Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पहिलो अन्तर्राष्ट्रिय थारु सम्मेलन लुम्बिनीमा हुने

काठमाण्डौं, October 12, 2008-भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा आगामी महिना एउटा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

थारु कल्याणकारिणी सभाले कात्तिक २, ३ र ४ गते पहिलो अन्तराष्टिय थारु सम्मेलन गर्ने भएको हो । नेपालमा थारु समुदायको जातीय, राजनीतिक, भाषिक, धार्मिक तथा सांस्कृतिक अस्तित्व संकटमा परेको- पारिएको अवस्थालाई ध्यानमा राखेर अन्तराष्टिय थारु सम्मेलन गर्न लागिएको सभाका महासचिव राजकुमार लेखीले बताएका छन् ।

नेपालका आदिवासी थारु समुदाय विस्थापित हुने क्रममा भारतमासमेत रहेको, रोजगारिको खोजीमा विश्वका विभिन्न मुलुकमा पनि बसोबास गरिरहेको सभाको ठहर छ । विश्वमा जहाँ रहे पनि थारु समुदाय नेपाली हुन् र नेपालको तराई थरुहट भूमी उनीहरुको उत्पति थलो भएको सभाले बताउँदै आएको छ । महासचिव लेखीले भने- 'यो थलोसँग थारु समुदायको अविभाज्य सम्बन्ध रहेको छ ।' लेखीले विभिन्न जातिको तथा राजनीतिक अतिक्रमणको चपेटामा परेर थारु समुदाय आफ्नै आदि भूमीमा अल्पमतमा पर्न थालेकोमा गुनासो गरे ।

'अहिले आएर थारु समुदायको स्वतन्त्र जातिय अस्तित्व नै छैन भन्दै यो समुदायको अस्तित्व सदाका लागि समाप्त पार्ने प्रयत्न भइरहेको छ' सभाले भनेको छ- 'थारु समुदायलाई मधेशीकरण तथा हिन्दुकरणको चपेटामा पारिएको छ, थारु समुदायलाई आदिवासी हक अधिकार दिन राज्यले अस्वीकार गरेको मात्र होइन यो समुदायलाई मधेशी समुदायमा राखिएको छ ।' उनका अनुसार यसरी थारु समुदायमाथि चौतर्फी संकट आएको बेलामा थारुका सन्ततिबाट अहिलेसम्मका सर्वाधिक ठूला ब्यक्तित्व बनेका भगवान गौतम बुद्धको पावन जन्मथलोमा भेला भएर अन्तराष्टिय थारु सम्मेलन गर्न लागिएको हो ।

जानकारीअनुसार बौद्ध धर्म मान्ने विश्वभरिका थारु समुदायका प्रतिनिधिहरु सो सम्मेलनमा सहभागी हुनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गर्ने सो सम्मेलनमा देशका २४ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक भेला हुने बताइएको छ । विभिन्न मुलुकबाट प्रतिनिधि, पर्यवेक्षकहरु आउने सो सम्मेलन तीन दिनसम्म चल्ने जानकारी आयोजकहरुले दिएका छन् ।

-Sitaram Baral in Kathmandu








   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®