|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
वजेटले राहत, सामाजिक न्याय र समावेशीकरणलाई जोड
दिएको छ- अर्थमन्त्री काठमाडौँ, September 20, 2008- अर्थमन्त्री डा. वावुराम भट्टराईले राजनीतिक ईच्छा शक्ति वलियो भएमा वजेट पुर्ण रुपले कार्यान्वयन हुने बताएका छन् । अर्थ मन्त्रालयमा असोज ४ गते आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री भट्टराईले वजेटले जनतालाई तत्काल राहत, सामाजिक न्याय र समावेशीकरणलाई जोड दिएको उल्लेख गरे । डा. भट्टराईले यो वजेट महत्वकांक्षी भएपनि वस्तुगत आधारमा नै रहेकोमा जोड दिए । उनले विगतको सरकारले क्षमताको सही सदुपयोग गर्न नसकेको भन्दै यस सरकारले ल्याएको वजेट आर्थिक वृद्धि र जनमुखि नै भएको दावी गरे । नयाँ नेपाल निमार्णका लागि खास महत्वका कार्यक्रमहरु ल्याएको वताउदै मन्त्री भट्टराईले ६० वटा मुख्य परियोजना चलाउने र प्रधानमन्त्रीले नै त्यसको अनुगमन गर्ने जानकारी दिए । डाक्टर भट्टराईको राजनितिक परीबर्तन पछि आर्थिक एजेण्डा आएकोले त्यसलाई प्राप्त गर्ने सुरुवात बजेटमा गरिएको भनाई थियो । करको दायरा नवढाएर पनि राजस्व प्रशाशन चुस्त वनाउने हो भने राजस्व २० प्रतिशतसम्म वृद्धि गर्न सकिने उनको दाबी थियो । प्रतिपक्षहरुको बजेटले माओवादी कार्यकर्ताहरु पाल्ने गरी ल्याएको भन्ने कुरा आरोप भ्रम मात्र भएको मन्त्री भट्टराईको भनाई थियॊ । अर्थ मन्त्रालयमा साँझ ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले विगतका सरकारको सकारात्मक कामको निरन्तरता र नराम्रो काम छाड्ने नीति अहिलेको सरकारको भएको उल्लेख गरे । मन्त्री भट्टराईले शिक्षामा दोहोरो प्रणालीले गर्दा वर्ग भेद वढ्ने भन्दै त्यसको अन्त्य गर्ने गरी सरकारले वजेटमा प्राथमिकता दिएको वताए । सन्चारकर्मीको प्रश्नको जवाफ दिदैं विश्व समुदायले गरेको प्रतिवद्धता अनुसार नै वैदेशिक अनुदानको अनुमान गरेको र अहिलेको अवस्थामा वैदेशिक अनुदान झनै वृद्धि हुने उनले विश्वास व्यक्त गरे । वसन्तपुरमा पशुवलीका लागि रकम नदिएको भन्दै विरोध भएको प्रति अर्थमन्त्रीले सस्कृति मन्त्रालय अन्तर्गत यी सवै कामहरु गर्ने व्यवस्था अनुसार ढिला भएपनि सो प्रयोजनका लागि वजेट दिईसकेकोले अव विरोध गर्न आवस्यक नभएको धारणा राखे । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||