Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Boston

अमेरिकाको हार्वार्ड युनिभर्सिटी पुगेर अर्थमन्त्री डा. भट्टराईले दिए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
महत्वकाक्षीं बजेट भन्नेहरुलाई राजतन्त्र फाल्ने पनि महत्वकाक्षां नै भएको जवाफ


Finance Minister Dr. Baburam Bhattarai at the Harvard University program in Boston. Photos: Bijay Tamang

बोष्टन, October 15, 2008-अमेरिकि शहर बोष्टनस्तिथ नेपालीहरु र हार्वर्ड साउथ एशियन जर्नलको आयोजनामा डाकिएको “Penury to Prosperity: A talk on Nepal's Economic Future” नामक अन्तरकृया कार्यक्रममा नेपालका अर्थमन्त्री तथा माओवादी वरिष्‍ठ नेता डा. बाबुराम भट्टराई सहभागि हुनुभयो ।

आफ्ना अनगिन्ती कार्यक्रमहरुका बाबजुद्धपनि बोष्टनको कार्यक्रमलाई महत्वपूर्ण ठानी आफू आएको कुरा डा. भट्टराईले बताउनुभयो । उक्त कार्यक्रम जर्नलको आयोजनामा हार्वर्ड विश्वविद्यालयको साई अडिटोरियम हलमा सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले अहिले राजनैतिक उपलब्धी प्राप्त भएको र त्यस उपलब्धीलाई जगेर्ना गर्न आर्थिक विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अहिलेको बजेट महत्वकाक्षीं भयो भन्ने सम्बन्धमा बिना महत्वकाक्षां कुनै उपलब्धी हासिल नहुनेभएकोले महत्वकाक्षीं बजेट आफूले बनाएको बताउंदै राजतन्त्र फाल्ने पनि हिजो महत्वकाक्षां नै भएको प्रसङ्ग कोट्याउनुभयो ।

दोहोरो नागरिकता प्रदान गर्ने सवालमा आफू र आफ्नो पार्टी सिद्धान्तत: सकारात्मक भएको र व्यवहारत: लागू गर्न केही समय लाग्ने विचार व्यक्त गर्नुभयो । विकास निर्माण लगायत लगानीको उचित वातावरण बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा एउटा संयन्त्र बनाउने र त्यही संयन्त्र मार्फत सबै प्रकारका विकास निर्माण लगायतका कामहरु सहज रुपमा सन्‍चालन हुने कुरा दोहोरयाउनुभो ।
 
बढ्दो जनशक्ति र श्रमशक्ति विदेश पलायनलाई रोक्न आफूले बजेटमा स्वरोजगारको व्यवस्था गरेको र विकास निर्माण तथा औद्योगिक विकास भएमा यो क्रम आफसेआफ् रोकिने विचार व्यक्त गर्दै विचार फरक भएपनि हामी सबै नेपाली भएकोले नयां नेपाल निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो।


Dr. Martha L. Gray at the event.

उक्त कार्यक्रममा सरिक हुनुपूर्व डा. भट्टराई Harvard-MIT Health Sciences & Technology नामक संस्थाको आयोजनामा MIT मा सन्‍चालित सानो तर महत्वपूर्ण कार्यक्रममा सरिक हुनुभएको थियो । संस्थाको तर्फबाट मार्था ग्रेले मन्त्री डा. भट्टराईलाई संस्थाको उद्धेश्य र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो भने डा. सुदिप श्रेष्ठले नेपालमा स्वास्थ्य, विज्ञान र प्रविधिको प्रवद्र्धन गर्नको लागि Harvard-MIT Division of Health Science and Technology (HST) ले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने सम्बन्धमा आफ्नो छोटो भनाई राख्नुभएको थियो ।


Nischal M. Singh Basnyat, Editor-in-Chief for Harvard South Asian Journal.

हार्वर्ड साउथ एशियन जर्नलका प्रमुख सम्पादकद्धय निश्चल मानसिंह बस्न्यातले उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभयो । सम्पादक बस्न्यातले स्वागत मन्तव्य दिदै डा. भट्टराईको शैक्षिक सफलताको बर्णन गर्दै उहाँको जानकारी गराउनुभयो र माओवादीले विद्रोह गर्नुपर्नाको कारणसमेत खुलाउनुभयो ।


Participants and the guests at the event. Photos: Bijaya Tamang

हार्वर्ड विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएका एशोसियट प्राध्यापक डा. शिवप्रसाद गौतमले अहिलेको सरकारको नीति तथा योजना र बजेटबारे आफ्नो छोटो भनाई राख्नुभयो भने हार्वर्ड विश्वविद्यालयमा एशोसियट रिशर्चरको रुपमा कार्यरत उत्तमवावु श्रेष्ठले कार्यक्रमलाई मोडरेट गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा डा. सुदिप श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

विश्व बैक र अन्तरराष्ट्रिय मुद्रा कोशको बैठकमा भाग लिन अमेरिका आउनु भएका अर्थ मन्त्री डा. भट्टराईले यस अघी अक्‍टोबर १० मा दक्षिण एसिया मामिला हेर्ने अमेरिकि सहायक विदेश सचिब रिचार्ड वाउचरसँग भेट गर्नुभएको थियो भने अक्‍टोबर १२ मा वासिङ्गटन डिसीमा नेपाली राजदुताबास र अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको अन्तरकृया कार्यक्रममा भाग गर्नुभएको थियो ।

-Bijay Tamang in Boston
 
Read our related news:

» अब अर्थ मन्त्री डा. भट्टराईको पालो अमेरिका रिझाउन
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®