|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राज्य पुनस्रंरचना आयोगको प्रमुखमा डा. गणेशमान गुरुङ नियुक्त काठमाण्डौं, 20 Mar, 09- सत्तारुढ माओवादी र एमालेबीच थुप्रै विषयमा विवाद भएपनि नयाँ नेपाल निर्माणकालागि बनाउन लागिएको एउटा प्रमुख निकायको प्रमुख चयनकालागि भने दुबै पार्टीले सर्वसम्मत रुपले सहमति जनाएका छन् । दर्जनौं विषयमा विवादका बाबजुद राज्य पुनस्रंरचना आयोगको प्रमुख बनाएर पठाउने नामका विषयमा दुबै दलबीच कुनै विवाद विना सहमति जुटेको हो । अन्य विषयमापनि यसैगरी सहमति जुटे कति राम्रो हुँदो हो ? श्रोतका अनुसार सरकारद्वारा गठन गरिने राज्य पुनस्रंरचना आयोगमा दुबै दलले डा. गणेशमान गुरुङलाई प्रमुख बनाउने सर्वसम्मत निर्णय गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा आयोजित माओवादी-एमालेको संयुक्त बैठकमा एमालेले डा. गुरुङ्गको नाम आयोगको अध्यक्षका रुपमा प्रस्तुत गरेकेा थियो । एमालेले प्रस्तुत गरेको नाममा माओवादीको तर्फबाट भाग लिएका कानुनमन्त्री देव गुरुङले तत्काल सहमति जनाएका थिए । 'उहाँ यो जिम्मेवारीकालागि योग्य मानिस हो' माओवादी नेता तथा मन्त्री गुरुङ्गले भने- 'यसमा हाम्रोपनि सहमति हुन्छ, आयोग अध्यक्षको जिम्मेवारी उहाँलाई नै दिऊँ ।' बैठकमा तत्काल डा. गुरुङ्गको नाममा सहमति जुटेपछि नेताहरुले ठट्टापनि गरेका थिए । अर्का माओवादी नेता टोपबहादुर रायमाझिले चाहिँ ठट्यौली पारामा भनिहाले- 'देबजीले तत्काल समर्थन गर्नुभएको गणेशमानजी गुरुङ भएर हो कि क्या हो ?' जनजाति आन्दोलनका एक अग्रणी डा. गुरुङ्ग गणेशमान लोकसेवा आयोगका पूर्वसदस्यसमेत हुन् । स्याङ्जा घर भएका गुरुङ हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको प्राध्यापन गर्दैछन् । सरकारले निकट भविष्यमै डा. गुरुङ्गलाई अध्यक्ष बनाएर राज्य पुनस्रंरचना आयोग गठन गर्नेछ । उता संविधान सभामापनि राज्य पुनस्रंरचनासम्बन्धी बेग्लै समिति रहेको छ । आयोग राजनीतिक प्रकृतिको हुने र त्यसमा यस सम्बन्धी विशेषज्ञहरुसमेत राखी बनाइने बताइएको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||