Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सात पटक मधेशवादी दलहरुको रोष्ट्रम कब्जा र नारावाजीपछि बल्ल सहमति

काठमाडौं,  July 7, 2008- मधेशवादी दलहरुको माग समेटिने गरी सरकारले अन्तरिम संविधानमा पाँचौ संसोधनकालागि अर्को पुरक प्रस्ताव लैजाने भएको छ ।

पहिलो पुरक प्रस्ताव दर्ता गरेको ४८ घण्टा बित्न नपाउँदै सात दलीय गठबन्धन सरकार यस्तो निर्णयमा पुगेको हो । पहिलो पुरक संसोधन प्रस्ताव त्रुटिपूर्ण रहेको भन्दै मधेशवादी दलहरुले आपत्ति जनाएपछि आइतबार असार २२ बसेको सात दल र मधेशवादी दलहरुको बैठकमा यो सहमति भएको हो ।

जानकारी अनुसार फागुन १६ गतेको सम्झौता उल्लेख भएको मधेश स्वायत्त प्रदेशको सट्टा तराई स्वायत्त प्रदेश उल्लेख गरी पुरक संविधान संसोधन प्रस्ताव पेश गर्न मधेशवादी दलहरुपनि सहमत भएका छन् । अब मधेश स्वायत्त प्रदेशको सट्टा तराई स्वायत्त प्रदेश उल्लेख गरी अन्तरिम संविधानको धारा ३८ उपधारा २ मा पुरक संसोधन प्रस्ताव सरकारले पेश गर्नेछ । यसैगरी सेनालाई समावेशी बनाउन अन्तरिम संविधानको धारा १४४ को उपधारा ५ मापनि पुरक संसोधन प्रस्ताव सरकारले पेश गर्नेछ ।

शान्ति तथा पुनस्र्थापना मन्त्रालयमा भएको वार्तामा सरकारले पेश गर्ने यसप्रकारको पुरक संसोधन प्रस्तावमा चित्त नबुझेमा मधेशवादी दलहरुले संसोधन हाल्न सक्नेछन् । वार्तामा सहभागी माओवादी अध्यक्ष प्रचण्डले सात दल र मधेशवादी दलहरुबीच भएको यो सहमति 'ब्रेक थ्रो' भएको टिप्पणी गरेका छन् भने मधेश जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले मधेश वा तराई जे शब्द राखेपनि आफूहरुलाई मान्य हुने बताएका छन् । सहमति अनुसार पुरक संसोधन प्रस्ताव लैजाने निर्णय सोमबार विहान बसेको मन्त्री परिषद् बैठकले गरिसकेको छ ।

यो सहमतिपछि संविधान सभा बैठक सुचारु हुने आशा गरिएको छ । असार १२ गते संविधानमा पाँचौं संसोधन विधेयक प्रस्ताव हुनैलाग्दा मधेशवादी दलहरुद्धारा नारावाजी गर्दै रोष्ट्रम घेरिएपछि संविधान सभाको बैठक सुचारु हुन सकेको छैन । त्यसयता सात पटक आयोजना गरिएका सबै बैठक मधेशवादी दलहरुको रोष्ट्रम कब्जा र नारावाजीका कारण हुन सकेनन् ।

-Vivek Baral in Kathmandu









   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®