|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालको बजारमा नक्कली रक्सी बेच्ने पक्राउ![]() पक्राउ परेका नक्कली रक्सी र कारोवारी भोला दाहाल Photos: Sitaram काठमाण्डौं, December 17, 2008- कतै तपाईंपनि मज्जा मानी-मानी रेड लेवल वा ब्ल्याक लेवल भनेर नक्कली रक्सी त खाइरहनु भएको छैन? नेपालको बजारमा नक्कली रक्सी कसरी छ्याप्छ्याप्ती पारिएको रहेछ भन्ने कुरा नेपाली बजारमा अत्यधिक खपत हुने स्वदेशी मदिराको नक्कली उत्पादनस्थल र उत्पादकलाई प्रहरीले नियन्त्रणमा लिएपछि खुलाशा भएको छ । बजारमा मदिराको जथाभावी र अवैध कारोबार बन्द गर्ने सरकारको नीतिबमोजिम अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग दरबारमार्गको टोलीले बुधबार बिहान अवैध उत्पादकलाई पक्राउ गरेको छ । पक्राउ व्यक्तिउपर अनुसन्धान गर्ने क्रममा बौद्धको टुसालमा नक्कली उत्पादनस्थल फेला परेको थियो । महानगरीय प्रभागका इन्स्पेक्टर बामदेव गौतमका अनुसार बुधबार बिहान दरबारमार्ग प्रहरी प्रभागको भ्यानले नागपोखरीमा एक शंकास्पद ट्याक्सी फेला पारेको थियो । मदिराका कार्टुनले भरिभराउ उक्त ट्याक्सी रोकेर सोधपुछ गर्दा ढुवानीकर्ताले बिल र भौचर पेश नगरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका भोला दाहाल आफैं नक्कली मदिरा उत्पादन गर्ने र प्रत्येक विहान बजारमा ढुवानी गर्ने गरेको बताइएको छ । तर उत्पादनस्थलका मूल लगानीकर्ता भने रामेछाप घर भई कपनमा बस्ने लीला पोखरेल रहेको भोलाले दावी गरेका छन् । भोला नक्कली मदिरा उत्पादनसँगै देखावटी कामका रुपमा सुविसु केबलमा मार्केटिङमा जागिर खान थालेका थिए । उनी पशुपति क्याम्पस चावहिलमा प्रमाणपत्र तह द्वितीय वर्षमा अध्ययनरत छन् । भोलाको बयानका आधारमा बौद्धको टुसालस्थित होटल हायातको मूलगेटबाट पाँच घर अगाडि बढेपछि बजाज मोटरसाइकलको सेल्स अफिस रहेकै घरको पछाडि नक्कली मदिरा उत्पादनस्थल रहेको प्रहरीले फेला पारेको थियो । |
|
![]() त्यहाँ छापा मार्दा बजारमा अत्यधिक खपत हुने स्वदेशी मदिराका ब्रान्ड सिग्नेचर रोयल स्टेक, इभिनिङ किङ्स, खुकुरी रम, ब्ल्यु रिमेन्ड जिन, ब्यागपेपर भर्जिन फेला परेको थियो । विभिन्न ब्रान्डका नक्कली मदिराको परिमाण २४ कार्टुन रहेको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका भोलाका अनुसार उनीहरुले नक्कली मदिरा उत्पादनको काम थालेको तीन वर्ष भयो । 'पहिला स्वयंभुको सानो भर्याङमा काम हुन्थ्यो' उनले भने- 'अबचाहिँ यस्तो काम छाडौं भनेका थियौं फँसियो ।' नक्कली मदिराको उत्पादनस्थलबाट प्रहरीले स्प्रिाट रक्सीको फ्लेबर, आन्तरिक राजस्व कार्यालयको स्टिकर, बिर्को लगाउने मेसिन पनि फेला परेको प्रहरीले जनाएको छ । रक्सीको फ्लेबर नवलपरासीबाट र सिल भारतबाट आउने गरेको पक्राउ परेका भोलाले बताएका छन् । आन्तरिक राजस्वको स्टिकर भने विभिन्न कम्प्युटर सेवा केन्द्रमा प्रति स्टिकर ५० पैसाका दरले खरिद गर्न पाइने जानकारीपनि उनले दिएका छन् । -Sitaram Baral in Kathmandu ![]() ![]() ![]() Photos: Sitaram |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||