|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
तराईका सशस्त्र समूहहरुसँग वार्ता मंसिरको दोस्रो साता |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, November
17, 2008-
तराईका सशस्त्र समूहहरुसँग वार्ता गर्न गठित टोलीका
सदस्य तथा स्थानीय विकासमन्त्री रामचन्द्र झाले मंसिरको दोस्रो साताबाट एक
दर्जन सशस्त्र समूहहरुसंग जनकपुरमा औपचारिक वार्ता हुने बताएका छन् । अनौपचारिक छलफलहरु गरेर धमाधम वार्ताको मिति तोक्ने तैयारीमा रहेको खुलाशापनि मन्त्री झाले गरेका छन् । 'वार्ता कुन कुन समूहसँग हुँदैछ ?' भन्ने कुरा भने उनले बताउन चाहनेन् बरु वार्ता हुनलागेका समूहको नाम तत्काल खुलाउँदा वार्ताविरोधीहरुले षड्यन्त्र गर्न सक्ने खतरा उनले औंल्याए । अघिल्लो हप्ता आफू भारतको दरभंगा र मधुवनीमा पुग्दा सशस्त्र समूहसंग अनौपचारिक कुराकानी गरेको उनको दावी छ । सशस्त्र समूहहरुलाई सबै मुद्दाबारे वार्ताको टेबुलमै छलफल गर्ने स्पष्ट पारिसकेको जानकारीपनि मन्त्री झाले दिएका छन् । मन्त्री झाले मुलुकको बिखण्डनको रटान गरिरहनेहरुसँग वार्ताको औचित्य नरहेकोपनि बताएका छन् । संविधानसभा निर्वाचनले मुलुक बिखण्डन गर्ने 'म्याण्डेट' नदिएको बताउँदै त्यस्ता मुद्दाबारे सरकारले छलफल नै नगर्ने अडान उनले राखे । 'देश टुक्राउने मुद्दा किन उठाउनुपर्यो भनेर सोधिनेछ र कारणबारे छलफल गरिनेछ' मन्त्री झाले भने- 'तर देश टुक्राउन चाहनेहरुसँग वार्ता गर्न सकिदैन ।' जनतान्त्रिक तराई मुक्ति मोर्चाको जयकृष्ण गोइत समूहले देश टुक्राउने रटान गरिरहेकाले सो समूहसँग वार्ताको औचित्य नरहेको बताएका उनले ज्वाला िसंहले देश टुक्राउने अडानमा लचकता देखाएकाले उनीसंग वार्ता हुने बताएका छन् । सशस्त्र समूहलाई वार्तामा आउनुअघिको सुरक्षादेखि वार्ता सफल या असफल दुवै हुदा गन्तव्यसम्म सुरक्षित तरवले पुर्याउने ग्यारेन्टी सरकारले लिनेपनि उनको कथन छ । 'सशस्त्र समूहहरुसंग वार्ताकालागि भारतको सहयोग आवश्यक पर्छ?' भन्ने प्रश्नमा उनले त्यस्तो अवस्था नरहेको बताए । नेपालीहरु आफ्नो समस्याको समाधान आफै गर्न सक्षम रहेकाले विदेशी मुलुक या संघसंस्थाको सहयोग आवश्यक नरहेको बताउँदै मन्त्री झाले सशस्त्र समूहले प्रधानमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन गर्न माग गरिहेकोबारे सोधिएको प्रश्नमा 'आवश्यक परे प्रधानमन्त्री आफैले कुरा उठाउने' बताउँदै अहिले त्यो सम्भावना नरहेको बताए । स्थानीय निकायका पदाधिकारी पुर्नवहालीका लागि सरकारले गृहकार्य गरिरहेको बताउँदै झाले दलहरुबीच सहमति बनाएर स्थानीय निकायमा पदाधिकारी पुर्नवहाली गरिने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसलाई पनि स्थानीय निकायमा समावेश गर्नु अनिवार्य भएको बताउँदै उनले भने- 'लोकतान्त्रिक विकासका पक्षधर र जनताको म्याण्डेट पाएको दलहरुबाट स्थानीय निकायमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यताका साथ काम भइरहेछ नेपाली कांग्रेस पनि स्थानीय निकायमा रहनेछ ।' मन्त्री झामाथि भारतीय नागरिकको आरोप लागिरहेकोबारे प्रश्न सोधिदा आफ्नो चरित्रहत्या गर्न खोज्ने षड्यन्त्रकारी र दिमाग खुस्किएकाहरुले अभियान चलाएको आरोप लगाए । माओवादी नेता मातृका यादवको नामै किटेर झाले भने- 'एक मधेश एक प्रदेशलाई मैंले अवैज्ञानिक भनेपछि मातृका यादव जस्ता दिमाग खुस्किएकाहरु मेरो चरित्रहत्या गर्न लागिपरेका छन् ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||