|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
संविधान सभा र व्यबस्थापिका संसदका समितिका सभापतिहरुको उमेदवारी |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं,
January 12, 2009-
संविधान सभा र व्यबस्थापिका संसदका समितिका सभापतिको भोली हुने
सभापतिको निर्वाचनका लागि विभिन्न दलहरुले सहमति अनुसार उमेदवारी दिएका
छन् । उमेदवारी दर्ता गराउने म्याद पुस २८ गते साँझ ५ बजेसम्म तीन वटा बाहेक अधिकाशं समितिमा सहमतिका उमेदवारी परेका छन् । संविधान सभाको महत्वपूर्ण मानिएको संबैधानीक समिति तथा व्यबस्थापीकाका राज्यव्यबस्था र विधायन समितिमा मात्र भोली विहान निर्वाचन हुने भएको छ । एमालेका माधवकुमार नेपाललाइ चुनौति दिदै दलीत जनजाती पार्टीका विश्वेन्द्र पासवानले सम्बैधानीक समितिमा उमेदवारी दिएका कारण निर्वाचन हुने भएको हो । यस्तै व्यबस्थापीकाको महत्वपूर्ण मानिएको राज्य व्यबस्था समितिमा माओवादीका टोपबहादुर रायमाझी र एमालेका रामनाथ ढकालको नाम जुधेका कारण निर्वाचन हुने छ । विधायन समितिमा सदभावनाकी सरिता गिरी र माओवादीकी यसोदा सुवेदीवीच प्रतिष्पर्धा हुने छ । अधिकाशं समितिमा सहमतिका आधारमा सभापतिको उमेदवारी परेका कारण निर्वाचन गर्नुपर्ने छैन । सहमति अनुसार माओवादीले संविधान सभातर्फ राज्यको पुर्नसंरचना समितिमा लोकेन्द्र विष्ट, राष्ट्रिय हित संरक्षण समितिम अमिक शेरचन, न्याय प्रणाली सम्बन्धी समितिमा प्रभू शाह र विधायन समितिमा यसोदा सुवेदीलाइ चयन गरेको छ । यसैगरी माओवादीले व्यस्थापीका संसदतर्फ राज्य व्यबस्था समितिमा टोपबहादुर रायमाझी र अन्तराष्ट्रिय सम्बन्ध समितिमा पदमलाल विश्वकर्माको नाम सिफारीस गरेको छ । नेकपा एमालेले संविधान सभा तर्फको संवैधानीक समितिमा माधवकुमार नेपाल, अल्पसंख्यक तथा सिमान्तकृत समूदायको हक अधिकार संरक्षण समितिमा लालबावु पण्डित र मौलीक अधिकार तथा निर्देशक सिद्धान्त समितिमा विन्दा पाण्डेलाइ चयन गरेको छ । एमाले व्यबस्थापीका तर्फका राज्य व्यबस्था समितिमा रामनाथ ढकाल र प्राकि्रतीक स्रोत साधन समितिको सभापतिमा शान्ता चौधरीको उमेदवारी दर्ता गरेको छ । नेपाली काँग्रेसको तर्फबाट व्यबस्थापीका संसदको सार्वजनिक लेखा समितिमा रामकृष्ण यादव र सँसदीय सुनुवाई विशेष समितिमा केवी गुरुङलाइ चयन गरिएको छ । संविधान सभातर्फ काँग्रेसले व्यवस्थापिकाको स्वरुप निर्धारण समितिमा रमेश रिजाल, राज्यको शासकीय स्वरुप निर्धारण समितिमा शम्भु हजारा दुसाध र नागरिक सम्बन्ध समितिमा मिना पाण्डेको नाम सिफारिस गरेको छ । तराइ मधेश लोकतान्त्रीक पार्टीले संविधान सभाको संम्बैधानीक निकायको संरचना निर्धारण समितिमा गोविन्द चौधरी र व्यबस्थापीका तर्फ विकास समितिमा जितेन्द्र सोनाललाइ चयन गरेको छ । |
|
|
मधेशी जनअधिकार फोरमले संविधान सभातर्फका जनमत संकलन समितिमा
प्रमोदप्रसाद गुप्ता, क्षमता अभिबृद्धि तथा स्रोत परिचालन समितिमा
मृगेन्द्रप्रसाद यादव र महिला समितिमा सन्ध्यादेवी देवको नाम पठाएको छ । यस्तै राप्रपाकी नवोदिता चौधरीले संस्कृतिक तथा सामाजीक ऐक्यबद्धता समिति र मालेकी जनकुमारी चालीसेले जनमत संकलन समितिमा सहमतिका आधारमा उमेदवारी दर्ता गराउनु भएको छ । यसअघि प्रमुख ४ दलको आज विहान बसेको बैठकले सँविधान सभा र व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति चयनका बिषयमा सहमति जुटाएको थियो । सहमति अनुसार माओवादीले ७, काँग्रेस र एमालेले ५/५ र मधेशी जनअधिकार फोरमले ३ र तराइ मधेश लोकतान्त्रीक पार्टीले २ समितिका सभापति पाएका छन् । सहमति संगै नेकपा माले र राप्रपाले पनि एक/एक सभापति पाउने काँग्रेस मुख्य सचेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||