासो रहेछ भन्ने कुरा ८ जनाको म्याद थप नगरिएपछि देखिएको छ ।' उनले पनि रक्षा मन्त्रालयको निर्णयबाट तल्लो तहका सैनिक जवानहरु खुसी भएको दावी गरे । -Sitaram Baral in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||