संयुक्त राष्ट्र संघद्वारा प्रा. सुर्य सुबेदी क्याम्बोडियाकालागि
र्यापोर्टर नियुक्त
काठमाण्डौं, 27 Mar, 09-
संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्ले नेपाली
विद्धान प्रा. सुर्य सुबेदीलाई क्याम्बोडियाकालागि र्यापोर्टरमा नियुक्त
गरेको छ ।
राष्ट्र संघको मानवअधिकार परिषद्मा कुनैपनि नेपालीले यति महत्वपूर्ण
जिम्मेवारी पाएको यो पहिलो पटक हो ।
लण्डनमा प्राध्यापन पेशा गर्दै आएका प्रा. सुर्य सुबेदीले यो जिम्मेवारी
पाएका हन् । लमजुङ्ग खुदीका सुवेदीलाई क्याम्बोडियाकोलागि मानवअधिकार
र्यापोर्टरका रुपमा नियुक्त गर्न प्रस्ताव पेश गर्दा उनको नाम सर्वसम्मतिले
पास भएको जानकारी नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको
कार्यालय नेपालले जानकारी दिएको छ ।