|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सरकारको आदेश पालना नगर्ने सेना राष्ट्र विरोधी हुने चेतावनी |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"सरकारको आदेश विपरित वक्तब्यबाजी गर्दै हिड्नेलाई विधिले छुट दिदैन ।"
-रक्षा मन्त्री रामबहादुर थापा 'बादल' काठमाण्डौं, January 7, 2009- सैन्य भर्ना रोक्ने रक्षा मन्त्रालयको निर्णयलाई चुनौति दिदै राजनीतिक बक्तव्यवाजीमा सामेल प्रधानसेनापतिको भनाईलाई छानविन गरी कार्वाही प्रकृया अघि बढाइने संकेत सरकारले दिएको छ । गृहजिल्ला चितवनको भ्रमण क्रममा रहेका रक्षा मन्त्री रामबहादुर थापा 'बादल' ले प्रधानसेनापतिले राजनीतिक अभिव्यक्ति दिएको पुष्टि भएमा प्रधानसेनापतिमाथि कार्वाही हुने बताएका छन् । माओवादीप्रति संकेत गर्दै प्रधानसेनापति रुक्माङ्गद कटवालले नुवाकोटको त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा सेनालाई जुधाउने, बझाउने र विवादमा तान्ने प्रपन्च भैरहेको बताएका थिए । 'सेना कतैबाट आत्तिने, मात्तिने र बहकाउमा पर्ने छैन' माओवादीलाई घुमाउरो पाराले चुनौति िदंदै प्रधानसेनापतिले भनेका थिए । राष्ट्रसंघीय शान्ति मिसन 'अनमिन' ले सेना भर्ना प्रकृयाप्रति असन्तुष्टि जनाउँदै रक्षा मन्त्रालयलाई पत्राचार गरेपछि रक्षा मन्त्रालयले सैन्य भर्ना रोक्न सेनालाई पत्राचार गरेको थियो । सेनाले भर्ना प्रकृया अघि बढिसकेकाले रक्षा मन्त्रालयकॊ आदेश आफूलाई मान्य नहुने जवाफ फर्काएको थियो । त्यसपछि रक्षा मन्त्रालय र सेनाबीचको द्धन्द चुलिएको हो । राजा महेन्द्रले ओखलढुङ्गाबाट बालककालमा काठमाडौं ल्याई दरवारमै हुर्काएका प्रधानसेनापति कटवालले व्यवसायिक सेनाको प्रधानसेनापति भएपनि राजनीतिक बक्तव्यवाजी गर्दै आएका छन् । कटवाल राजाको माघ १९ को कदमको एक सूत्रधारपनि मानिन्छन् । गत साल तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई रिझाएर कटवाल प्रधानसेनापति बनेका थिए । कटवालले शनिवार नुवाकोटको त्रिशुलीमा आयोजित कार्यक्रममा माओवादीप्रति थप लक्ष्यित गर्दै मुलुक र कानूनविरुद्ध सन्चालन भएका सशस्त्र समूहले हतियार नबुझाएका कारण पूर्ण शान्ति स्थापना नभएको बताएका थिए । 'सेना आतंकबाद, उग्रवाद र अतिवाद विरुद्ध लडिरहेको संस्था भएको' बताएर उनले माओवादीलाई थप चुनौति दिन खोजेका थिए । 'यदि नेपाली सेना आतंकबाद, उग्रवाद र अतिबाद विरुद्ध लडेको संस्था हो भने अब फौजीबाद विरुद्धपनि लडोस्' रक्षामन्त्री बादलले सेनापति 'सरकारवादी' भन्दा 'फौजीवादी' बन्न खोजेको र बन्दुकको डर देखाएर सरकारलाई आफ्नो योजना अनुसार िहंडाउन खोजेको आरोप लगाउँदै भनेका छन्- 'देशमा लोकतन्त्र स्थापना भैसकेको छ बन्दुकका बलमा सत्ता सन्चालन गर्ने सपना कसैले नदेखे हुन्छ ।' सेनापतिका पछिल्ला अभिव्यक्ति राजनीतिक भएको बताउँदै रक्षामन्त्री बादलले भनेका छन्- 'सेनाले सरकारको आदेश पालना गर्नुपर्छ, राजनीतिक अभिव्यक्ति िदंदै िहंड्ने होइन सरकारको आदेश विपरित वक्तब्यबाजी गर्दै िहंड्नेलाई विधिले छुट िदंदैन ।' सरकारको आदेश पालना नगर्ने सेना राष्ट्रविरोधी हुने चेतावनी पनि रक्षामन्त्रीले दिएका छन् । -Sitraram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||