अस्वस्थ अर्थमन्त्री भट्टराई शल्यकृया पछि आराम
गर्दै
Dr. Baburam Bhattarai. Photos: Santa
काठमाण्डौ, January 21, 2009- अर्थमन्त्री तथा एकिकृत माओवादी वरिष्ठ नेता
डा. बाबुराम भट्टराई अस्वस्थताका कारण पार्टी सचिवालय पोलिट ब्यूरो तथा
केन्द्रिय समितिको वैठकमा उपस्थित हुन सकेनन् । डा. भट्टराईको नियमित
स्वास्थ्य परिक्षणको क्रममा फोक्सोमा समस्या देखिएपछि माघ ७ गते काठमाडौं
महाराजगंजस्थित टिचिङ्ग अस्पतालमा भर्ना भएका थिए । विहान ८ बजे भर्ना भएका
भट्टराईको फोक्सोको शल्यकि्रया गरिएको छ । सफल शल्यकृया पछि पनि उनलाई
डाक्टरहरुले आराम गर्न सल्लाह दिएका छन् ।
डा. भट्टराई अवस्थताको कारणले उपस्थित हुन नसकेपछि एकिकृत माओवादीको वैठकको
केही निर्णय नै पछि सार्नु परेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी
दिएका छन् । एकिकृत माओवादीको वैठकमा डा. भट्टराईलाई उपप्रधानमन्त्री
बनाउने विषयमा छलफल भएपनि उनको अनुपस्थितिमा कुनै निर्णय भने हुन सकेन ।
हेकक्वाटर गठनको विषयमा पनि डा. भट्टराई नभएपछि निर्णय नभएको माओवादी उच्च
स्रोतको दाबी छ ।
-Santa Bagam in Kathmandu
Dr. Baburam Bhattarai with wife Dr.
Hishila Yemi. Photos: Santa