![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सांसद बन्ने रहर साइकलमा सरर अन्य उम्मेदवारको तुलनामा उनले कति भोट पाउलान् त्यो चुनावपछिको मत गणनाक्रममा थाहा होला । उनको प्रतिस्पर्धा नेकपा माओवादी का शीर्ष नेता रामबहादुर थापामगर 'बादल', एमालेका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, नेपाली कांग्रेसका एकनाथ रानाभाटसँग हुँदैछ । तर चितवनमा मात्र होइन बादल, अधिकारी र रानाभाटको तुलनामा उनले देशव्यापी प्रचार पाएका छन् । Durga Bahadur Chepang. Photo courtesy: Durgabahadur Chepang दुर्गाबहादुर र गिठ्ठा-भ्याकुर ठूला पार्टीका ठूला नेताहरुसँग चुनाव लड्न लागेकालेपनि उनले यतिधेरै चर्चा पाएका होइनन् । वर्षको अधिकांस समय गिठ्ठा-भ्याकुर खाएर जीवन धान्ने उनी र उनको परिवारका कारण उनले चर्चा पाएका हुन् । चितवनको दुर्गम पहाडी इलाका सिद्धिमा जन्मेका उनको घर २०६० मा बाढीले बगाएपछि पूर्वी चितवनको पदमपुर गाविसमा बस्न थालेका हुन् दुर्गाबहादुर । ३८ वर्षीय दुर्गाबहादुरको घर बाँसका भाटाले बनेको छ जहाँ उनकी श्रीमतिसहित तीन छोरा एक बुहारी र एक नातिसहित ११ जनाको परिवार गिठ्ठाभ्याकुरलगायतको कन्दमूल खाएर बाँचका छन् । उनीहरु दात-भात खाँदैनन् किनभने त्यो अवसर उनीहरुकालागि जुर्दै-जुर्दैन । उनी भन्छन्- 'भात त वर्षमा तीन-चार पटकमात्र चाख्न पाइन्छ ।' बर्षदिन भरि अधिकांस उनीहरु जंगलबाट गिठ्ठा भ्याकुर ल्याएर जीविका चलाउँछन् । तरकारी भने सिस्नो हुनेगर्छ उनीहरुको । पदमपुरबाट झण्डै तीन घण्टा टाढा रहेको टाँडी जंगल उनका परिवारले कन्दमूल खोज्ने थलो हो । फागुन ८ गते गिठ्ठाभ्याकुर खाएर चितवनको भरतपुरमा रहेको जिल्ला निर्वाचन क्षेत्रीय कार्यालयमा उम्मेदवारी दर्ता पुगेका थिए । उनी उम्मेदवारी दर्ता गर्न िहंडेपछि उनको परिवार गिठ्ठा भ्याकुर खोज्न जंगल िहंडेको थियो । उनीहरुको गरिवीले उनीहरुलाई यस्तो जीवन बाध्य पारेको छ । खान लगाउन त यस्तो धौ धौ छ भने उनी स्कूल जाने त परको कुरा भयो । त्यसैले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबारेको फरकबारेपनि उनले अहिलेसम्म भेउ पाएका छैनन् । उम्मेदवारी दर्ता र त्यसपछि जब उनी प्रचारकालागि िहंड्न थाले उनलाई स्थानीय पत्रकारहरुले सोधेका थिए- ुतपाईं समानुापातिक तर्फको उम्मेदवार हो कि प्रत्यक्ष तर्फको ु उनले जवाफ दिएका थिए- 'मलाई समानुपातिक र प्रत्यक्ष भन्ने दुवै पार्टी मन पर्दैनन् । मलाई मन पर्ने पार्टी भनेको नेकपा एकिकृत मात्र हो ।' अन्य उम्मेदवार भएको भए उनको यो जवाफ उपहासको विषय हुने थियो । तर गरिव र निरक्षर समुदायका भएकाले दुर्गाबहादुरको उपहास होइन सहानुभूति झन् बढेको छ । त्यसैले उनीप्रति सहानुभूति प्रकट गर्दै संचार माध्यमहरुले पनि उनलाई 'हाइलाइट' गरिरहेका छन् । यति धेरै प्रचार उनी संलग्न पार्टीका नेताहरुलेपनि पाएका छैनन् जवकि रामिसंह श्रीषमगरले नेतृत्व गरेको सो पार्टीमा सीताराम तामाङ्ग, ऋषि कट्टेल, नवराज सुवेदी, परी थापा लगायतका राष्ट्रिय स्तरका नेताहरुपनि छन् । ०५३ देखि एमालेमा संलग्न भै एमालेको गाउँ कमिटीमा रहेका उनी गत असोझमा नेकपा एकिकृतमा प्रवेश गरेका उनका अगाडि सो पार्टीका शीर्ष नेताहरुपनि यतिबेला छायाँमा परेका छन् । साइकलमा सरर निर्वाचन आयोगले हरेक उम्मेदवारले आफ्नो चुनाव प्रचारकालागि एउटा गाडी प्रयोग गर्न पाउने छुट दिएको छ । यसैगरी उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउँछन् । उनका प्रतिद्धन्दीहरुसँग एकसेएक गाडी छन् । एमाले माओवादी कांग्रेसजस्ता ठूला पार्टीका उम्मेदवारले चारलाख होइन चार करोड खर्च गर्न सक्छन् । निर्वाचन आचार संहिताले दिने भए उनीहरुले एउटा होइन एक सय वटा गाडी प्रयोग गर्छन् । तर दुर्गाबहादुर चेपाङ्गकालागि चार लाख होइन एक लाखपनि ठूलो कुरा हो । झन् गाडीमा चढेर प्रचारमा िहंड्ने कुरा त उनले सोचेका पनि छैनन् । चुनाव प्रचारकालागि उनले प्रयोग गर्ने साधन हो उनीसँग रहेको एउटा थोत्रो साइकल, जुन उनले केही वर्षअघि दुखजेलो गरेर किनेका थिए । अनि चुनाव प्रचारकालागि उनले आफन्तसँग १५ हजार ऋण काढेका छन् । संविधान सभाको निर्वाचनमा विजयी बन्न सके चुनाव लड्न खोजिएको ऋण तिर्न सकिन्थ्यो भन्ने उनलाई लागेको छ । चुनाव प्रचारकालागि अर्का अत्यावश्यक सामान हो फोन । तर उनीसँग संचारको कुनै साधनपनि छैन । होओस पनि कसरी जबकि विहान बेलुकाको छाक टार्न उनीहरुले कन्दमूल खोज्नुपर्छ । केही महिना अघि उनले एउटा सिमकार्ड पाएका रहेछन् । तर मोवाइल सेट उनीसँग भएन । उनले किन्नसक्ने स्थितिपनि थिएन । अनि उनले आफूसँग रहेको सिमकार्ड समेत आफ्नो साथीलाई दिए । चुनाव प्रचारकालागि कसैले सम्पर्क गर्न खोजे आफ्नो झुप्रो नजिकै रहेको आफ्ना छिमेकीको घरको फोन नम्बर उनले दिएका छन् । कसैको फोन आएमा उनी पाँच मिनेटमा फोन रिसिभ गर्न पुग्ने उनको भनाई छ । एकमात्र चेपाङ्ग उम्मेदवार पक्कैपनि सजिलो हुँदैैन प्रत्यक्ष चुनाव लड्न । पूँजीवादको यो जमानामा जसले जतिधेरै खर्च गर्न र तामझाम गर्न सक्छ चुनावी परिणाम उसैको पक्षमा जान्छ । चुनावमा पैसाको निकै ठूलो खेल हुन्छ त्यसै भनिएको होइन सायद । त्यसैले गरिव व्यक्तिलाई टिकट दिन हम्मेसी कुनैपनि पार्टीले चाहन्नन् । उम्मेदवार गरिव भयो भने पैसा खर्चन सक्दैन र पार्टीको हार हुन्छ भन्ने अधिकांस पार्टीको धारणा छ । त्यसैले प्रत्यक्ष चुनावको टिकटपनि धनी र हुनेखानेहरुले नै पाउँछन् पाएका छन् । तर दुर्गाबहादुर अपवाद बनेका छन् । नेपालमा चेपाङ्गहरुको जनसंख्या ५० हजारको हाराहारीमा रहेको बताइन्छ । क्षेत्र निर्धारणको क्रममा पिछडिएका जाति अन्तर्गत पर्ने चेपाङ्ग जातिका मानिसहरु पनि चुनिएर आउन् भन्ने सोचका साथ छुट्टै निर्वाचन क्षेत्र निर्माण गर्ने कुरा चर्चामा आएको थियो । तर चेपाङ्ग जनसंख्या चितवन, धादिङ्ग, मकवानपुर, लमजुङ्ग आदि जिल्लामा छरिएर रहेका कारण उनीहरुकालागि छुट्टै निर्वाचन क्षेत्र सम्भव भएन । त्यसैले उनीहरुलाई संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत समावेश गर्ने सोच अधिकांस पार्टीको बन्यो । यसैअनुसार नेकपा एमालेले एकजना, नेकपा माओवादी ले दुई जना, र नेपाली कांग्रेसले एक जना चेपाङ्गलाई समानुपातिक तर्फको बन्दसूचिमा राखेका छन् । ठूला पार्टीहरुले प्रत्यक्ष निर्वाचनमा कोही चेपाङ्गलाई उठाउन चाहेनन् भन्ने यसबाट देखियो । यस हिसावले दुर्गाबहादुर यस्ता चेपाङ्ग हुन् जसले संविधान सभाको चुनावमा प्रत्यक्ष उम्मेदवारी दिने पहिलो चेपाङ्गको हैसियत प्राप्त गरेका छन् त्यो पनि गिठ्ठा र भ्याकुर खाएर । 'निम्नस्तरका जनतालाई पनि राजनीतिमा ल्याउनुपर्छ र अवसरपनि दिनुपर्छ भनेर हामीले उम्मेदवार बनाएका हौ'- नेकपा एकिकृत को केन्द्रीय कार्यालय सचिव कृष्ण रानामगर भन्छन्- 'उहाँलाई संविधान सभाको चुनावमा प्रत्यक्ष रुपले उठाउन पाउँदा र उहाँले पाएको प्रचार देख्दा हामी गौरवान्वित भएका छांै ।' जानकारी अनुसार चितवनमामात्र चेपाङ्गहरुको जनसंख्या करिव ४० हजार छ भने चेपाङ्ग मतदाताहरु करिव २४ हजारको हाराहारीमा छन् । उनले यतिधेरै चर्चा पाएपछि उत्साहित बनेको नेकपा एकिकृतले उनको प्रचारमा केही ध्यान दिन थालेको छ । सीमित जिल्लामा सिमित प्रभाव रहेको नेकपा एकिकृतका तर्फबाट चुनाव लडेका दुर्गाबहादुरले चुनाव जित्लान् नजित्लान् त्यो छुट्टै विषय हो । तर यस्तो साहस गर्ने व्यक्तिलाई सबै पार्टी र पक्ष मिलेर संविधान सभामा मनोनित गर्नु जरुरी छ । किनभने अन्तरिम संविधानमा २६ जनालाई संविधान सभामा मनोनित गर्न सकिने प्रावधान राखिएको छ । २००८ मार्च ८ -बिबेक बराल Vivek Baral, March 9, 2008 |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®