Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

अन्तत: जातिय स्वायत्त शासनका लागि सरकार र मोर्चाबीच पाँच बुँदे सहमति
"राज्यको नयाँ संरचना गर्दा नेपालको सार्बभौमसत्ता, राष्ट्रिय एकता र अखण्‍डतालाई अक्षुण्‍ड राख्दै लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहट लगायतका आदिबासी जनजाती, दलित, पिछादिएका बर्ग र जातिहरुको ऐतिहासिक पृष्‍ठभुमी, भाषा, भौगोलिक क्षेत्र र आर्थिक स्रोत तथा सम्भाब्यताका आधारमा बैज्ञानिक स्वशासनयुक्त स्वायत्त गणराज्य सहितको संघीय शासन प्रणालीको संबिधान सभाबाट संबैधानिक ब्यबस्था गरिनेछ।"
-मोर्चा र सरकारका बिच पाँच बुँदे सम्झौता पत्रबाट उदृत

काठमाडौं, March 1, 2008-संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारका तर्फबाट सात दलका प्रतिनिधिहरु बिच पाँच बुँदे सहमती भएको छ। यो सम्झौताले जातिय स्वायतताको लागि सात दल र सरकारलाई वाध्य पार्ने निस्चित छ।

मोर्चा र नेपाल सरकारका तर्फबाट सात दलका प्रतिनिधिहरुबीच शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको पांच बुंदे सम्झौतामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा दुवै पक्षका वार्ताकारहरूले हस्ताक्षर गरेका थिए।

यो वार्ताको निष्कर्ष फेब्रुअरी २९ मा भएको मधेसी आन्दोलनकारीहरुको सम्झौताभन्दा प्रगतिशिल रहेको सम्झौताका बँदाहरुको अध्ययनबाट  अनुमान लगाउन सकिन्छ। सो सहमतीअनुसार, मुलुकमा २३९ वर्षदेखि आदिवासी जनजाति, मधेसी, दलित, महिला, पिछडाइएका वर्ग, अल्पसंख्यक, मुस्लिम समुदायसमेतका जनताका भावनाविपरीत सामन्तवादी केन्द्रीकृत राज्यको कारण उत्पन्न विभेदका सबै रूपहरूलाई अन्त्य गर्दै समानुपातिक, समावेशी लोकतन्त्र तथा स्वशासित स्वायत्त गणराज्यसहितको संघीय शासनप्रणालीअनुसार राज्यलाई नयां संरचना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापना गरी आदिवासी जनजाति, मधेसी, दलित, महिलालगायत सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय मूलप्रवाहमा समाहित गर्ने कुरा उल्लेख छ।

यस अघी मोर्चामा आबद्ध सात दलले गत फागुन १ गतेदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका थिए। सम्झौतापछि संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालद्वारा आहृवान गरिएको आम हडताललगायतका बन्दका सबै कार्यक्रम फिर्ता लिइ चैत २८ गतेको संविधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक, शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेल, सदस्यहरू स्थानीय विकासमन्त्री देवप्रसाद गुरुङ, शंकर पोखरेल, घनश्याम शर्मा पौडेल, सुनिल प्रजापति र केशव नेपाल र मोर्चाका तर्फबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष डिके बुद्धिष्ट, संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन, संयुक्त थारू राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारू, दलित जनजाति पार्टीका अध्यक्ष विसेन्द्र पासवान र तामाङसालीङ स्वायत्त राज्य परिषद्का उपाध्यक्ष सिङमान तामाङले हस्ताक्षर गर्नुभएको छ।

सात दल र मोर्चा बिच भएको सम्झौता पत्र पढ्नुहोस्

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालमा आवद्द राजनीतिक संगठनहरू हुन्‌- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल, मधेशी जन अधिकार फोरम, मधेश, दलित जनजाती पार्टी, लोकतान्त्रिक मधेशी मोर्चा, मधेशी लोकतान्त्रिक मोर्चा र खम्बुवान राष्ट्रिय मोर्चा।




































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®