|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पत्रकार महासंघले माघ १५ देखि २९ गतेसम्म तेस्रो चरणको आन्दोलन
गर्ने काठमाण्डौ, 27 Jan, 09- नेपाल पत्रकार महासंघले पत्रकार उमा सिंहको हत्यामा संलग्न हत्यारालाई कारबाही, दण्डहीनताको अन्त्य तथा प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । माघ १४ गते बसेको महासंघ केन्द्रिय समितिको वैठकले माघ १५ देखि २९ गतेसम्म तेस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको महासंघद्धारा जारी विज्ञिप्तीमा उल्लेख छ । महासंघद्धारा घोषित कार्यक्रम अनुसार माघ १५ देखि २९ गतेसम्म 'उमा सिंहलगायतका पत्रकारका हत्यारालाई कारबाही गर', 'दण्डहीनताको अन्त्य गर', 'पत्रकारको सुरक्षाको ग्यारेण्टी गर', 'प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर' र 'पेशागत सुरक्षाको ग्यारेण्टी गर' भन्ने नारा सबै सन्चारमा माध्यममा प्राथमिकताका साथ प्रसारण/प्रकाशन गर्न आग्रह गरिएको छ । यसैगरी माघ १५ गते प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षालगायत तराईमा कार्यरत पत्रकारको सुरक्षामा केन्द्रित रही स्थलगत अध्ययनका लागि जाने राष्ट्रिय मिसनको चारवटा टोलीहरुसँग सामुहिक छलफल गरिने विज्ञप्तीमा उल्लेख छ । महासंघले माघ १६ गतेदेखि २० गतेसम्म सुनसरीदेखि कन्चनपुरसम्म महासंघका पूर्वसभापतिहरु हरिहर विरही, किशोर नेपाल, तारानाथ दाहाल र विष्णु निष्ठुरीको नेतृत्वमा ४ वटा राष्ट्रिय मिसन पठाउने भएको छ । माघ २३ गतेदेखि २६ गतेसम्म महासंघको आह्वानमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय मिसनले नेपालको प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षालगायत तराईमा कार्यरत पत्रकारको सुरक्षामा केन्द्रित रही अध्ययन गर्ने विज्ञप्तीमा जनाइएको छ । राष्ट्रिय मिसनका सहभागी प्रतिनिधि र महासंघका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा माघ १७ गते कन्चनपुरको महेन्द्रनगर, माघ १८ गते कास्कीको पोखरा, माघ १९ गते पर्साको वीरगन्ज, माघ २० गते धनुषाको जनकपुर, माघ २१ गते बाँकेको नेपालगन्ज, माघ २२ गते रुपन्देहीको बुटवल, माघ २४ गते सप्तरीको राजविराज, माघ २६ गते चितवनको भरतपुर, माघ २७ गते मोरङ्गको विराटनगर, माघ २८ गते इलामको इलाम बजार र माघ २९ गते काठमाडौंमा वृहद प्रदर्शन गरिने भएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||