Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्गको हार्दिक बिदाई



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Outgoing IGP Hembahadur Gurung was greeted by Acting IGP Ramesh Chandra Thakuri. Photo: Danda

काठमाण्डौ, 16 Feb, 09- नेपाल प्रहरीमा आफ्नो सेवाअवधी सफलतापुर्वक पुरा गरी सेवानिबृत्त हुग्नुभएका प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्गलाई प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक विशेष समारोहबीच हार्दिक बिदाई गरियो ।

वि.सं. २०३३ साल फागुन ६ गतेबाट नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा सेवा प्रबेश गरी निरन्तर प्रहरी संगठनलाई ३२ बर्षलामो सेवा दिई सेवानिबृत्त हुनुभएका प्रहरी महानिरीक्षक गुरुङ्गलाई कार्यबाहक प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले हार्दिक बिदाई गर्नुभएको थियो ।

बिदाई समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा बिदाई भई जान लाग्नुभएका प्रहरी महानिरीक्षक गुरुङ्गले सेवा अवधिमा आफूले प्राप्त गरेका अनुभवबारे चर्चा गर्नुहुँदै संगठनमा राम्रा र नराम्रा दुबै पक्ष विद्यमान रहेकोले नराम्रा पक्षप्रति सजग भइ राम्रो बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक ठकुरीलाई सुझाव दिनुभयो ।

नेपाल प्रहरीमा अनुशासन, पेसागत सुरक्षा एवं प्रहरी कर्मचारीहरुका लागि अभिभावकीय सुरक्षाका अलावा कानुनी र सामाजिक सुरक्षा प्रदान गर्ने वातावरण बन्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले प्रहरी सुधारका लागि कार्यदल बन्नु प्रशंसायोग्य कुरा भएको र यस्ता कार्यदलबाट निष्पक्ष र औचित्यपूर्ण सुझाव जाने नजानेतर्फ विवेचना हुनुपर्ने कुरा उहाँले बताउनुभयो।

आगामी दिनमा नागरिकको हैसियतले संगठनप्रति हुनुपर्ने सद्भाव र सहयोगका लागि आफू मन र वचनले प्रतिवद्ध रहेको चर्चा गर्नुहुँदै प्रहरी महानिरीक्षक गुरुङ्गले नेपाल प्रहरीलाई आगामी दिनमा एकतावद्ध वातावरण र व्यवावसायिक स्वाधिनता प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभयो ।
 

Outgoing IGP Hembahadur Gurung with other police officers at the farewell program. Photo: Danda

बिदाई समारोहमा कार्यबाहक प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले राष्ट्र र जनताको सेवामा प्रहरी संगठनका लागि आफ्नो जीवनको अत्यन्त उर्वरखण्ड समर्पित प्रहरी संगठनको सर्बोच्च पदबाट स-सम्मान सेवानिबृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक गुरुङ्गप्रति सम्पूर्ण प्रहरी कर्मचारीहरुको तर्फबाट कृतज्ञता ज्ञापन गर्नुभयो ।

समारोहमा कार्यबाहक प्रहरी महानिरीक्षक ठकुरीले लगनशील, नैतिकवान तथा संगठनप्रति निष्ठावान अग्रजहरुको भोलिका दिनबाट हुने भौतिक अनुपस्थितिले संगठनमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई केही असर महसुस हुने बताउनुभयो ।

देशमा छिटोछिटो भएको राजनैतिक परिवर्तनले समग्र शान्ति सुरक्षामा देखिएको जटिलताका वावजुद प्रहरी महानिरीक्षकबाट छोटै समयमा भएपनि संगठनप्रति पुर्याउनुभएको योगदानबाट समग्र संगठनले थप उर्जा प्राप्त गरी कर्तव्यको पालनामा सफल भएको तथ्यले आगामी पुस्तालाई मार्गदर्शन हुनेछ भन्नुभयो ।

पदीय दायित्व निर्वाह गर्दा देखाउनुभएको कर्तव्यपरायणता, नैतिकता, कार्यकुशलता यथार्थमा भोलिको प्रहरी संगठनको नेतृत्व गर्नेका लागि मार्गदर्शन हुनेछ भन्नुहुदै उहाँको अनुकरणीय सेवा, योगदान र अथक परिश्रमको संगठनले पछिसम्म स्मरण गरिरहने कुरा नवनियुक्त प्रहरी महानिरीक्षक ठकुरीले बताउनुभयो ।

बिदाई समारोहपश्चात प्रहरी महानिरीक्षक गुरुङ्गको सम्मानमा प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेको थियो भने उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले लामबद्ध भई पुष्पगुच्छासहित हार्दिक बिदाई गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगाएत वरिष्ठ प्रहरी अधिकृतहरु एवं सकल दर्जाका प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

त्यसै गरी, नेपाल प्रहरीमा आफ्नो सेवाअवधी सफलतापुर्वक पुरा गरी सेवानिबृत्त हुन लाग्नुभएका महानगरीय प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठलाई आज हार्दिक बिदाई गरियो ।

उहाँलाई प्रहरी नायव महानिरीक्षक भरतबहादुर जि.सी.ले सो कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गर्नुभएको थियो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले उपत्यकाभित्र राम्रो काम गर्ने ६१ जना प्रहरी अधिकृत तथा जावनहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

बिदाईका अवसरमा उहाँले शान्ति सुरक्षा कायम गर्न प्रहरी अधिकृत तथा जवानहरुले पुर्याएको सहयोग र सद्भावका लागि आभार व्यक्त गर्नुहुँदै संगठनमा रहँदा सुख दुःखमा साथ दिने कर्मचारीहरुलाई धन्यबाद दिनुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक जि.सी.ले प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठको कार्यकालमा काम गर्दा सजिलो महसुस भएको उल्लेख गर्नुहुँदै उहाँको सेवानिबृत्त जीवनको सफलताको कामना गर्नुभयो ।

बिदाई समारोहमा उपत्यका स्थित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो।

-Danda Gurung in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®