|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
स्व. युवराज दीपेन्द्रका अंगरक्षक बेलायततिर काठमाण्डौं, 27 Mar, 09-
दरवार हत्याकाण्डमा आफ्नै पिता एबं तत्कालिन राजा बीरेन्द्रलगायत
परिवारका सदस्यहरुमाथि गोली चलाएको आरोप लागेका तत्कालिन युवराज स्व.
दीपेन्द्रका अंगरक्षक सेनानी राजु कार्की परिवारसहित गुप्त रुपले विदेशरित
लागेको समाचार प्राप्त भएको छ ।उनलाई युवराज दीपेन्द्र र उनकी प्रेमिका देवयानी राणाबीचको प्रेम सम्बन्धबारे निकै जानकारी थियो । श्रोतका अनुसार गत साल काठमाडौंमा रहेको आफ्नो सम्पूर्ण जायजेथा बेचविखन गरी परिवारसहित बेलायततर्फ लागेका थिए । उनले आफ्ना निकटका कतिपय साथीहरुलाईसमेत कुनै जानकारी नदिई बेलायततर्फ लागेका थिए । गणतन्त्रको घोषणा हुनुअगाडि नै उनले नेपाल छाडेको बताइएको छ । नेपालमा भविष्यमा आइपर्ने झण्झटलाई ख्याल गर्दै उनी बेलायत भासिएको श्रोतको दावी छ । दरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रले आफ्नै परिवारमाथि गोली चलाउनुको कारणबारे उनलाई जानकारी रहेको बताइन्छ । दरवार हत्याकाण्ड जुन दिन हुँदै थियो त्यसको भोलिपल्ट उनी अमेरिका तर्फ जाँदै थिए । एकवर्षे सैनिक तालिमकालागि अमेरिका जान उनले युवराज दीपेन्द्रसँग अघिल्लै दिन बिदा लिएका थिए । दरवार हत्याकाण्डको दिन युवराज दीपेन्द्रले आफ्नी प्रेमिका देवयानीलाई अन्तिम पटक फोन गरेपछि आत्तिएकी देवयानीले दरवारमा अनिष्ट हुन लागेको जानकारी फोनमा गराउँदै राजुलाई तुरुन्त दरबारमा जान भनेकी थिइन् । त्यसैले दीपेन्द्र-देवयानीबीचको त्यो अन्तिम कुराकानीबारे उनलाई जानकारी थियो । र त्यसबारे कुरा राजुबाट खुल्न सक्थ्यो । देवयानीले दरवारमा जान अनुरोध गरेपछि राजु तत्कालै दरवारमा पुगेका थिए । उनले देवयानीको अनुरोध अनुसार आफु दरबार पुग्दा निकै ढिलो भइसकेको कुरा दरबार हत्याकाण्डसम्बन्धी छानबिनका लागि गठन गरिएको उच्चस्तरीय समितिलाई दिइएको बयानमा उल्लेख गरेका थिए । दरवार हत्याकाण्डपछि भने उनलाई अमेरिका जानबाट रोक लगाइएको थियो । फोटो- बेलायत भासिएका स्व. दीपेन्द्रका अंगरक्षक मेजर राजु कार्की -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||