Ex-Princess Himani Shah and her son Hridayandra (below). Photo:
sources
काठमाडौं, July 17, 2008-
पूर्व युवराज पारशले देश छाडेको १६ दिनपछि उनकी जीवन संगिनी
हिमानीलेपनि बालबच्चासहित नेपाल छाडेकी छिन् ।
विहीबार दिउसो उनी आफ्ना नावालक छोरा एबं पूर्व नवयुवराज ह्दयेन्द्र, छोरी
पूर्णिका र कृतिकालाई साथमा लिएर सिंगापुरतर्फ लागेकी छन् ।
सिल्क
एयरको विमानबाट सिंगापुर लागेकी हिमानीको साथमा पूर्व अधिराजकुमार स्व.
धीरेन्द्रकी कान्छी छोरी दिलाशा शाहपनि छिन् । अब पारशका बच्चाहरु
सिंगापुरमा पढ्नेछन् भने पारश व्यापार व्यवसायमा संलग्न हुनेछन् ।
छोरा पारश सिंगापुरतर्फ जानुअघि पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलसँग भेट
नभएपनि बुहारी हिमानी तथा नातिनातिना सिंगापुरतर्फ लाग्नु अघिल्लो दिन
पूर्व राजा-रानी निर्मल निवासमा पुगेका थिए । विहीबार मध्यरातसम्म निर्मल
निवासमा हिमानीहरुको विदाई भोज चलेको थियो ।