Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
क्यान्टनमेन्टका माओवादी छापामारको हतियार सरकारलाई बुझाउनुपर्ने माग

काठमाण्डौं, December 31, 2008- नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले क्यान्टनमेन्टमा राखिएका माओवादी छापामारको हतियार सरकारलाई बुझाउनुपर्ने बताएका छन् । हतियारमा नभई जनताको शक्तिमा विश्वास गर्न आग्रह गरेका उनले माओवादीलाई प्रश्न गरे- 'क्यान्टनमेन्टमा राखिएका माओवादीका हतियार के का लागि हो क्यान्टनमेन्टका हतियार तत्काल नेपाल सरकारलाई बुझाऊ ।'

माओवादीमा अझै हतियारको मोह रहेकाले िहंसात्मक गतिविधिहरु कायमै रहेको बताएका एमाले नेता नेपालले माओवादीको सेना रहेकालेपनि नागरिक प्रेस र भिन्न मत राख्नेमाथि आक्रमण र हत्याका घटना कायमै रहेको आरोप लगाए । माओवादीलाई सेनारहित राजनीतिक दलमा रुपान्तरित हुन आग्रह गर्दै उनले भने- 'सैनिक 'कु' को डर छ भने नेपाली जनताको साथ भएमा दुनियाको कुनै ताकतले केही गर्न सक्दैन ।'

भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजलाई सैनिक कूबाट अपदस्थ गिरंदा पनि जनताको बलले पुनःस्थापित गराएको उदाहरण दिदै एमाले नेता नेपालले माओवादीलाई पनि जनबलमा विश्वास राख्न आग्रह गरे । माओवादीमा सेना र हतियार रहेसम्म उसमाथि अन्य राजनीतिक दल र नेपाली जनताले विश्वास गर्न नसक्ने बताएका नेता नेपालले नेपाली सेनालाई विश्वास गर्नपनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्।

सेनाको मापदण्डलाई चुनौती दिने काम सह्य नहुने स्पष्ट पार्दै नयां भर्ती खोलेकोमा विवाद नगर्न माओवादीलाई सुझाव दिएका छन् । 'सेनाको ९५ हजार संख्याभित्र दरबन्दीपूर्ति गर्न भर्ना खोलिएको हो भने शान्ति सम्झौता विपरित हुँदैन र विवाद गर्नु पनि उपयुक्त हुँदैन' नेता नेपालले भने- 'सेनाको संख्या बढाउने या घटाउनेबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ ।'

-Sitaram Baral in Kathmandu













   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®