Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

'लोकतान्त्रिक संविधान निर्माण वारको अभियान'



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सबै जनताले संविधान आफ्नो हो भन्ने महशुस हुने गरी बनाउन सकेमात्रै टिकाउ हुने -राष्ट्रपति डा. रामवरण यादव


President Dr. Rambaran Yadav. Photos: Minratna Bajracharya.

काठमाण्डौ, 5 Mar, 09- नेपाल बार एसोसियसनको ११ औं राष्ट्रिय सम्मेलनको राजधानीमा उदघाटन गर्दै राष्ट्रपति यादवले लोकतान्त्रिक न्याय पद्धतिलाई सरल र सर्वसुलभ बनाएर जनताको घर दैलौमा पुर्याउनु पर्ने धारणा राखे ।

राष्ट्रपति डा. रामवरण यादवले सबै जनताले संविधान आफ्नो हो भन्ने महशुस हुने गरी नयाँ संविधान बनाउन सकेमात्रै संविधान टिकाउ हुने बताएका छन् ।

'लोकतान्त्रिक संविधान निर्माण वारको अभियान' भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा राष्ट्रपति यादवले दिगो शान्तिको लागि संविधानमा सबै जनताको भावना प्रतिविम्बित हुन पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै सेना समायोजन विशेष समितिका संयोजक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सेना भर्ति विवाद सेना समायोजन विशेष समितिको वैठकले समाधान गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सेना भर्ती विवाद सेना समायोजन विशेष समितिको वैठक बसेर टुङ्गो लगाउने बताएका छन् । सेना समायोजन विशेष समितिका संयोजक समेत रहेका प्रधानमन्त्री दाहालले भर्ती विवाद समाधान गर्न समितिको वैठक फागुन २३ गते बस्ने जानकारी दिँदै उनले माओवादी जनमुक्ति सेना विशेष समितिको मातहतमा आईसकेकाले समितिको निर्देशन माओवादी सेनाले पालना गर्ने बताए । प्रधानमन्त्रीले नेपाली सेना भर्ती विवाद अदालतमा विचाराधिन रहेकाले त्यस विषयमा आफूले केही टिप्पणी गर्ने बताए ।
 

Prime Minister Prachanda. Photos: Minratna Bajracharya.

प्रधानमन्त्री प्रचण्डले माओवादीको मस्यौदा संविधानबाट कसैलाई नर्तसन आग्रह गरे । बहुदलीय लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारलाई माओवादीले सम्मान गर्ने प्रधानमन्त्रीको भनाई थियो । एकिकृत नेकपा माओवादीको मस्यौदा संविधान केहि दिन अघि माओवादी वरिष्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईको नीजि वेभसाइट मार्फत सार्वजनिक गरिएको थियो ।


UML President Jhalanath Khanal. Photos: Minratna Bajracharya.

कार्यक्रममा नेकपा एमाले अध्यक्ष झलनाथ खनालले माओवादी सेनाको भर्ति आपत्ति जनक भन्दै तत्काल भर्ति रोक्न आग्रह गरे । माओवादी लडाकुमा नयाँ भर्ना खोल्नु शान्ति प्रकि्रया विरुद्ध भएको अध्यक्ष खनालको भनाई थियो ।

सेना समायोजन विशेष समितिका सदस्य तथा नेपाली कांग्रेस नेता रामशरण महतले लडाकु भर्ति नरोकिए शान्ति प्रकि्रया बिथोलिन सक्ने चेतावनी दिए । महतले भर्ना रोक्न प्रधानमन्त्रीले पहल गर्नु पर्ने बताए ।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले माओवादी व्यवहारले शान्ति प्रकि्रया बिथोलिन सक्ने भन्दै माओवादी लडाकु भर्ति रोक्नु पर्ने धारणा राखे ।

देश भित्र र वाहिरका करिब २ हजार नेपाली वकिल प्रतिनिधिहरु सहभागी हुने सम्मेलनमा ८० वटा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

-Santa Bagam in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®