Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
दोहा कतारका नेपालीहरुद्वारा नेपालमा आर्थिक सहयोग

पोखरा, December 13, 2008-सहारा एकेडेमीको भौतिक पुर्वाधार निर्माण गर्न दोहाकतारमा बसोबास गर्दै आएका नेपालीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । दोहा कतारमा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुबाट संकलित ४ लाख २१ हजार ८ सय ६९ रुपियाँ शनिबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।

रकम संकलन संयोजक विरभद्र आचार्यले संकलित रकम क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गर्नुभएको थियो । क्लबका पुर्व कोषाध्यक्ष समेत रहुनभएका आचार्यले कतार नेभिगेशन आई एलटि कम्पनी, रिभोली ग्रुप, दोहा एक्सप्रेस, एजिलििट कम्पनी, जि डब्लु सि कम्पनी, अलवार्दी ट्रान्सपोर्ट, कार्वा कम्पनी, स्मार्ट लोजिस्ट्रिक र अलखोर लगायतका कम्पनीमा कार्यरत नेपालीहरुबाट उक्त रकम संकलन गरिएको जानकारी दिनुभयो ।

आर्थिक संकलन कर्ता नेत्रबहादुर लिम्बुले अनाथ बाल खेलाडीहरुको उज्जवल भविष्यको लागि दोहा कतारमा रहेका नेपालीबाट आर्थिक सहयोग भविष्यमा पनि गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभयो । 'जहाँ गएपनि हामी नेपाली' भन्ने बिर्सन नहुने बताउँदै उहाँले अनाथ बालकहरुका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । क्लबले सहारा एकेडेमीको लागि तीनवर्ष अघि पोखरा उपमहागरपालिका १७ रातोपैरोस्थित २६ रोपनी जग्गा खरीद गरेको थियो । खरीद गरेको जग्गामा क्लबले भौतिक पुर्वाधार
सम्पन्न एकेडेमी निर्माण गर्ने लक्ष्य लिएको छ । क्लबको लक्ष्यलाई विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग जुटाउँदै आाएका छन् ।

क्लबले खरीद गरेको जग्गामा फुटबल मैदान बनाउन जमिन सम्याई सकेकेा छ । क्लबका अनुसार झण्डै तीन लाख रुपियाँ जमिन सम्याउन खर्च भइसकेको छ । सहारा युके फुटबल क्लबले समेत एकेडेमीको भौतिक पुर्वाधारको लागि आर्थिक सहयोग गर्दै आएको छ ।

रकम हस्तान्तरण समारोहमा क्लबका अध्यक्ष विक्रम थकालीले विदेशमा बस्ने नेपालीहरुबाट आर्थिक सहयोग भौतिक पुर्वाधार तयार पार्न खर्च गरिने जानकारी दिनुभयो । क्लबले वर्षेनी आयोजना गर्ने आहा गोल्ड कपबाट संकलित रकम एकेडेमीको लागि खर्च गर्दै आएको छ ।

-Rajbahadur Gurung in Pokhara





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®