रक्षा मन्त्रालयले बृगेडियर जनरलहरुलाई अवकास पत्र थमायो
काठमाण्डौं, 20 Mar, 09-
सोमबार चार वर्षे पदाबधि समाप्त भएका नेपाली सेनाका ४ जना बृगेडियर
जनरलहरुलाई रक्षा मन्त्रालयले विहीबार अवकास पत्र पठाएको छ ।
उनीहरुको पदावधि नथपिएपनि प्रधानसेनापतिको आग्रहमा जङ्गी अड्डामा हाजिर
गराउन थालेपछि रक्षा मन्त्रालयले उनीहरुको पदावधि सकिएको जनाउँदै अवकास
पत्र पठाएको हो ।
यसअघि पदावधि सकिएका सैनिक अधिकृतहरु स्वत अवकास पाउने भएपनि यसपटक जङ्गी
अड्डामा हाजिर हुन थालॆको सूचना पाएपछि त्यसरी पठाउनु परेको दावी रक्षा
मन्त्रालयले गरेको छ । रक्षा मन्त्रालयको पत्र जङ्गी अड्डामा पठाएर
उनीहरुले अवकास पाएको जानकारी गराइएको थियो । अवकास पत्र पठाइएपछि उनीहरुको
म्याद नथपिने प्रष्ट भएको छ ।
रक्षा मन्त्रालयले पठाएको पत्रमा सैनिक ऐन अनुसार आठ जना बि्रगेडियर
जनरलहरुको पदावधि समाप्त भएको र उनीहरुको म्याद थप्न सरकारले आवस्यक
नदेखेकाले म्याद थप नगरिएको कुरा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ-
'त्यसैले उनीहरुलाई सैनिक ऐन अनुसार अवकास दिन निर्देशन दिइएको छ ।'
रक्षा मन्त्रालयले सैनिक भर्ना गर्न दिएको निर्देशनको अवहेलना गरेका प्रधान
सेनापति रुक्माङ्गद कटवाल रक्षा मन्त्रालयको यो निर्णयपछि कमजोर सावित हुन
पुगेका छन् । अवकास दिइएका ८ जना बि्रगेडियर जनरलहरुको सल्लाह-सहयोगमा
रक्षा मन्त्रालयको निर्देशन पालना नगरी कटवालले सरकारसँग पौंठेजोरी
खेलिरहेका थिए ।