
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
कांग्रेसका नेता शेरबहादुर देउवाले 'बिजेता' को
मान्यता पाए
काठमाण्डौं, December 29, 2008- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले
आफ्नो गृहजिल्ला डडेल्धुराबाट संविधान सभा सदस्यमा बल्ल 'बिजेता' को
मान्यता पाएका छन् । संविधान सभा निर्वाचनमा धाँधली गरी चुनाव जितेको भन्दै
उनीमाथि संविधान सभा अदालतमा उजुरी परेको थियो ।
निटकतम प्रतिद्धन्दी माओवादी उम्मेवार खगराज भट्टलाई १ हजारभन्दा कम मतले
पराजित गरेका देउवाको जीत सुरुदेखि नै विवादास्पद बन्दै आएको थियो । निकटतम
प्रतिद्धन्दी माओवादीका भट्टलगायत एमाले, जनमोर्चा लगायतका पार्टीले ८ वटा
बुथका मत पेटिकाको सिल तोडिएको र सिल तोडिएको तिनै मत पेटिकाका कारण देउवा
विजयी भएको भन्दै उजुरी गरेका थिए ।
तर संविधान सभा निर्वाचन अदालतले उजुरीकर्ताहरुको निवेदनमा पर्याप्त प्रमाण
नपुगेको भन्दै सोही उजुरी अस्वीकार गरिदिएको छ । न्यायाधिस अनुपराज शर्मा,
तपबहादुर मगर र रामकुमार प्रसाद शाहको इजलासले यो फैसला गरेपछि देउवा
संविधान सभा सदस्यमा कायम हुने भएका छन् ।
दुई निर्वाचन क्षेत्रबाट बिजयी बनेका देउवाले कन्चनपुर- ४ बाट भने
राजिनामा दिइसकेका छन् । यदि संविधान सभा अदालतले धाँधली भएको निर्णय गरेको
भए उनले संविधान सभा सदस्यबाट हात धुनु पर्ने थियो ।
-Sitaram Baral in Kathmandu
|
|