|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राज्य पूनस्रंरचना गर्नुअघि जनगणना गर्नुपर्ने ठहर काठमाण्डौ, 23 Jan, 09- तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारमा रहेका मधेशी जनअधिकार फोरम र सदभावना पार्टीको अवसरवादका कारण विगतको मधेश आन्दोलनको सहमति कार्यान्वयन हुन नसकेको ठहर गरेको छ । माघ १० गते सम्पन्न सो पार्टीको दुई दिने प्रथम राष्ट्रिय कार्यकर्ता सम्मेलनले यस्तो ठहर गरेको भैरहवाबाट पत्रकार सूर्य सारुले जानकारी दिएका छन् । सम्मेलनले मधेशको मुद्दा र आकांक्षालाई संबिधानमा लिपिबद्ध गराउन जनमत संकलन गर्नुपर्ने तथा राज्य पूनस्रंरचना गर्नुअघि जनगणना गर्नुपर्ने ठहर गरेको छ । मधेशका मुद्धालाई सम्बोधन गर्न नसकेको वर्तमान सरकारले विरोध गर्न मधेशका जनताहरु तयार रहेको समेत सो पार्टीले ठहर छ । राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले मधेशी जनअधिकार फोरम र सदभावना पार्टीले सरकारमा रहेर पनि बिगतको मधेश आन्दोलनका सहमतिलाई अघि बढाउन नसकेको भन्दै आलोचना गरे । मधेशी समुदायबाट सेनामा समुहगत प्रवेश नपाएसम्म प्रधानसेनापति मधेशीलाई बनाएपनि समावेशीकरणको आन्दोलन जारी रहने बताउँदै अध्यक्ष ठाकुरले एक मधेश एक प्रदेशको मागमा आफुहरु अडिग रहेको धारणा राखे । एक मधेश एक प्रदेश सहित हिमाल पहाडका संघियतावादीहरु संग सहकार्य गरी संघीयताको आन्दोलनलाई प्रभाबकारी बनाउने सम्मेलनले निर्णय गरेको अध्यक्ष ठाकुरले बताए । सम्मेलनले पत्रकार उमा सिंहको हत्यालाई कारवाही माग गर्ने लगायतका ९ बुँदे निर्णय पारित गरेको छ । पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी तमलोपामा प्रवेश गरेका २ सय ५० जनालाई सदस्यता दिइएको थियो । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||