Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
वेलायती धनकुटेली लौ जुटे



Kent, UK, August 3, 2008- गत २ अगष्ट शनिवारको दिन वेलायतमा रहेका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला फक्स्टोन, केन्टमा भब्यताका साथ सम्पन्न भयो।

नेपालको राष्ट्रिय गाना गाएर शुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। वेलायतमा आई कुशल ब्यवसायीको रुपमा स्थापित धनबहादुर लिम्बूलाई कुशल ब्यवसायी २००८ को रुपमा सम्मान पत्र प्रदान गरियो भने उच्च तहको ड्राइभिङ शिक्षा सेवा प्रदान गर्दे आएका ओम लिम्बू र विगत ८ बर्षदेखि वेलायतमा रहदै आएका डा. सम्पूर्णानन्द ढुङ्गानालाई सम्मान पत्र प्रदान गरियो।

वेलायत भ्रमणमा आएका साहित्यकार धनहाँङ सुब्बालाई पनि स्वागत पत्र प्रदान गरिएको थियो। सम्मान पछि धन लिम्बूले आभार ब्यक्त गर्दै जिल्लाको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। जीवनमा पहिलो पटक जिल्लावासीहरुले खादा ओडाइ सम्मान गरेकोमा आफूलाई आफ्नो जन्मजिल्ला प्रति थप कर्तब्य बोध भएको कुरा सम्मानित डा. दुङ्गनाले बताउनु भयो।

जिल्लावासी परिचयात्मक कार्यक्रमलाई रणबहादुर मगर, साहित्यकार धनहाँङ लिम्बू, पूर्व क्याप्टेन हरि लिम्बू, जय तामाङ, विन्दमान राई, पूर्व क्याप्टेन विनेन्द्र लिम्बू, यानबहादुर गुरुङ, पूर्व क्याप्टेन अमर रानाले सम्बोधन गर्नुभएको थियो। बक्ताहरुले जिल्लावासीहरु वीच आपसमा चिनजान हुन आवश्यक रहेको कुरा दर्शाए। जिल्लाको विकासको लागि आपसमा छलफल गरि सहयोग गर्न सकिने र वेलायतमै जिल्लावासी बीच भैपरि आउने आपतविपतको वेला सरसयोग हुनुपर्ने आवश्यकतालाई पनि औल्याए।
  धनकुटा प्रतिभा पुरस्कार कोषको बारेमा सचिव विश्वास दीप तिगेलाले कोष स्थापनाको इतिहास, आवश्यकता, उद्देश्य, गतिविधि र आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए। सम्पूर्ण जानकारी www.dhankuta.org.np मा राखिएको कुरा पनि उनले बताए। त्यस्तै गरि दोस्रो बर्षको लागि पुरस्कृत गर्न लायक स्रष्टाहरुको नाम पनि सिफारिस गर्न विश्वका विभिन्न ठाँउमा रहेका धनकुटेलीहरुमा अनुरोध गरेका छन्।



भेलाको क्रममा आनन्द देवान र जितेन्द्र चेम्जोङको सक्रियतामा धनकुटा प्रतिभा पुरस्कारको लागि ४ सय पाउण्ड सहयोग संकलन गरेका छन्। झण्डै ५ सयको संख्यामा उपस्थित धनकुटेलीहरुले परिचयात्मक कार्यक्रमले आफूहरुलाई ठूलो सहयोग पुगेको महशुस गरे भने अब चाँडै सबै क्षेत्रलाई समेटेर धनकुटा जिल्लावासी समिति बनाउने सहमति गरेका छन्।


Photos courtesy: Suhim

कार्यक्रमको वीचवीचमा नृत्य प्रस्तुतिले रोचकता थपेको थियो भने साँझ अबेरसम्म सामुहिक नाचगान गरेर रमाइलो गरेका थिए। पुरस्कार कोषका अध्यक्ष क्याप्टेन ज्ञान लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई डिल्ली राई र लोक लिम्बूले पालैपालो संचालन गरेका थिए।

स्मरण रहोस, धनकुटा प्रतिभा पुरस्कार कोषले गत बर्ष ३ स्रष्टाहरुलाई धनकुटामै पुरस्कृत तथा एक सिनियर ब्यक्तित्वलाई सम्मान गरेको थियो भने यस कोषको अक्षयकोष थप्ने काम तेस्रो चरण अन्तर्गत जम्मा हुनेक्रम जारी छ।


-Suhim Yakthum in Kent, UK
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®