|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"पानी पर्यो झर्यो बलेनी, ला'को माया छोड्दिन म पनि रगतको भल चले नि" गायिका दुराको दु:खका कुरा Folk singer Bimakumari Dura at the press conference in Kathmandu. Photos: Sitaram काठमाडौँ, October 2, 2008- पहिले गल्ती गर्ने र त्यसपछि माफी माग्ने प्रबृतिलाई आधार बनाएर नेपालमा एउटा भनाई नै बनाइएको छ- 'पहिला भन्ने मनपरि अनि भन्ने सरी ।' पहिला मनपरि लेखेर पछि सरी भन्ने नेपाली पत्रकारिताको प्रबृतिको शिकार लोकप्रिय लोकगायिका विमाकुमारी दुरा हुन पुगेकी छिन् । चर्चित लोकगायिका विमाकुमारी दुराको बारेमा एउटा साप्ताहिक पत्रिकाले जथाभावी लेिखंदिदा परेको पारिवारिक खटपटका कारण उनी निकै ठूलो तनावमा बाँच्न बिवस भएकी छिन् । ११ बर्षअघि सन्तोष रेश्मी मगरसँग विवाह बन्धनमा बाँधिएकी विमाका बारेमा गत भदौ २० को कान्तिपुरको साप्ताहिक पत्रिकाले उनको यसअघि नै दुई वटा विवाह भैसकेको समाचार प्रकासित गरेको थियो । उनका बारेमा यस्तो समाचार प्रकासित भएपछि उनका श्रीमान् उनीसँग बस्नुपर्ला भनेर भूमिगत भएका छन् । विहीबार आयोजित पत्रकार सम्मेलनमा पीडित दुराले रुँदै भनिन्- 'पत्रिकाले नियोजित रुपले यस्तो गलत समाचार प्रकासित गरििदंदा यस्तो स्थितिको सिर्जना भयो।' विमाका श्रीमान् सन्तोषले गीत नगाउनकालागि ४-५ बर्ष अगाडिदेखि नै उनलाई दबाब िदंदै आएका थिए । 'मैले गीत गाएकै कारण परिवारमा विग्रह आउने भो भनेर मैले ३ बर्ष अघि नै लोकगायनबाट सन्यासको घोषणापनि गरेकी थिएँ, वास्तवमा गीत गाएको भनेर आरोप लगाउँदै उनी मलाई छाड्न चाहन्थे' गला अबरुद्ध पार्दै उनले भनिन्- 'उनी मलाई छाड्ने बहानाको खोजीमा थिए, उनकै योजना अनुसार कान्तिपुरको साप्ताहिकले त्यस्तो समाचार लेखेपछि उनी भूमिगत हुन पुगे ।' |
|
|
Folk singer Shiva Ale Magar विमाका अनुसार त्यो समाचार प्रकासित भएपछि श्रीमान् सन्तोष अलग्गै ओछ्यानमा सुत्न थालेका थिए । 'तर २-३ दिनपछि उनी भूमिगत भए अहिलेसम्म के गर्दैछन् केही पत्तो छैन' विमाले भनिन्- 'त्यो समाचार लेख्ने कान्तिपुर साप्ताहिकका सम्बाददाता विदूर खतिवडासँग सन्तोष नियमित सम्पर्कमा थिए त्यसैले मलाई छाड्ने बहानाकालागि सन्तोषकै योजना अनुसार त्यो समाचार लेखिएको हो ।' उनले झुठो आरोप लगाएर सन्तोषले आफूलाई छाड्न खोजेपनि आफू कुनैपनि हालतमा उनलाई छाड्न तैयार नभएको बताइन् । Folk singer Bambahadur Karki लोकगायनसँग सम्बन्धित गायक र कलाकारहरुले पत्रकारिताको यस्तो गैरजिम्मेवार समाचार लेखनको भत्स्रना गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् । विमाको पक्षमा आयोजना गरिएको कार्यक्रममा लोकगायिक शिवा आलेले भनिन्- 'विमा काठमाडौं आएदेखि नै म उनलाई चिन्दछु उनको अरु कसैसँग विहे भएको छैन अहिले षडयन्त्र गरेर उनको पहिल्यै अर्कैसँग विहे भएको भनेर उनलाई पीडा दिने काम भएको छ यसरी अर्काको घरपरिवार भाँड्न खोज्नेमाथि कार्वाही हुनुपर्छ ।' Folk singer Rajendra Karki. Photos: Sitaram कार्यक्रममा शिवाका अलवा माओवादीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघका निशान्त, राष्ट्रिय लोकसांस्कृतिक संघका राजेन्द्रकुमार कार्की, कलाकार दिनेश डिसी आदिलेपनि विमाको पक्षमा बोलेका थिए । अर्का बरिष्ठ लोकगायक बमबहादुर कार्कीलेपनि विमालाई आफूले पहिल्यैदेखि चिनेको बताउँदै यस्ता दुश्प्रचारबाट विचलित नहुन दुरालाई आग्रह गरे । सबै मिलेर विमालाई न्याय दिनुपर्ने उनको भनाई थियो । -Sitaram Baral in Kathmandu |
||
|
Paryo Pani Jharyo Baleni-Yam P. Pun and Bimakumari Dura See more at: |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||