Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
डा. भट्टराईलाई 'भीम मल्ल' बनाउने षणयन्‍त्रको निन्दा

काठमाडौं,  August 7, 2008- नेपाललाई 'सतिले सरापेको देश' को रुपमापनि चिनिन्छ । मल्लकालमा देशकै हितकालागि काम गर्दा राजा प्रताप मल्लको पालामा भीम मल्लले मृत्युदण्डको सजाय पाउनु परेको थियो । मल्ल बंशमात्र होइन शाह राजबंशको अन्त्य भएर गणतन्त्र आइसक्दापनि असल र देशको हित सोच्नेहरुलाई 'भीम मल्ल' बनाउने क्रम अझै रोकिएको छैन । पछिल्लो शिकार माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई भएका छन् ।

राष्ट्रपति निर्वाचनमा माधव नेपालको नाममा माओवादीले सहमति नजनाएपछि एमालेको नेतृत्वपंक्ति तथा सो पार्टीनिटक पत्रपत्रिकाहरुले डा. भट्टराईमाथि भारतीय गुप्तचर संस्था 'र' को एजेन्ट भएको र डा. भट्टराईमार्फत् माओवादी-एमाले सहमति तोडेको प्रचार गर्दै आएका छन् । एमालेका नेता इश्वर पोखरेल र राष्ट्रपतिमा अस्वीकृत निवर्तमान महासचिव माधव नेपालद्धारा यस्तो प्रचार अभियान छेडिएको बुझिएको छ ।

संविधान सभा निर्वाचनमा दुई क्षेत्रबाट पराजित एमालेका निवर्तमान महासचिव माधव नेपाल राष्ट्रपति बन्न नसकेपछि एमाले निकट साप्ताहिक पत्रिकाहरु छलफल, आइतबार, दृष्टि,, मंगलबार, बुधबार र सम्बोधन साप्ताहिकहरुले योजनाबद्धरुपमा उनी 'र' को ऐजेन्ट भएको समाचार छापेका छन् । कसैलाई बदनाम गर्नुपर्यो भने एमाले प्रचार संयन्त्रले यसरी नै समाचार छाप्ने गरेको छ।

नियोजित रुपमा यस्तो समाचार आउन थालेपछि माओवादी नेता डा. भट्टराईले आफू विरुद्धका प्रचारहरुको कडा प्रतिबाद गरेका छन् । 'आफ्नो तीन दशक लामो राजनीतिक जीवनमा मैले हमेशा आदर्श मूल्यमान्यता र वैचारिक प्रतिवद्धताको राजनीति गर्दै आएको छु' डा. भट्टराईको भनाई छ- 'राष्ट्रियता र गणतन्त्रलाई केन्द्रविन्दूमा राखेर श्रमजीवी जनताको हकहितनिम्ति लड्ने मेरो राजनीतिको अर्जुनदृष्टि रहँदै आएको छ ।'

देशमा कम्युनिष्ट क्रान्तिकारीहरुको एउटै केन्द्र वनोस् र देशभक्त गणतन्त्रवादी र वामपन्थीहरुको वृहद् संयुक्त मोर्चा वनाएर समग्र आर्थिक-सामाजिक अग्रगमन सुनिश्चित वनोस् भन्ने आफ्नो जीवनको अभीष्ट रहेको बताउँदै डा. भट्टराईले भनेका छन्- 'एउटी वेश्याले पतिव्रताको स्वाङ रचे झैं विदेशी शक्तिकेन्द्रहरुको आर्शिवाद थापेर कुर्चीमा वस्ने सपना देख्नेहरु र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नु सट्टा आफ्नो छुट्टै समूहको नेता वन्न मरिहत्ते गर्नेहरुले अहिले मलाई कुनै विदेशी शक्तिकेन्द्रको नजिक देखाउन र वामपन्थी एकता विरोधी सावित गर्न गरेका विडम्वनापूर्ण र हास्यास्पद हर्कतहरुको म विशेष निन्दा गर्न चाहन्छु ।'

उनले वैचारिक प्रतिस्पर्धा गर्न नसकेर आफ्नो चरित्र हत्या गर्न तथ्यहीन र मनगढन्ते आरोप लगाइएको बताउँदै आफू विरुद्धका आरोपहरुको पुष्टी गर्न चुनौतिसमेत दिएका छन्।

-Vivek Baral in Kathmandu

   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®