Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

डोल्मा बचिन् मृत्युदण्डको सजायबाट, आजिवन कारावास



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Dolma Lama. Photo collection: Sitaram

काठमाण्डौं, December 24, 2008- कुवेती न्यायालयद्धारा मृत्युदण्डको सजाय सुनाइएकी नेपाली महिला डोल्मा लामा मृत्युदण्डको सजायबाट मुक्त भएकी छन् । बैदेशिक रोजगारीकालागि खाडी मुलुक कुवेत पुगेकी यी नेपाली चेलीमाथि एक फिलिपिनो महिलाको हत्या गरेको अभियोग लागेको थियो ।

धन्य उनले मृत्युदण्डको सजाय भोग्नु नपर्ने भएको छ । कुवेती अदालतले उनको मृत्युदण्डको सजाय खारेज गर्दै त्यसलाई आजिवन कारावासको सजायमा परिवर्तन गरेको छ ।

गुम्बा- ८ सिन्धुपाल्चोक घर भएकी डोल्मा बैदेशिक रोजगारीमा जान नेपालीकालागि प्रतिबन्धित कुवेतमा मोहम्मद अब्राहिम मोहम्मदको घरमा सन् २००५ नोबेम्बर १० देखि काम गर्न थालेकी थिइन् । उनले काम सुरु गरेको एक महिना नबित्दै सोही घरकी अर्की फिलिपिनो महिला कामदारको हत्या भएको थियो । हत्यामा डोल्माको हात रहेको बताउँदै गिरफ्तार गरेर मुद्धा चलाइयो ।
 
उनलाई गत बर्ष कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । एक नावालग छोरा र श्रीमानलाई छाडेर बैदेशिक रोजगारीमा कुवेत गएकी डोल्माले मृत्युदण्डको सजाय पाएको समाचार सार्वजनिक भएपछि संसार भरका नेपाली र नेपाल सरकार उनको जीवन रक्षाकालागि जुटेका थिए । यसकालागि नेपाल सरकारले ५ लाख रुपैयाँ र बाँकी रकम गैरआवासिय नेपालीहरुले संकलन गरेकाथिए ।

हत्या गरिएकी फिलिपिनो महिलाको परिवारले उनलाई क्षमादान दिएमा मृत्युदण्ड पाउनबाट रोकिने स्थिति देखिएपछि सोका लागि रकम संकलन सुरु भएको थियो । जानकारी अनुसार पीडित परिवारले क्षमादानकालागि १० हजार अमेरिकी डलर मागेका थिए । 'ब्लड मनी' स्वरुप दिइने सो रकम डोल्माको तर्फबाट मुद्धा लड्ने वकिललाई दिइने पारिश्रमिक गरी डोल्माको जीवन बचाउन ३० लाख नेपाली रुपैयाँ आवस्यक थियो ।

डोल्माको तर्फबाट वकिल तारिफ अल खर्जले पैरवी गरेका थिए । कुवेतमा नेपाली दूतावास नभएकाले यससम्बन्धी सम्पूर्ण कार्य साउदी अरवस्थित नेपाली दूतावासले गर्दै आएको थियो । वकिल खर्जले डोल्मामाथिको मृत्युदण्डको सजाय आजिवन कारावासमा बदलिएको जानकारी साउदी अरवस्थित दूतावासलाई गराएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

जानकारी अनुसार उनको सजाय आजिवन कारावासको सजायमा बदलिएपनि उनी केही बर्ष जेल बसेपछि मुक्त हुनेछिन् ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®