Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
परराष्ट्र मन्त्रालय नारायणहिटी राजदरवारभित्र सर्दै, राष्ट्रपति घर भाडा मासिक तीन लाख?


Archive» Narayanhiti Palace now. Photos: Sitaram & Illustration: eEyeCam


काठमाण्डौ, January 19, 2009- राजाको प्रत्यक्ष शासनका बेला नारायणहिटी राजदरवारभित्र हुने मन्त्री परिषद्को बैठककालागि प्रयोग गरिएको कोठा परराष्ट्र मन्त्रीको कार्यकक्षको रुपमा प्रयोग गरिने भएको छ ।

लामो प्रयासपछि सोमबार शीतल निवासबाट परराष्ट्र मन्त्रालयका केही महत्वपूर्ण निकायहरु नारायणहिटीस्थित प्रशासनिक भवनमा सािरंदैछन् । यसैक्रममा मन्त्री परिषद्को बैठक बस्न प्रयोग गरिने कोठा परराष्ट्र मन्त्रीको कार्यकक्षको रुपमा छुट्याइएको छ ।

परराष्ट्र मन्त्रालयको रुपमा प्रयोग गिरंदै आएको शीतल निवासलाई यसअघि नै सरकारले 'राष्ट्रपति भवन' नामाकरण गरिसकेको छ । राष्ट्रपतिमा डा. रामबरण यादव निर्वाचित भएपछि उनको कार्यालय शीतल निवासमै छ । दशैं लगत्तै परराष्ट्र मन्त्रालय सार्ने निर्णय गरेर सरकारले सोही भवनलाई राष्ट्रपति भवन नामाकरण गरेको थियो । तर तत्काल मन्त्रालय नसर्दा सो भवन राष्ट्रपति भवनको रुपमा र परराष्ट्र मन्त्रालयको रुपमा प्रयोग हुँदै आएको थियो ।

जानकारी अनुसार नारायणहिटीका कर्मचारीको व्यवस्थापन हुन नसक्दा र नारायणहिटीको सोही भवनलाई परराष्ट्र मन्त्रालय अनुकूल बनाउन नसक्दा दशैं लगत्तै पूर्ण रुपमा मन्त्रालय सार्ने भनिएपनि नसारिएको हो । 'सोमबारदेखि भने पूर्णरुपमा सार्ने कार्य सुरु हुनेछ' परराष्ट्र मन्त्रालयका प्रबक्ता सुरेश प्रधानले भने- 'सुरुमा परराष्ट्र मन्त्रीको र परराष्ट्र सचिवको कार्यकक्ष सारिनेछ ।' दुबै कार्यालय हाल शीतल निवासको उपल्लो तलामा छन् । सोही तल्लामा रहेको लेखा शाखापनि सुरुमै सारिने भएको छ ।

परराष्ट्र मन्त्रालयको रुपमा प्रयोग गर्न लागिएको नारायणहिटीको पश्चिमतर्फको पुरानो प्रशासनिक भवनका झ्यालहरु खोल्न नमिल्ने बनाइएको, ट्वाइलेटको पर्याप्त व्यवस्था नभएको लगायतका कारणले दशैं लगत्तै परराष्ट्र मन्त्रालय त्यहाँ सर्न नसकेको प्रबक्ता प्रधानको भनाई छ । सरकारले गत महिना उपरोक्त कार्यमा सुधारकालागि करिव ७० लाख बजेट दिएपछि सो भवनको मर्मत सम्भार गरी परराष्ट्र बस्न अनुकूल बनाइएको हो ।
 

कन्सुलर र पासपोर्ट शाखाको रुपमा प्रयोग गरिएको भवन Photos: Sitaram

परराष्ट्र मन्त्रालय पूर्णरुपमा नारायणहिटीमा सरेपछि शीतल निवासलाई राष्ट्रपति कार्यालयको अलवा राष्ट्रपति निवासको रुपमा समेत प्रयोग गरिने भएको छ । परराष्ट्र मन्त्रालय समयमै नसरेकाले राष्ट्रपति डा. यादब हाल धापासीस्थित एक भाडाको घरमा बस्दै आएका छन् । उनी बस्दै आएको घरको भाडामात्रै मासिक तीन लाख छ । मन्त्रालय सरेपछि हाल परराष्ट्र मन्त्रीको कार्यकक्षको रुपमा प्रयोग गरिएको कोठालाई उनको शयन कक्ष बनाइनेछ ।


मन्त्रालयमा पोको पारिएका कागजपत्र लगायतका सामाग्रीहरु

परराष्ट्र मन्त्रालय सार्ने क्रममा हाल शीतल निवासमा रहेका परराष्ट्र मन्त्रालयका सम्पूर्ण सामाग्री र कागजातहरु पोको पार्न थालिएको छ । मन्त्रालयका हरेक कोठाभित्रै अहिले पोकैपोका देखिन्छ । मन्त्रालयमा अत्याधिक कागजपत्र र सामाग्रीहरु रहेकाले नारायणहिटीभित्र प्रयोग गर्न लागिएको भवनमा ती सामाग्रीहरु अट्छन् कि अट्दैनन् भन्ने चिन्ता परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई छ । अत्याधिक सामाग्री र कागजपत्रका कारण मन्त्रालय पूर्ण रुपमा सर्न कम्तिमा पनि एक महिना लाग्ने प्रबक्ता प्रधानको कथन छ ।


परराष्ट्र मन्त्रालयको रुपमा प्रयोग गर्न लागिएको नारायणहिटीभित्रको भवन Photos: Sitaram

परराष्ट्र मन्त्री, परराष्ट्रसचिव लगायतका सबैभन्दा महत्वपूर्ण निकायहरु अहिले सार्न लागिएपनि परराष्ट्र मन्त्रालय अन्तर्गतका केही कार्यालय भने यसअघि नै नारायणहिटी सारिएको थियो । अत्याधिक जनसम्पर्क हुने पासपोर्ट र कन्सुलर शाखा गत मंसीरदेखि नारायणहिटी सारिएको थियो । राजतन्त्र रहेका बेला बिन्तीपत्र बुझ्न प्रयोग गरिने नारायणहिटीको पश्चिम ढोका आडैमा रहेका भवनलाई हाल कन्सुलर र पासपोर्ट शाखाको रुपमा प्रयोग गरिएको छ ।

-Sitaram Baral in Kathmandu
 
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®