Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'माओवादीलाई 'वाइपास' गरेर जान खोजे मुलुक संकटको भूमरीमा पर्नेछ'

काठमाडौं,  August 8, 2008-नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य 'किरण'ले राष्ट्रिय सहमतिको सरकार बन्नसक्ने अवस्था नभएको खुलाशा गरेका छन् ।

यो स्थितिमा आफ्नो दल प्रतिपक्षमा बसेर शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सकृय हुने उनको कथन छ । कांग्रेस र विदेशी शक्ति केन्द्रहरुको षड्यन्त्रका कारण माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त भएको बताएका बरिष्ठ माओवादी नेता बैद्यले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं सरकारको नेतृत्व गर्न अगाडि बढेको खुलासा समेत गरेका छन् ।

माओवादीलाई 'वाइपास' गरेर जान खोजे मुलुक संकटमा फस्ने भन्दै नेपाली कांग्रेसले देशलाई दुर्घटनामा पुर्याउन लागेको आरोप लगाउँदै माओवादी नेता किरणले संविधान सभामा सबैभन्दा ठूलो दल भएकाले माओवादी अरु दलको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने खुलाशापनि गरेका छन् । उनको थप कथन छ- 'केही गरी गिरिजाप्रसाद कोइराला घर घर पुगेर मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर प्रधानमन्त्री बनिहाले भनेपनि उनले मुलुक हाँक्न भने सक्ने छैनन् ।'

माओवादी नेतृत्वमा सरकार बनाउन सहमति भए माओवादी अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर छाड्ने विषय ठूलो नभएको बताउँदै नेता किरणले आफ्नो दल सहमतिको सरकार बनाउन राष्ट्रपतिले गरेको आव्हानको समय सीमा लम्ब्याउन आग्रह गर्ने पक्षमा नभएकोपनि बताएका छन् । विहीबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भने- 'राष्ट्रपतिबाट सरकार बनाउनका लागि आव्हान गरेको १० दिनको समय सीमानै बढी भइसकेको छ ।'

संविधान सभाको सबैभन्दा ठूलो दल भएतापनि नेकपा माओवादी को सरकार बन्न नदिने फोहोरी खेल भइसकेको भन्दै नेता किरणले यस्तो फोरहोरी खेलमा माओवादी नफस्नेपनि उनले बताएका छन् । दिल्ली र वासिंगटनको आशिर्वाद थापेर प्रधानमन्त्री बन्ने खेल रहेको भन्दै नेपाली जनताले विदेशी दलालहरुको पर्दाफास गर्ने उनको ठोकुवा छ ।

सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले माओवादीलाई सरकारका नेतृत्व गर्न दिने सहमति नभएको बताउँदै सरकारको नेतृत्व, शक्ति बांडफाँड, साझा नीति तथा कार्यक्रमबारे प्याकेजमै सहमति खोजिने बताएका थिए । माओवादीले नेपाली कांग्रेसलाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने कुरामा रिजालले जोड दिएका थिए ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सर्वेन्द्रनाथ शुक्लाले सबैभन्दा ठूलो दलको हैसियतले माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने कुरामा आफ्नो पार्टी अडिग रहेको बताए । प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार निर्माण गर्नुपर्ने सुझाव दिएका शुक्लाले ठूला दल मिलेर सरकार नबनाए राष्ट्रिय संकट आउने बताए ।
  नेकपा माले का महासचिव सीपी मैनालीले माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउँदै कांग्रेसले राष्ट्रपति, एमालेले सभामुख पाइसकेको अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीलाई सरकार गठनका लागि सहयोग प्रदान गर्नुपर्ने कुरामा जोड दिए । उनले चेतावनीको भाषामा भने- 'माओवादीलाई 'वाइपास' गरेर जान खोजे मुलुक संकटको भूमरीमा पर्नेछ ।' नेपाली कांग्रेसले सत्ताका लागि माओवादीलाई छिर्के लाउन खोजेको बताउँदै यस्ता कृयाकलापले दुर्घटना ल्याउने चेतावनीपनि उनले दिए ।
  -Vivek Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®