![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
अब लौ चुनाव लाग्यो
काठमाडौंबासीलाई काठमाडौं- १ मा नेकपा माओवादी वाजागाजासहित चुनावी प्रचार क्रममा घरदैलो अभियानमा। Photo: Vivek Baral काठमाडौं, March 6, 2008-एकहप्ता अघिसम्म काठमाडौंका अधिकांस भित्ताहरु चुनावी प्रचारहरुले रंगिएका थिए । तर भित्तामा लेखिएका पार्टीका प्रचार-नाराहरु धमाधम मेटिन थालेका छन् । नेकपा एमाले ले आफूले लेखेका नाराहरु गतहप्तादेखि नै मेट्न थालेको थियो भने नेकपा माओवादी ले फागुन २२ गतेदेखि मेट्न थालेको छ । चुनावी प्रचारस्वरुप भित्ता रंगाउन नपाइने निर्वाचन आचार संहिताको प्रावधान अनुरुप दुई ठूला कम्युनिष्ट पार्टीहरु आफूले रंगाएका भित्ताहरु सफा गर्दैछन्। बुधबार फागुन २२ गते आफ्नो पार्टीले रंगाएका भित्ताहरु मेट्ने अभियानको नेतृत्व गरेका माओवादी नेता दीननाथ शर्मा भन्छन्- 'आचार संहिता लागू नहुँदै चुनावको माहौल सिर्जना गर्न हामीले भित्तेलेखन गरेका थियौं । अहिले आचार संहिता लागू भैसकेकाले हामी भित्तेलेखन मेटेर चुनावी अभियान सुरु गरेका हौं । अब हामी निर्वाचन अभियान लिएर जनताकोबीचमा जान्छौं ।' माओवादी नेता शर्माले भनेजस्तै यतिबेला उपत्यकाभित्रका माओवादी उम्मेदवारहरु आक्रामक प्रचारका साथ चुनावी अभियानमा सामेल भएका छन् । माओवादीमात्र होइन नेपाली कांग्रेस र नेकपा एमाले लगायतका पार्टीहरुको चुनावी अभियानपनि सुरु भैसकेको छ । गत महिना नै उपत्यकाभित्रका १५ वटै निर्वाचन क्षँेत्रमा चुनाव प्रचार कमिटी गठन गरेको माओवादीले घरदैलो अभियान सुरु गरिसकेको छ । अन्य पार्टीहरुपनि धमाधम प्रचार कमिटीहरु गठन गर्दैछन् । एमालेलेपनि चुनाव प्रचार अभियानलाई व्यवस्थित गर्न सबै क्षँेत्रमा प्रचार कमिटी गठन गर्न भ्याइसकेको छ । एमाले यतिबेला आगामी चैत्र १ गते उपत्यकामा हुने बृहत चुनावी सभाको तैयारीमा छ । एमालेका महासचिव माधव नेपालले आइतवार काठमाडौंको उत्तरी गाविस नाङ्लेभारेबाट आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन् । उनी काठमाडौं २ बाट प्रत्यासी छन् । काठमाडौं क्षँेत्र नं १ का उम्मेदवार कांग्रेस उपसभापति प्रकाशमान िसंहपनि चुनावी प्रचार अभियानमा िहंडिसकेका छन् । सँधै कांग्रेसले पराजय ब्यहोर्दै आएको काठमाडौं १ मा यसचोटि जित्ने उद्घोषका साथ नेपाली कांग्रेसले सोमबार त्यस क्षँेत्रमा क्षँेत्रमा हरिबोल भटराईको संयोजकत्वमा १ हजार १ सदस्यीय चुनाव प्रचार कमिटी गठन गरेको छ । उपत्यकाका अन्य निर्वाचन क्षँेत्रमापनि यसैगरी चुनाव प्रचार कमिटी निर्माणमा कांग्रेसले तीब्रता दिएको छ । व्यवस्थित प्रचारमा सबैभन्दा अगाडि नेकपा माओवादी देखिएको छ । उपत्यकाभरि माओवादीका उम्मेदवारहरु वाजागाजासहित चुनावी प्रचार अभियानमा निस्किएका छन् । बाजागाजा सहितको चुनाव प्रचारले काठमाडांैबासीलाई चुनाव नजिकै आइसकेको अनुभूत गराएको छ । काठमाडौं क्षँेत्र १ नं का माओवादी उम्मेदवार प्राध्यापक डा। राममान श्रेष्ठ भन्छन्- 'चुनावी माहौल सिर्जना गर्न हामी बाजागाजा सहित निस्केका हौं । यसले मतदाताहरुलाई चुनाव हुन्छ भन्ने कुरामा विस्वस्त बनाएको छ । उपत्यकाबासीहरु चुनावप्रति उत्साहित पाएका छौं ।' वाजागाजा सहित टोलटोलमा पुगेर मतदाताहरुलाई चुनावप्रति विस्वस्त बनाएपछि र त्यसपछि माओवादी घरदैलो अभियानमा लाग्ने भएको छ । यसअघि माओवादीले गत शनिवार उपत्यकाका सबै निर्वाचन क्षँेत्रमा क्षँेतगत चुनावी सभासमेत गरिसकेको छ । माओवादी अध्यक्षँ प्रचण्ड प्रत्यासी बनेको काठमाडौं १० स्थित कीर्तिपुरमा आयोजित सभामा हजारौंको उपस्थिति देखिएपछि माओवादी उत्साहित देखिन्छ । विगतमा उपत्यकाका अधिकांस क्षँेत्रमा नेकपा एमाले ले जित्दै आएपनि यतिबेला नेकपा माओवादी को उपस्थिति सो पार्टीकालागि निकै चुनौतिपूर्ण हुने देखिएको छ । दुवै पार्टी एकअर्काप्रति संत्रस्त छन् । त्यसैले दुबै पार्टीले चुनावी अभियानलाई अपेक्षुकृत बढि तीब्रता दिएका छन् । उनीहरु दुबैका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ । उता विगतका निर्वाचनमा अपेक्षुकृत सफलता हासिल गर्न नसकेको नेपाली कांग्रेस दुई ठूला कम्युनिष्ट पार्टी्रहरुको यो प्रतिस्पर्धाबाट फाइदा उठाउने योजनामा छ । माओवादी र एमालेबीच चुनावी गठबन्धन हुन नसकेमा एउटाको भोट अर्काले काट्ने र त्यो स्थितिमा आफूले अधिक सिट जित्नसकिने विश्लेषणका साथ नेपाली कांग्रेस सम्पूर्ण शक्तिका साथ चुनावमा होमिएको छ । ठूला पार्टीका सबैजसो शीर्ष नेताहरु काठमाडौंबाटै उठेका छन् । माओवादी अध्यक्षँ प्रचण्ड काठमाडौं १० मा एमाले महासचिव माधव नेपाल काठमाडौं २ मा र कांग्रेस उपसभापति प्रकाशमान िसंह काठमाडांै १ मा पार्टीका तर्फबाट उम्मेदवार छन् । राजतन्त्रलाई निरन्तरता दिनुपर्ने मुद्दासहित राप्रपा नेपालका अध्यक्ष कमल थापालेपनि काठमाडौंलाई नै रोजेका छन् । उनी काठमाडौं ५ मा प्रत्यासी हुने भएका छन् । सो क्षँेत्रमा कांग्रेसका प्रखर गणतन्त्रवादी नेता नरहरि आचार्य र एमालेका तर्फबाट इश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । सबैजसो पार्टीका शीर्ष नेताहरुले काठमाडौंलाई नै रोजेका कारणपनि काठमाडौंमा चुनावी माहौलले उत्कर्षरुप लिन थालेको हो । -Vivek Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®