|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नारायणहिटीमा अझै सरेन पराराष्ट्र मन्त्रालय काठमाण्डौं, November 19, 2008- दशैं अगाडि नै राष्ट्रपति भवनमा रहेको परराष्ट्र मन्त्रालय नारायणहिटी दरवार परिसरमा सार्ने भनिएपनि अझै केही महिना पराराष्ट्र मन्त्रालय राष्ट्रपति भवनमा नै बस्ने भएको छ। संविधानमा राष्ट्रपतिको व्यवस्था राखिएलगत्तै परराष्ट्र मन्त्रालय रहेको शीतल निवासलाई राष्ट्रपति भवनमा रुपान्तरण गरिएको थियो । तर नारायणहिटीमा परराष्ट्र मन्त्रालय राख्न निर्णय गरिएको भवनको आवस्यक मर्मत सम्भार हुन नसक्दा अझैपनि परराष्ट्र मन्त्रालय यथास्थानमा छ । लामो समय बितिसक्दासमेत राष्ट्रपति भवनबाट परराष्ट्र मन्त्रालय नसारिएकोप्रति राष्ट्रपति डा. रामबरण यादवसमेत असन्तुष्ट बन्नु भएको श्रोतले बताएको छ । नारायणहिटीमा रहेको प्रशासनिक भवनलाई परराष्ट्र मन्त्रालय बस्न उपयुक्त बनाउने भनिए पनि अर्थ मन्त्रालयले त्यसका लागि आवश्यक रकम उपलब्ध नगराउँदा यो स्थिति सिर्जना भएको श्रोतहरुले बताएका छन् । मर्मत कार्यका लागि दुई करोड ७७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर अर्थ मन्त्रालयले आवस्यक रकम अझै निकासा गरेको छैन जसका कारण राष्ट्रपति कार्यालयमै परराष्ट्र मन्त्रालय बस्न बाध्य भएको छ । मन्त्रालय बस्ने नारायणहिटीको भवनका लागि कार्पेटिङ, मिटिङ हल, पासपोर्ट राख्ने स्ट्रङ रुम र सिसी-टिभी फर्निचरका लागि ८३ लाख र मर्मतका लागि ९५ करोड रुपैयाँ दिनुपर्ने माग परराष्ट्रले गरेको छ । नारायणहिटीमा रहेको जुन भवनमा परराष्ट्र मन्त्रालय राख्ने भनिएको छ त्यो भवनमा यसअघि नारायणहिटी दरवारको प्रशासनमा कार्यरत कर्मचारीको व्यवस्थापन नभएकालेपनि परराष्ट्र भवन राख्नकालागि मर्मत कार्य सुरु गर्न अप्ठेरो परेको छ । जानकारीअनुसार नारायणहिटीका करिब पाँच सय कर्मचारीमध्ये अधिकांश त्यहीँस्थित कार्यालयमा कार्यरत भएकाले त्यहाँ रहेका सामान कुरेर बसेका छन् । त्यहाँ मर्मत-सम्भार थाल्नासाथ आफुहरु बस्ने स्थलको अभाव हुने भन्दै उनीहरुले परराष्ट्र सार्नका लागि सर्वप्रथम आफुहरुको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||