Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पोखरेली आकाशमा पहिलो नेपाली जहाज 'डाँफे'



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Danphe, Nepalese plane built by Nepalese engineer Bikash Parajuli and his team in Pokhara, Nepal. Photo: Raj

पोखरा, December 6, 2008- नेपाली बैज्ञानिकले निर्माण गरेको पहिलो नेपाली जहाज 'डाँफे' ले तीनवर्षपछि पहिलो पटक उडान अनुमति पाएको छ ।

२०६३ सालदेखि उडान अनुमतिका लागि संघर्ष गर्दै आएका युवा वैज्ञानिक विकास पराजुली नेतृत्वको टोलीले अनुमतिपछि नेपाली आकाशमा पहिलो पटक नेपालीद्वारा नै निर्मित जहाज शनिबार उड्ने भएको छ ।

विमान निर्माण गर्ने टोली प्रमुख पराजुलीका अनुसार पोखरा विमानस्थलमा शनिबार दिउँसो ४ बजे 'डाँफे' विमानको परीक्षण उडान गरिनेछ ।

पोखरा विमानस्थलको सहयोगमा विमानको परीक्षण गर्न लागिएको हो । पोखरा विमानस्थल राजधानीको भन्दा कम व्यस्त भएकोले यहाँ परीक्षणका लागि उपयुक्त ठानिएको हो ।

विमान दुई घण्टासम्म एक सय किलोमिटर प्रतिघण्टा ६ हजार फिटसम्म उड्ने क्षमताको छ । नेपालको इतिहासमा उड्ने विमान निर्माण गर्ने वैज्ञानिक पराजुली २६ वर्षे पोखरेली युवा हुन् । पोखरा ४ गैह्रापाटन घर भएका यी युवासहितको टोलीले ३ वर्ष अघी राजधानीको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा 'रिसर्च थेसिस' को रुपमा विषय उठान गरेका थिए । एभिया क्लब नेपाल र पुल्चोक क्याम्पसको सहयोगमा परीक्षण हुन लागेको हो ।

नेपालमै विमान बनाउने आफ्नो सपना पूरा गरी छाड्न त्यत्तिबेलै डाँफे एयर क्राफ्ट फेबि्रकेसन ग्रुप गठन गरी पराजुलीको नेतृत्वमा सात जना विद्यार्थीले विमान निर्माण सुरु गरेका थिए । निर्माण कार्यमा १० लाखभन्दा बढी खर्च भएको पराजुलीले जानकारी दिए ।

अन्य विमान झैं बर्नौलीको सिद्धान्तमा आधारित भएर यो विमान उड्ने उनले बताए । 'धावन मार्गमा ७३.२ कि.मि. प्रतिघण्टाको गतिमा ९५.३२ मिटर गुडेपछि यसले जमिन छोड्छ' पोखरा विमानस्थलभित्र राखिएको विमानबारे जानकारी दिँदै उनले भने 'अष्ट्रियन प्रविधिको इन्जिन जडान गरी विमान निर्माण गरिएको छ ।
 
उडानको समय ४०० किलोग्राम तौल धान्ने क्षमता भएको डाँफे ५० लिटर इन्धन लिएर दुई घण्टासम्म लगातार उडान गर्नसक्ने बताइएको छ । एभिया क्लब पोखराकी निर्देशक नताशा श्रेष्ठका अनुसार यो विमान दक्षिण एसियाकै नयाँ उत्पादन हो । विमान उडान तालिमबारे प्रशिक्षण दिँदै आएको एभिया क्लबले डाँफे विमानकै आधारमा अरु विमानसमेत नेपालमै उत्पादन गर्न सकिने बताएको छ ।

'विदेशमा पनि यसरी नै बनाउने हो' श्रेष्ठले भनिन् 'यसको डिजाइन दक्षिण एसियामै नयाँ छ । अरु विमानमा झैं तीन पाङग्रा भएको यो विमान अष्ट्रियन प्रविधिको इन्जिनबाहेक बाँकी सबै कामको लागि नेपाली ज्ञान, सीप, कला, प्रवििध र स्थानीय सामग्रीको संयोजनमा सजाइएको छ ।

शनिबार पोखराका सबै उडान तालिका सकिएपछि नेपाली वैज्ञानिकले बनाएको जाहाज रसियन पाइलट एलेक्जेण्डर म्यािक्समोभले उडाएर देखाइदिने छन्' म्यािक्समोभ एभिया क्लबका पाइलट हुन् ।

एभिया क्लब निर्देशक श्रेष्ठले म्यािक्समोभलाई उद्धृत गर्दै भनिन् 'स्वीकृति पाएपछि उडाउन कुनै समस्या पर्नेछैन' तर उड्डयन प्राधिकरणले सीमित उचाइसम्म मात्र उडान अनुमति दिएकोले १.४ किलोमिटरको दुरीमा मात्र जहाज उड्नेछ । २ घण्टासम्म १ सय किलोमिटर प्रतिघण्टा गतिमा उड्न सक्ने भएपनि ७ मिनेटको रोलिङ टेस्टपछि झण्डै १ मिनेटसम्म मात्रै आकाशमा उडान अनुमति पाएको युवा वैज्ञानिक पराजुलीले बताए ।

यो अनुमति पाउन वैज्ञानिक टोलीले पुरै एकवर्ष खर्चेका छन् । एक वर्ष अघि उडान अनुमति माग्दा नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा अन्य सुरक्षाको कारण देखाई उडान अनुमति पत्र दिन नसकिने पत्र जारी गरेका थिए ।

नेपालीले नै बनाएको जहाज उडाउन सरकारले बन्देज गरिदिएपछि दिक्क वैज्ञानिकहरुले
कैयौं पटक सरकारको ढोका ढक्ढक्याउनु पर्यो । पटकपटक आग्रह गर्दा पनि प्राधिकरण नमानेपछि नागरिक उड्डयन मन्त्रालयले नै सचिवस्तरीय जाँचबुझ समिति गठन गर्यो । समितिले त नेपालमा यस्ता कार्यका लागि प्रावधान नै नभएको ठहर गर्यो । बाध्य भएर पछि पोखरा विमानस्थलमा उडानको लागि अनुमति त दियो तर विमान चालक, विमा, तेस्रो पक्ष क्षति विमा लगायतको करोडौं बराबरको विमा शुल्क तिर्नुपर्ने भनी फेरि अनुमति रद्द गरिदियो । शुल्क तिर्न नसकेपछि सम्पूर्ण क्षतिको जिम्मेवारी पुल्चोक क्याम्पसले नै व्यहोर्ने गरी एक वर्षको कडा परिश्रममा एक साता अघि मात्रै उडान अनुमति पाएको हो ।

त्यसअघि नेपालमा यस्तो विमानको नेपालभित्र कल्पना नै नगरिएको भन्दै उडाउन बन्देज गरिएको थियो।
'अनुमति पाउँदा खुशी लाग्नु स्वभाविक हो' बिहीबार साँझ प्राविधिकरणसँग शनिबार उडाउने फाइनल भएपछि विमान निर्माण टोलीका प्रमुख पराजुलीले भने 'तै पनि आकाशमा नउडाउन्जेल मेरो धोको पूरा हुने छैन । पहिलो नेपाली विमान उडाउन परीक्षण हेर्न सरकारका विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह पोखरा आउने भएको उनले जानकारी दिए । 'हामी एक वर्ष अघी नै उडान गर्न तयारी अवस्थामा थियौं' पराजुलीले भने 'अनुमति पाएपछि अब एकछिनमै जहाज उडाउन सक्छौं ।

चरालाई हावामा तैरिन पखेटाको सहायता चाहिएजस्तै 'डाँफे' विमानलाई हावामा तैरिनलाई आवश्यक १० मिटर फैलिएको पखेटा प्रयोग गरिएको छ । विमानमा दुईवटा आरामदायी सिट छन् । सिटमुनी इन्धन ट्याङ्की छ भने त्रिभुजाकार विमानको पछिल्लो भागमा शक्ति यन्त्र जडान गरिएको छ । 'मानव सभ्यतामा प्रविधिले ल्याएको परिवर्तनमा नेपाली प्राविधिकले पनि योगदान दिनसक्छन् भन्ने हामी प्रमाणित गर्न चाहन्छौं।' पराजुलीको भनाइ छ 'यसको सफल उडानपछि यस्तै योजनाको 'रिसर्च' र निर्माण
कार्यलाई अगाडि बढाउने योजना छ । भक्तपुरका साथी गणेशराम िसंकेमानसहित पराजुली मेकानिकल इन्जिनियरिङ सकी विमान रिसर्चमै लागि पर्दै आएका छन् । शनिबार विमान उडानपछि उनले मन्त्री र पोखराका विभिन्न क्षेत्रका विज्ञसँग छलफल समेत गर्नेछन् ।

'नेपाललाई आवश्यक विमान नेपालभित्रै उत्पादन गर्न सकिन्छ भन्ने मेरो अठोट हो' उनले भने 'तर त्यसका लागि सरकारको सहयोग अपरिहार्य छ' सरकारले नयाँ विज्ञानको सृजनालाई निराश पार्ने काम मात्रै गरेको बताउने उनले विज्ञानका क्षेत्रमा उपयुक्त नीति र प्रोत्साहनको माग गरेका छन् । हामीले बनाएको जहाज हामी नै उडाउँछौं भन्दा सरकार दिँदैन विगत एक वर्षमा स्वीकृति नदिएर सरकारले आफूहरुलाई झुलाउने काम गरेकोमा आक्रोशित पराजुलीले भने 'आगामी दिनमा यस्तो दोहोरिनुहुन्न ।'

-Rajbahadur Gurung in Pokhara
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®