Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

दुबईमा २८४५ औं तामाङ सोनाम ल्होछारको बिबिध झाँकी



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Tamang Sonam Lhosar in Dubai. Photos: Lek

दुबई, 11 Feb, 09- गत जनवरी ३० तारिख शुक्रबारका दिन तामाङ्ग समाज यूएईको आयोजनामा दुबई स्थित अष्टोरिया होटलमा एक भव्य सांस्कृतिक कार्यक्रम सहितको आयोजना गरी २८४५ औं सोनाम ल्होछार मनाईयो ।

तामाङ्ग समाज यूएईका अध्यक्ष छत्र लामाको सभापतित्व तथा यूएईका लागि नेपाली राजदुत अर्जुनबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहका अन्य अतिथिहरुमा नेपाली राजदुतावास यूएईका उपनियोग प्रमुख मोहनकृष्ण श्रैष्ठ, एनआरएन आईसिसिका सदस्य एवं खाडी संयोजक चन्द्रप्रसाद सापकोटा, नेपाली समाज यूएईका अध्यक्ष यमप्रसाद तमु, नेपाली आदिवासी जनजाती महासंघ यूएईका भूतपूर्व कावा पिएस लिम्बु, नेपाली आदिवासी जनजाती महासंघ यूएईका प्रतिनिधि चन्द्रिसं चेम्जोङ्ग, नेपाल एयरलान्स दुबई शाखाका प्रबन्धक श्रीमति प्रतिशरा मानन्धर, तमु समाज यूएईका कावा अध्यक्ष राजु तमु, नेपाली मगर संघ यूएईका अध्यक्ष हरि घर्तिमगर, िकंरात राई यायोख्या यूएईका अध्यक्ष कटक बहादुर राई, ईमिरेट्स नेवा पुचः यूएईका महासचिब आरसि डंगोल, किरांत याक्तुम चुम्लुङ्गका कावा सरोज पहाङ्गो, लुम्बिनि वेलफेएर सोसाईटी यूएईका अध्यक्ष डिएल शर्मा, नेपाल पत्राकार महासंघ यूएई संपर्क शाखा यूएईका अध्यक्ष जाकिर हुसैनका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको सो समारोहको विषेश आकर्षणको रुपमा नेपालका ख्याति प्राप्त गायक रोज मोक्तान एवं अर्की ख्याति प्राप्त गायिका सुश्री तुलसा वाईवा रहनु भएको थियो ।

तामाङ्ग समाज यूएईका केन्द्रिय रबिन थिङ्गको प्रभावकारी उद्घोषण र महासचिव राम मोक्तानको स्वागत भाषण तथा लामा गुरुहरुको मन्त्रोच्चारणबाट सुरु गरिएको सो समारोहलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत अर्जन बहादुर थापाले नेपालकै कला, संस्कृति र प्रतिभाशाली क्षेत्रमा अग्रपंत्तिमा रहेको तामाङ्ग समुदायको कला संस्कृतिलाई प्रवासमा पनि जिवन्त राख्नमा सफल भूमिका निर्वाह गर्दै आएको तामाङ्ग समाज यूएईको प्रसंशा गर्दै देशमा संविधान निमार्णको कार्यअगाडि बढिरहेको हुदा उक्त कार्यको लागि प्रवासी नेपालीहरुको तर्पुबाट सुझाव पेश गर्न यूएई स्थित रहेका संपूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य संपूर्ण तह र तप्काका नेपालीहरुलाई सार्वजनिक रुपमा आव्हान गर्नु भयो ।
 


सो कार्यक्रमका विषेश अतिथि एवं राजदुतावास उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले बहुजाती, बहुभाषा र प्रकृतिक स्रोतसाधनले भरिपूर्ण भएको हाम्रो नेपाल गरीब नरहेको र यूएईमा तामाङ्ग समाजले आयोजना गरेको कार्यक्रमहरुमा दर्शकहरुको व्यापक उपस्थितिलाई हेर्दा यूएईका प्रवासी तामाङ्गहरु बीचको आपसी भातृत्व र अरुसंग पनि समन्वय गर्दै अघि बढ्न सक्ने विषेशता झल्किएको भन्ने विचार व्यक्त गर्नु भयो।

अर्का अतिथि नेपाली समाज यूएईका अध्यक्ष यमप्रसाद तमुले यूएई स्थित सबै नेपालीहरु एकताबद्ध भई नेपाल र नेपालीको उत्थान गर्ने कार्यमा जुट्नु पर्ने विचार राख्नु भयो । कार्यक्रमका अतिथि एबंम एनआरएन मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै यूएईमा नेपालीहरुको समस्यालाई समाधान गर्न सामुहिक प्रयास भए अवश्य सफल भईने र आआपुनो ठांउबाट सबैले योगदान दिनु पर्ने विचार राख्दै सो कार्यको निम्ति आपुनो ढोका संधै खुल्ला रहने जानकारी गराउनु भयो ।

अर्का वक्ता तथा तामाङ्ग समाज यूएईका बरिष्ठ सल्लाहकार उत्तरमान लामाले विदेशी भूमिमा नेपालीहरुको शान र गौरवको वारेमा चर्चा गर्दै तामाङ्ग समुदायहरु अतिनै सोझो सिधा ईमान्दार हुने भएकोले नेपालमा पूर्णरुपमा संघियता लागु भई ताम्सालिङ्ग राज्य प्राप्त भएमा तामाङ्गहरुले उक्त राज्यलाई सांच्चिर्कै स्विजरल्याण्ड बनाएर देखाईदिने छन् भन्नु हुदै नेपालको समग्र विकाशमा तामाङ्गहरुलाई मुलधारमा समाहित गर्न सके मात्रै नेपाललाई स्विजरल्याण्ड बनाउन सकिने विचार व्यक्त गर्नु भयो ।


Singer Tulasha Waiba. Photos: Lek

तामाङ्ग समाज यूएईका अध्यक्ष एवं समारोहका सभापति छत्र लामाले यूएईमा तामाङ्ग समाजको स्थापनाकालदेखि लगातार रुपमा तामाङ्ग समाजले आयोजना गरेको कार्यक्रमहरुलाई सफल पार्न साथ दिनुहुने संपूर्ण तामाङ्ग तथा गैह्र तामाङ्ग प्रवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई धन्यवाद िदंदै विधानत देश लोकतान्त्रिक संघिय गणराज्य घोषणा भएतापनि संधिएताको प्रारुप कस्तो हुने भन्ने विषयमा छलफल एवं बहसहरु चलिरहेको हालको परिस्थितिमा नेपाल स्थित संपूर्ण तामाङ्ग संघ संगठनहरुले माग गर्दै आएको तामसालिङ्ग राज्यको अवधारणालाई प्रवासबाट पनि ऐक्यबद्धता जनाउंदै यूएई स्थित रहेका नेपालीहरुको विविध समस्याहरुको वारेमा चर्चा गरी समाधानको लागि दुतावास र नेपाली संघ संस्थाहरु बीच समन्वय गरी आघाडि बढ्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

उक्त समारोहमा संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङ्ग, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ्ग शेर्पा, नेपाल तामाङ्ग धेदुङ्गका अध्यक्ष धनप्रसाद तामाङ्गबाट प्राप्त शुभकामना सन्देशहरु तमाङ्ग समाज यूएईका अन्तराष्ट्रिय संयोजक लेक योन्जनले वाचन गर्नु भएको थियो । साथै उक्त समारोहमा समाजसेवी चन्द्रप्रसाद सापकोटा, गायक रोज मोक्तान तथा तामाङ्ग समाज यूएईका केन्द्रिय सदस्य पासाङ्ग तामाङ्गलाई उहांरुको सामाजिक कार्यहरुको योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो ।



समारोहका विषेश अतिथिको रुपमा रहेका ख्याति प्राप्त गायक गायिका द्वयले कार्यक्रममा उपस्थित रहेका करिब ८०० दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको देखिन्थ्यो भने दर्शकहरु आपुनो संपूर्ण कार्यलाई बिर्सेंर राती १२ बजे सम्म पनि कलाकारहरुका साथ गीत र संगितको दुनियांमा रमिरहेको देखिन्थ्यो । स्थानीय कलाकारहरुको एकल एवं सामुहिक नृत्यहरुले पनि दर्शकहरुलाई उत्तिकै आकर्षित गरेको देखिन्थ्यो।

सो समारोहमा तनहुं घर भई हाल यूएईको आबुधावीमा कार्यरत दुबै मृगौला काम नलाग्ने भई मृत्यूको सम्मुख जान बाध्य भईरहेको मनोज राउतलाई मृगौला प्रत्यारोपणको निम्ति सहयोगार्थ नेपाली रुपयां करिब रु. १,३०,००० नगद समेत संकलन भएको थियो ।

उक्त तामाङ्ग ल्होछार कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरी प्रायोजन गर्ने कम्पनीहरुमा नेपाल एयरलाएन्स, एयर अरबीय, जेट एयरवेज, आईएमई मनि ट्रान्सफर, यूएई एक्सचेन्ज तथा गुरुङ्ग ट्रान्सफर एलएलसी। रहेका थिए ।

-Lek Tamang in Dubai


 Photos: Lek








 Photos: Lek








 Photos: Lek






 Photos: Lek






 Photos: Lek






 Photos: Lek




 Photos: Lek

Read our related news:


Archive»
Hyolmo Ama Yangri Sonam Lhosar celebration in New York. Photo & Illustration: eEyeCam

न्यू योर्कमा ह्योल्मो समाजले मनाए सोनाम ल्होसार (40 Photos)


Archive»
Yolmo Society of America Sonam Lhosar in New York. Photo: Dale Yolmo & Illustration: eEyeCam
न्यूयोर्कमा अर्को ह्योल्मो सोनम ल्होसार सम्पन्न



Archive» Tamang Sonam Lhosar in New York. Photo: Ang Kami Sherpa & Illustration: eEyeCam

तामाङ सोनाम ल्होसारको न्यू योर्कमा रमझम (34 Photos)


Archive»
Gurung (Tamu) Lhosar in New York. Photo & Illustration: eEyeCam
न्यू योर्कमा तमु (गुरुङ) ल्होसारको रमाइल  (39 Photo)
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®