|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सानालाई ऐन र ठूलालाई चैन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Families of police personnel who revolted in Kathmandu press meet. Photo: Santa काठमाडौँ, September 11, 2008- नेपालगन्जस्थित दंगा नियन्त्रण गण, गोरखा पर्वत र सम्शेरगन्जको प्रहरी विद्रोहमा सहभागी भई कारबाहीमा परेका प्रहरीका परिवारले विद्रोहमा संलग्नहरु माथिको कारवाही फिर्ता नगरे आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले भदौ २६ गते राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर भ्रष्टाचार र अनियमितताविरुद्ध बोलेकाले आफन्तमाथि कारबाही गरी सानालाई ऐन र ठूलालाई चैनको शासन स्थापित गर्न खोजिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानवितका लागि स्वतन्त्र आयोग गठन गर्न माग समेत गरेका छन् । सजाय भोगिहरुको प्रहरीका आफन्तहरुले प्रहरी भित्र भ्रष्टाचार भएको ठहरका साथ विद्रोही प्रहरीलाई शुरुमा पुरस्कृत गरिएको र पछि कारबाही गरिनुलाई अन्यायपूर्ण र हास्यास्पद भनेका छन् । कारबाहीमा परेका प्रहरीका परिवारका तर्फबाट संयोजक प्रेमा खत्रीले भनिन् 'सानालाई ऐन र ठूलालाई चैन गर्न पाइन्न । जनपथ र सशस्त्र प्रहरीका सामन्ती सोच र भ्रष्टाचारीहरुलाई कारबाही गरियोस्, हैन भने आन्दोलनका विकल्प हुनेछैन ।' आफूहरु संगठित भएर काठमाडौं आएको र प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउने बताइन् । कारबाहीमा परेका विद्रोही प्रहरीका आफन्त लालिसंह कैलाले लाखौं अनियमितता भएको खुलासा गर्ने प्रहरीलाई कारबाही गरिनुलाई भ्रष्टाचारीको संरक्षण गर्ने परम्पराको संज्ञा दिए । आफूहरुसंग भ्रष्टाचारको प्रमाण समेत रहेको उल्लेख गर्दै एक सयभन्दा बढी पृष्ठको कागजपत्र सार्वजनिक गरेका थिए । |
|
|
शमसेरगंज घट्नालाई तत्कालिन गृह प्रवत्ता मोदराज डोटेलको टोली सकारात्मक भएको प्रतिकृया दिए लगत्तै बाँकेको दंगा नियन्त्रण गणमा प्रहरीहरुले हतियार सहित विद्रोह गरेका थिए । प्रहरी नायब निरीक्षक धनबहादुर बिकको नेतृत्वमा भएको सो विद्रोहमा संलग्न मध्ये ४५ जनालाई कारवाही प्रकृया अघि बढाइसकिएको छ । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||