|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
जनताको राज भने कै यही हो-अब सबैको दाउ
प्रधानमन्त्री पदमा काठमाडौं, August 14, 2008- प्रधानमन्त्री पदकालागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा घटनाक्रम राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनमा झैं नाटकीय ढंगले अघि बढेको छ । रक्षा मन्त्रालयको अड्को थापेर कांग्रेसले सरकारमा नजाने नै निर्णय गरेछ भनेपनि प्रधानमन्त्रीमा माओवादी उम्मेदवारलाई नै मत दिने बताएका एमाले र मधेशी जनअधिकार फोरमले समेत प्रधानमन्त्री पदमा उम्मेदवारीका लागि उम्मेदवारी पत्र लगेका छन् । प्रधानमन्त्रीकालागि उम्मेदवारी दिने अन्तिम समय बेलुकी ५ बजेसम्म तोकिएको छ । दिउसो २ बजेसम्म प्रधानमन्त्रीकालागि माओवादीका अलवा नेपाली कांग्रेस, एमाले, मधेशी जनअधिकार फोरमले उम्मेदवारी पत्र लगेका छन् । यसैगरी साना पार्टीका तर्फबाट जनमुक्ति पार्टीलेपनि उम्मेदवारी पत्र लगेको छ । जानकारी अनुसार सो पार्टीका तर्फबाट एमएस थापामगरले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । माओवादीले अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाउने भएको छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले प्रधानमन्त्रीकालागि ६ जनामध्येबाट चयन लगाउन पार्टीको संसदीय समितिलाई निर्देशन दिएको छ । ती ६ जनामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री डा. रामशरण महत, महामन्त्री कूलबहादुर गुरुङ्ग, केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरे, महिला संघकी पूर्व अध्यक्ष मीना पाण्डे र प्राध्यापक संघकी पूर्व अध्यक्ष प्रा. सुप्रभा घिमिरे छन् । उम्मेदवारी पत्र लगेको एमालेले कसलाई उम्मेदवारी दिन लगाउने हो तय भएको छैन । तर माओवादी नेतृत्वमा सरकार गठन हुन नदिन नेपाली कांग्रेसले एमाले महासचिव झलनाथ खनाललाईपनि 'लालीपप' देखाएका कारण खनाल नै उम्मेदवार बन्नसक्ने सम्भावनापनि छ । यस्तै 'लालीपप' फोरमलाईपनि देखाइएको छ । यो स्थितिमा अध्यक्ष उपेन्द्र यादव वा संसदीय दलका नेता विजय गच्छेदारले प्रधानमन्त्रीकालागि उम्मेदवारी दिन सक्छन् । एमाले, फोरम र १३ वटै साना दलहरुले माओवादी नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री पदकालागि आज ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ । दिउसोसम्म प्रधानमन्त्रीकालागि ठूला भनिएका सबैजसो दल र साना पार्टीहरुलेसमेत उम्मेदवारी पत्र लगेपछि माओवादी नेतृत्वमा सरकार बन्न नदिने कांग्रेसको योजनाले सफलता प्राप्त गर्नसक्ने संकेत देखिएको छ । अनुमान विपरित ठूला सबैजसो पार्टी र साना पार्टीलेसमेत उम्मेदवारी दर्ता फारम लगिनुको कारण प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम सार्ने षडयन्त्र हुनसक्ने आशंका राजनीतिक बृत्तमा गरिएको छ । किनभने राष्ट्रपति निर्वाचनकाबेला बनेको माओवादी विरोधी मोर्चा अहिले कमजोर बनेको छ । शुक्रबार हुने प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम सार्न सकेमा कांग्रेसले आफ्नो नेतृत्वमा फेरि त्यो मोर्चालाई बलियो बनाएर माओवादीलाई सरकारको नेतृत्व गर्नबाट रोक्न सक्छ । |
|
|
यदि भोलि हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन
रोकियो भने माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना क्षीण हुनेछ ।
कांग्रेसले एमाले र फोरमलाई फेरि पुरानै मोर्चामा सामेल गराउनेछ । त्यो
स्थितिमा सके आफ्नै पार्टीका उम्मेदवारलाई कांग्रेसले प्रधानमन्त्री पदमा
विजय गराउने प्रयत्न गर्नेछ नसके एमाले वा फोरमका उम्मेदवारलाई जिताएर उसले
माओवादीको नेतृत्वमा सरकार बन्नबाट रोक्नेछ। विहीवार दिउसोसम्मको राजनीतिक घटनाक्रय यसै दिशातिर ढल्किएको संकेत मिलेको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||