काठमाण्डौ, 17 Feb, 09-
रिपोटस्र क्लबका अध्यक्ष ऋषी धमलालाई थप पाँच दिन
हिसरातमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
प्रहरीले भूमिगत आपराधिक गिरोह रणवीर सेनासँग संलग्न रहेको अभियोगमा दुई
हप्ताअघि धमलालाई पुतलीसडकस्थित रिपोर्टस क्लबको कार्यालयबाट पक्राउ गरेको
थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद
शिवाकोटीले धमलालाई फागुन ६ गते थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि
बढाउन प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले अनुसन्धानको लागि १० दिन
हिरासतमा राख्न अनुमति मागेको थियो । यसअघि जिल्ला प्रशासन काठमाडौंसँग
अनुमति लिएर धमलालाई १४ दिन प्रहरी हिरासतमा राखि सकेको छ ।
हिरासतमा राख्ने म्याद थप गर्न जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउँदा
धमलाले आफू प्रेस स्वतन्त्रताको पक्षधर रहेको तथा राज्यले आफूमाथि षडयन्त्र
गरिरहेको बताएका थिए ।
प्रहरीले धमला र रणवीर सेनाको कार्यकर्तावीचको रेर्कडेड टेलिफोन वार्ता
सर्वाजनिक गरीसकेको छ ।