Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एफ.एमले मेला र जात्रा भर्न जानेहरुको घुँइचो घटायो


People gathering at Bhagwati Temple in Tansen, Palpa. Photos: Hari Saru

पाल्पा, August 26, 2008- नेपालको पश्चिमान्‍चलमा विशेष महत्व राख्ने पाल्पाको भगवती जात्रामा यसपाली गएका वर्षहरुमाभन्दा रमझम र जात्रुहरुको संख्यामा उल्लेख्य कमी आएकोमा आयोजकहरु छक्क परेका छन्‌।

१० वर्षे द्धन्द्धको वेलाभन्दा यस पालि जात्रुहरुको संख्या उल्लेख्य नै रहे पनि १२ / १५ बर्ष अघीको घुँइचो देख्ने र सम्झिनेहरु मेला भर्नेहरुको कमी रहेको बताउँछन्‌।

गाँउ गाँउबाट जसरी मान्छेहरु जात्रा हेर्न पाल्पाको सदरमुकाम तानसेन आईपुग्थे तर हरेक बर्ष कमी आउनुमा पछिल्लो समयमा नेपालमा विस्तार भएको एफ.एमहरुले यसमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । हरेक मेला, जात्रा र महत्सोवहरुको एफ.एम, टिभि, रेडियोहरुले प्रत्यक्ष प्रशारण गर्ने भएकाले मानिसहरु घरमै वसी वसी मनोरन्‍जन लिने र जानकारी लिने गरेको पाईन्छ । यो तथ्यलाई पछिल्ला दिनमा लाग्ने विभिन्न जात्रा र मेलाहरुमा कम सहभागी जात्रुहरुको संख्याले पुष्टि गर्दछ ।

राष्ट्रिय जात्राको महत्व राख्ने भगवती जात्रा अंग्रेज र नेपाल वीचको युद्धमा नेपाली फौजको नेतृत्व गरेका कर्णेल उजिर सिंहले विजय हासिल गरेपछि तानसेनमा सिन्दुर जात्रा गरी भगवतीको शोभा यात्रा निकालेको इतिहाससँग सम्बन्धित छ ।

वि.स. १८७६ देखि शुरु भएको भगवती शोभा यात्रा अर्थात रथ घुमाउने प्रचलन हालसम्म पनि कायमै रहेको छ । ऐतिहासकि, पुरातात्विक, धार्मिक र साँस्कृतिक महत्व बोकेको भगवती जात्राले विभिन्न जिल्लाका मानिसहरुको ध्यान आकर्षित गर्ने गरेको छ ।
 
पाल्पालीहरुले अत्यन्तै महत्व दिने भगवती जात्रा चलाउन खडा गरिएको भगवती जात्रा अक्षय कोषमा यसपाली जम्मा ३ लाख, ९८ हजार ७ ,सय ५० रुपैयाँ संकलन भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष केदारलाल श्रेष्ठले बताउनु भयो । बिगत बर्षहरुमाभन्दा कम दान रकम सङ्कलन हुनु एउटा उदाहरण मात्र हो । पाल्पाका अन्य जात्राहरुमा पनि यसपालि खासै जात्रुहरु सहभागी भएको देखिएन ।



यसरी जात्रा र मेलाहरुमा जात्रुहरु कम सहभागी हुनुमा घर घरमै टिभि, रेडियो र भिसिडि हेर्न र सुन्न तथा मनोरन्‍जन गर्न पाईने भएकाले यसरी जात्रुहरुको संख्या घट्न थालेको कुरा जानकारहरु बताउँछन्‌।

विज्ञान र प्रविधिको बिकाससँगै २१ औ शताब्दीको विश्व निकै साघुरो बन्दै गएको छ । दिनानुदिन विकास हुदै गएको संचार माध्यमले आज सुचना र खवरको दुरीलाई छोट्याई दिएको छ । महिनौ र हप्तौ लाग्ने हिजोको हुलाक सुविधालाई आज एफ.एम र विभिन्न संचार माध्यमले एक ठाँउको खवर अर्को ठाँउमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ । अझ ईमेल र ईन्टरनेट लगायतका सुविधाले झन सजिलो बनाएको छ । यसका साथै मनोरन्‍जनका साधनहरुमा पनि विकास र विस्तार भैरहेका छन् । जसका कारण हिजोका दिनमा मनोरन्‍जनका लागि जसरी मेला, पर्व र जात्राहरुलाई महत्वका साथ हेर्न जाने गर्दथे त्यो आज विस्तारै कम हुदै जान थालेको छ ।

-Haribahadur Saru Magar in Tansen, Palpa


Student scouts participating in the Bhagwati Devi possession. Photo: Hari
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®