|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सेना समायोजन विशेष समितीको मापदण्डका आधारमा गरिने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Defense Minister Rambahadur Thapa Magar 'Badal' at the Palpa Adibasi Mahotsav. Photos: Hari पाल्पा, November 5, 2008- रक्षा मन्त्री तथा माओवादी नेता रामवहादुर थापा 'वादल'ले नेपालको संन्दर्भमा नेपालमा सेना समायोजनका विषयमा कुनै पनि मोडल तय नभएको र देशको आवस्यकता र राजनितिक सहमतिका आधारमा अघि वढने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनमुक्ती र नेपाली सेना समायोजनको विषय विशेष समितीको मापदण्डका आधारमा तय गरिने वताए । । उनले कुनै पनि व्यक्ति, दल र राजनितिक दलहरु जनताको आकाक्षा अनुसार चल्नु पर्नैमा जोड दिए । रक्षा मन्त्री वादललॆ सेना समायोजनको विषय वृहत शान्ति सम्झौता अनुसार नै भएको र यो सम्झौता नमान्ने जोकोही पनि जनताको नजरमा नाङ्गिने वताए । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समितिको आयेाजनामा भएको आदिबासी जनजाति सांस्कृतिक महोत्सवको उदघाटन गर्न पाल्पा आएका रक्षा मन्त्री थापाले देशको आवस्यकता र राजनितिक सहमतिका आधारमा अघि वढने प्रतिवद्धता व्यक्त गरे । महोत्सवको उदघाटन गर्दै उनले सरकारले छिट्टै नया राष्ट्रिय सुरक्षा निति ल्याउने वताउँदै यसमा आदिबासी जनजातिको पनि मुख्य भुमिका उल्लेख गरे । उनले नेपालमा भैरहेको शान्ति प्रकृयाका कारण विश्व समुदाय आश्चर्यमा परेको वताउदै अवका दिनमा सरकार जनताको चाहना अनुरुप सेवकका रुपमा अघि वढने जानकारी दिए । |
|
![]() Defense Minister Thapa inaugurating the Palpa Adibasi Mahotsav. प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उदघाटन गर्ने भनिएकेा कार्यक्रममा प्रधानमन्त्री कार्यव्यस्तताका कारण आउन नसके पछि रक्षा मन्त्री वादलले उदघाटन गरेका हुन् ।यस क्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाइ निर्दैशन दिदै रक्षामन्त्री थापाले कर्मचारीहरु परिबर्तित परिस्थिती अनुरुप कार्य अगाडि वढाउनुपर्नेमा जोड दिए । लोकतान्त्रिकरण र देशभक्तकरण गर्न सम्पूर्ण सरकारी कर्मचारीहरुलाई निर्देशन दिए । पाल्पाका सरकारी कार्यालयका प्रमुखहरलाई निर्देशन दिदै कर्मचारीतन्त्रलाई पार्टीकरण गर्न नहुने स्पष्ट पारे । हिजो राजाका काम गर्ने मान्छे योग्य ठहरीदै आएको बताउदै उनले यो अवस्था बदलिए पछि जसले जनताको काम गर्छन् ती मात्र आजको अवश्थामा योग्य ठहरीन सक्छन् भने । Indigenous dance performance at the mahotsav. Photos: Hari आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०६५ को उद्घाटन कार्यक्रममा पाल्पा आएका पुर्व मन्त्री तथा एमालेका केन्द्रिय सदस्य प्रदिप ज्ञवालीले दलहरुको सहकार्यवाटै शान्ति प्रकृया यहासम्म आइपुगेको चर्चा गर्दै यो सहकार्य आगामी दिनमा पनि अघि वढाउनु पर्नै वताए । नेकपा माओवादीका केन्द्रिय सदस्य एवं मगरात राज्य समितीका इन्चार्ज हेमन्त प्रकाश ओली 'शुदर्शन'ले माओवादी सरकारले ल्याएका कार्यक्रमहरु जनमुखी भएको र सांस्कृतिक रुपान्तरण पनि जरुरी रहेको धारणा राखे । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य इन्द्रवहादुर राई, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष एमएस थापा मगर, सभासदहरु लगायत आदिवासी जनजाति संगठनका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । महोत्सवका क्रममा विविध झाँकीहरु पनि प्रदर्शन गरिएकेा थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष गमवहादुर थापाको सभापतित्वमा भएको थियो । -Haribahadur Saru Magar in Palpa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||