|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'सेना समायोजनमा नेपाली सेनाको परम्परागत मापदण्ड लागू हुँदैन' |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'जसले सेना समायोजन हुनुपर्छ भनी हस्ताक्षर गरेका छन् उनीहरुनै
त्यसविरुद्ध बोल्दै हिडेर जनादेशविरोधी काम गरिरहेका छन्'-
रक्षा मन्त्री 'बादल' काठमाण्डौं, October 18, 2008- सैन्य राजनीतिमा राम्रो दख्खल राख्ने माओवादीका बरिष्ठ नेता एबं रक्षा मन्त्री बादलले जनसेनालाई नेपाली सेनामा समायोजन गर्दा नयां मापदण्ड तयार गरिने बताउँदै जनसेनालाई नेपाली सेनामामात्र नभई सुरक्षाका अन्य अगंहरुमा पनि समायोजन गरिने जनाउपनि दिएका छन् । माओवादी जनमुक्ति सेनासँग करिव ५ बर्ष लामो लडाई लडेको नेपाली सेनालाई सन्चालन गर्ने विभागीय मन्त्रालय अर्थात् रक्षा मन्त्रालयको जिम्मेवारी पाएका बादलको यो अभिव्यक्तिले सेना समायोजन मुद्धामा नयाँ बहस र विवाद सिर्जना गर्ने पक्कापक्की छ । यद्यपी सेना समायोजनका लागि बन्ने विशेष समितिले जनसेनालाई कुन कुन निकायमा समायोजन गर्नेबारे टुंगो लगाउने उनको कथन छ । 'जन सेनालाई नेपाली सेनामा मात्र समायोजन गर्ने नभई सशस्त्र प्रहरी, जनपथ, औद्योगिक सुरक्षालगायतमा समायोजन गरिनेछ' शनिवार आयोजित एक विशेष साक्षात्कार कार्यक्रममा माओवादी नेता एबं रक्षा मन्त्री बादलले भने- 'सेना समायोजनमा नेपाली सेनाको परम्परागत मापदण्ड लागू हुँदैन नयाँ मापदण्डका आधारमा सेना समायोजन गरिनेछ ।' सेना समायोजन शान्ति प्रकृयाकै अभिन्न अंग भएको बताउदै रक्षा मन्त्री बादलले त्यसको विरोध गर्नेलाई शान्ति र राष्ट्रको विरोधी करार गरेका छन् । उनले चेतावनीको भाषामा भने- 'सेना समायोजनको विरोधमा आएका अभिव्यक्तिले दुर्घटनाको संकेत गरेको छ, सेना समायोजन हुन नदिन चाहनेहरु देशको बिघटन होस् भन्ने चाहन्छन् ।' सुशील कोइराला, रामचन्द्र पौडेल लगायत नेपाली कांग्रेसका केही नेताहरुको नामै तोकेर सेना समायोजनका विरोधीको आरोप लगाउँदै बादलले भने- 'सेना समायोजनका सम्बन्धमा विद्रोहको चेतावनी दिनु भनेको मुलुक बिघटनको चेतावनी दिनु जस्तै हो ।' शान्ति सम्झौताको मसी नसुक्दै सेना समायोजनलाई विवादास्पद बनाउने अभिव्यक्ति आएकोमा आफूहरु गम्भीर भएको बादलले बताए । 'जसले सेना समायोजन हुनुपर्छ भनी हस्ताक्षर गरेका छन् उनीहरुनै त्यसविरुद्ध बोल्दै हिडेर जनादेशविरोधी काम गरिरहेका छन्' बादलले भने- 'नेपाली जनताले सेना समायोजनको म्याण्डेट दिएकाले माओवादी नेतृत्वको सरकारले सेना समायोजनसम्बन्धी जिम्मेवारी पूरा गरेरै छाड्नेछ ।' सेना समायोजनमा नेपाली कांग्रेसलाई आधिकारिक धारणा सार्वजनिक गर्न बादलले आग्रहपनि गरेका छन् । सेना समायोजनका लागि बन्ने विशेष कमिटी राजनीतिक सहमतिबाटै निर्देशित हुने बताएका रक्षा मन्त्रीले सो विशेष कमिटीले मापदण्ड बनाएपछि संविधान सभाबाट पारित हुने र सोहीबमोजिम प्रकृया अगाडि बढ्ने जानकारीपनि दिए । उनले भने- 'जनताको आकांक्षाअनुरुपको प्रस्ताव संविधान सभामा लगेर जनप्रतिनिधिबाटै सेना समायोजनको मापदण्डलाई पारित गरी प्रकृया थालिनेछ ।' |
|
|
सेना समायोजनसंगै प्रभावकारी राष्ट्रिय सुरक्षा नीति बनाउन आफूहरु सकृय हुने बताउँदै रक्षा मन्त्री बादलले राष्ट्रिय अखण्डता र नेपाली जनताको स्वाभिमान अनुसारको सुरक्षानीति बनाइने जानकारी दिएका छन् । नेपाली भूमि कुनैपनि छिमेकीकोविरुद्ध प्रयोग हुन नसक्ने गरी सुरक्षानीति बनाउनुपर्ने उनको भनाई थियो । हाल चर्चाको शिखरमा रहेको जनगणतन्त्रसम्बन्धी बहसमापनि रक्षा मन्त्री बादलले आफूलाई सामेल गरे । 'हामीले भनेको जनगणतन्त्रको अपव्याख्या गरिएको छ' उनले भने- 'हामी बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीसहितको जनगणतन्त्रको पक्षमा छौं, जनगणतन्त्रमा हाम्रो असमति छैन र यो अहिलेको बहसको विषयपनि होइन ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||