Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




















































News from Nepal: नेपाली खबरहरु

भारत कि छोरी, नेपाल कि बुहारी
काठमाडौं, March 5, 2008-नेपाली धर्ति र नेपाली आमाकै कोखबाट जन्मेर देशप्रति घात गर्नेहरु हामीकहाँ थुपै् छन् । यस्तै धोकेवाजहरुका कारण नेपालको राष्ट्रियता कमजोर भएको हो । तर सरिता गिरीहरुपनि यही धर्तिमा छन् जसको जन्मभूमि भारत भएपनि उनीहरुले कर्मभूमि नेपाललाई बनाएका छन् । र नेपालको सम्बृद्धिमा आफूलाई अहोरात्र समर्पित गरेका छन्।

अरु मधेशी नेताजस्तै नेपाल सद्भावना पार्टी आनन्देवी की प्रबक्ता सरिता गिरी न एक मधेश एक प्रदेशको पक्षमा छिन् नत छिन् चुनाव बहिस्कारको पक्षँमा नै । हो उनी भारतकी 'चेली' हुन् भने नेपालकी बुहारीपनि हुन् । एक नेपाली किशोरीकी आमापनि हुन सरिता । जन्मभूमि भएकाले उनलाई भारत जति प्यारो लाग्छ त्यो भन्दा बढि प्यारो लाग्छ उनलाई नेपाल । किनभने उनकै शब्दमा- नेपाल उनको कर्मभूमि हो जहाँ उनले 'धेरै भन्दा धेरै काम गरेर आफ्नो क्षमता र योग्यताको प्रदर्शन गर्नुछ ।' त्यसैले उनले आफूलाई विगत १८ वर्षदेखि नेपालको राजनीति समाजसेवा र महिला अधिकारको पक्षमा आफूलाई समर्पित गरेकी छिन् । महिला नेतृहरुको सूचि तैयार पार्ने हो भने सूचि निकै ठूलो बन्न सक्छ । तर सक्षम महिला नेतृहरुको पंक्तिमा भने उनी अगाडि भेटिन्छिन् । त्यसैले उनको पार्टी सानो भएपनि सरितालाई भने कसैलेपनि नजर अन्दाज गर्न सक्दैन ।

शान्त र स्वतन्त्र नेपाल निर्माणमा आफ्नो तर्फबाट इँटा थप्न सकियो भने आफूलाई सन्तोष लाग्ने बताउने उनी मधेश लगायत सारा नेपाल-नेपालीको शान्ति र सम्बृद्धिको माध्यम संविधान सभाको चुनाव हुने बताउँछिन् । संविधान सभाको पक्ष र एक मधेश एक प्रदेशको विरोध गर्दा आफूलाई मधेशवादी भन्नेहरुले जतिसुकै आलोचना गरुन् उनलाई मतलव छैन । उनी यस विषयमा आफूलाईमात्र मधेशको हित चाहने दावी गर्ने हरेक मधेशी नेता-कार्यकर्तासँग बहस गर्न तैयार छिन् । उनी भन्ने गर्छिन्- 'हामी मधेशीहरुले संविधान सभाको चुनावमा भाग लिनै पर्छ । हामीले संविधान सभाको चुनावमा भाग लिएनौ भने त्यसको फाइदा प्रतिगामी शक्तिलाई हुनेछ बदनाम हामी मधेशीहरु हुनेछौं ।'

अरुलाई संविधान सभाको चुनावमा भाग लिन प्रेरित गर्ने सद्भावना नेतृ सरिताले चुनावकालागि उम्मेदवारी दर्ता गर्न भने पाइनन् । कारण हो सद्भावना पार्टीलाई आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले आफ्नो खल्तीको पार्टीको रुपमा दर्ज गराउनु । समानुपातिक निर्वाचनकालागि उम्मेदवारका रुपमा मन्त्री गुप्ताले जब फागुन ८ गते पार्टीसँग कुनै सल्लाह नै नगरी मनमौजी तरिकाले गोप्य सूचि निर्वाचन आयोगमा बुझाए पार्टीभित्र प्रजातान्त्रिक पद्दतिको मागस्वरुप सो बन्दसूची सार्वजनिक गर्न र पार्टीले निस्कासन गरिसकेका मन्त्री गुप्तालाई मन्त्री पदबाट हटाउन माग गर्दै उनी आमरण अनसनमा बसेकी हुन् ।

उनको आमरण अनसन सुरु भएकोपनि दुई हप्ता बितिसकेको छ । तर उनको मागको सुनुवाई पार्टीभित्र भएको छैन । पटक पटक विभाजन भएको सद्भावना पार्टीकी राष्ट्रिय अध्यक्ष आनन्दीदेवी िसंहले मन्त्री गुप्तालाई पार्टीबाटै निस्कासन गरेपछि पार्टीभित्र सर्वाधिक शक्तिशाली मानिने बरिष्ठ उपाध्यक्षको रुपमा गुप्ताले आफूले आफैलाई घोषणामात्र गरेनन् आफै आधिकारिक भएको बताउँदै निर्वाचन आयोगमा पार्टीको तर्फबाट आफैले तैयार पारेको समानुपातिक निर्वाचन तर्फको बन्दसूचिपनि बुझाए । लिष्टमा को को परेका छन् भन्ने कुरा पार्टीका अरु कुनैपनि नेताले थाहा पाएका छैनन् । त्यसैको विरोधस्वरुप प्रबक्ता गिरी फागुन ८ गतेदेखि आमरण अनसनमा बसेकी थिइन् ।

उनको अनसनलाई पार्टीका केन्द्रीय सदस्यहरु उर्मिला पाण्डे र उपेन्द्रप्रसाद उपाध्यायलेपनि ऐक्यबद्धता जाहेर गर्दै अनसनमा बसेका छन् । अधिकांस नेता कार्यकर्ता उनको अनसनमा ऐक्यवद्धता जाहेर गर्न गैसकेका छन् । सबैको स्वास्थ्य नाजुक भैसकेको छ । तर न मागको सुनुवाई मन्त्री गुप्ताले गरेका छन् न त अध्यक्ष आनन्दीदेबी िसंहले नै । राजनीतिक पृष्ठभूमि नभएकी केवल पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण िसंहको विधवा भएकीलेमात्र सम्मानदिन अध्यक्ष बनाएकी िसंहलाई मन्त्री गुप्ता विरोधी पक्षले कब्जामा लिएकाले अध्यक्ष िसंहबाटपनि आफ्नो मागको सुनुवाई नभएको उनको आरोप छ । सात दलीय गठबन्धनको मन्त्री परिषद्मा रहेका कारण पार्टीबाट निस्कासित भएपनि सात दललेपनि मन्त्री गुप्तालाई नै मान्यता दिएका छन् । सद्भावना पार्टीभित्रको अहिलेको समस्याको एउटा कारण सात दलले मन्त्री गुप्तालाई दिएको समर्थन पनि बनेको छ ।

'यस्तो बेला अध्यक्षले केन्द्रीय समितिको बैठक बोलाएर आफूले मन्त्री गुप्तामाथि गरेको निस्कासनको कार्वाहीलाई अनुमोदन गराउनुपर्छ पार्टीभित्रको समस्या समाधानको प्रारम्भ यही हुन्छ' अनसनको सातौं दिन यूएसनेपालअनलाइन डटकमसँग कुरा गर्दै नेतृ गिरीले बताएकी थिइन्- 'त्यसो भयो भने मन्त्री गुप्ताले पार्टीको तर्फबाट भन्दै निर्वाचन आयोगमा पेश गरेको बन्दसूचिको सट्टा पार्टीको तर्फबाट आधिकारिक बन्दसूचि पठाउन सकिन्छ । तर अध्यक्ष िसंहलाई प्रयोग गरी पार्टीलाई अर्का पक्षले कब्जा गर्न खोजेकाले अध्यक्षलाई नजरबन्दमा राखेको छ । त्यसैले बैठक नै बोलाइएको छैन ।' नेतृ गिरीले भनेझैं केही दिन अघि आफ्नो पार्टी सात दलीय गठबन्धनबाट अलग भएको विज्ञप्ति जारी गरेकी अध्यक्ष िसंह यतिबेला कहाँ छिन् कसैलाई थाहा छैन ।

लोकतान्त्रिक आन्दोलन सफल भै सात दलको सरकार बनेपछि सात दलीय गठबन्धनको एक घटक नेपाल सद्भावना पार्टी आनन्दीदेबी मा सरकारमा को जाने भन्ने विषयमा पटक पटक विवाद र फूट भैसकेको छ । आन्दोलनको सफलतालगत्तै सरकारमा पार्टीको तर्फबाट ह्दयेश त्रिपाठी सहभागी भएका थिए । तर उनी सरकारमा गएलगत्तै उनलाई हटाउने खेल सुरु भयो । उनलाई हटाएर मन्त्री बन्न सफल भए राजेन्द्र महतो । मन्त्री बनेपछि उनलाई हटाउने खेलमा अर्काे पक्ष लागिहाल्यो । २-३ महिना नबित्दै उनीपनि हटाइए । र नयाँ मन्त्री बने श्यामसुन्दर गुप्ता । महतोकै बाटो पछ्याउँदै गुप्तालेपनि आफू मन्त्री बन्न अध्यक्ष िसंहलाई कब्जामा लिई मन्त्री बनाउने कागजमा हस्ताक्षर गराएर सात दलमा पेश गरेको आरोप पार्टीभित्र लाग्दै आएको छ । त्रिपाठी भने यतिबेला महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रि पार्टीको अध्यक्षँ छन् भने महतोले नयाँ सद्भावना पार्टी गठन गरी त्यसको अध्यक्ष बनेका छन् ।

राजनीतिक पृष्ठभूमिको अभावका कारण पार्टी अध्यक्ष िसंहको भूमिका पार्टीभित्र सून्य छ । उनलाई 'सेरमोनियल' अध्यक्ष भन्ने गरिएको छ । पार्टी विधानमार्फत् नै बरिष्ठ उपाध्यक्षलाई सबैजसो अधिकार दिइएको छ । महामन्त्री रहेका मन्त्री गुप्ताले आफैलाई बरिष्ठ उपाध्यक्ष बनाउन दबाव दिएपनि अध्यक्ष िसंहले दबाब अस्वीकार गरेकी थिइन् । त्रिपाठी र महतो पार्टीबाट बाहिरिएपछिपनि विवादको सुरुवात हुनुको कारण यही थियो । मन्त्री गुप्ताको दबावका बाबजुद अध्यक्ष िसंहले बरिष्ठ उपाध्यक्ष बनाइन्- खुसीलाल मण्डललाई जो स्व। गजेन्द्रनारायण िसंहका हितैषी हुन् । तर पार्टीमा आफ्नो बहुमत रहेको दावी गर्दै मन्त्री गुप्ताले आफूले आफैलाई बरिष्ठ उपाध्यक्षको रुपमा घोषणा गरे । मन्त्री पदमा रहेकाले सात दललेपनि मन्त्री गुप्ताकै कुरा सुन्न थाल्यो । यसबाट प्रँेत्साहित मन्त्री गुप्ताले उम्मेदवारको सूचि आफ्नै रुचि अनुसार तैयार पारी निर्वाचन आयोगमा पेश गरे ।

बताइए अनुसार मन्त्री गुप्ताले समानुपातिकको सूचिमा आफ्नी एकजना प्रेमिकालाईपनि उम्मेदवारको रुपमा पेश गरेका छन् जवकि उनका घोषित रुपमा नै दुईजना श्रीमति छन् । उनले आफ्ना छोरा राकेश गुप्तालाईपनि उम्मेदवारको सूचिमा राखेको बताइएको छ । आफूलाई बरिष्ठ उपाध्यक्ष घोषणा गरेपछि राष्ट्रिय कार्यसमितिपनि पुनर्गठन गरी मन्त्री गुप्ताले छोरा राकेशलाई केन्द्रीय सदस्य बनाएका थिए । सेरमोनियल अध्यक्ष िसंहको निर्णयहीनताका कारण सुरुमा मन्त्री गुप्तालाई समर्थन गर्नेहरुपनि यतिबेला उनीबाट वाक्क भएका छन् । कति त राजनीतिबाटै पलायन हुने सोचमापनि छन् । 'तर हाम्रो दल आन्दोलनकारी दलमध्येको एक घटक हो यसको आफ्नै इतिहास छ त्यसैले निराश भएर त्यत्तिकै बस्नुभन्दा स्वार्थी व्यक्तिहरुलाई पाखा लगाएर इमान्दारहरुको पार्टी बनाउन म अनसनमा बसेकी हुँ' अनसनस्थलबाटै प्रबक्ता गिरी भन्छिन्- 'मेरो अनसन सात दलको इज्जतसँगपनि जोडिएको छ । श्यामसुन्दर गुप्ताको मनपरी र गैरदलीय चरित्रलाई यसरी नै प्रँेत्साहित गर्ने हो भने सात दलको पनि इज्जत जान्छ ।'

बानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा विगत एक हप्तादेखि आमरण अनसनरत सरिता पाण्डे र उपाध्यायलाई भेट्न आन्दोलनरत मधेशी दल र संगठनका नेता-कार्यकर्ताहरुपनि जाने गरेका छन् । उनीहरु सरितासँग मधेश आन्दोलनलाई समर्थन गरिदिन आग्रह गर्ने गर्छन् । तर उनी भन्ने गर्छिन्- 'मधेशका जनताले उठाएका कतिपय मागप्रति मेरो समर्थन छ । तर माग राख्ने नाममा संविधान सभाको चुनाव भाँड्ने पहाडी समुदायका मानिसप्रति घृणा र द्धेष उत्पन्न गर्ने कृयाकलापहरुको समर्थन म गर्न सक्दिन । यतिबेला संविधान सभाको चुनाव भाँड्नु भनेको मधेशप्रति नै धोका दिनु हो । संविधान सभाले नै मधेशी समुदायका जनताको हितहरुको संरक्षँण गर्छ त्यसैले आन्दोलन छाडेर संविधान सभाको चुनावमा जाने वातावरण बनाउनुपर्छ ।'

नेपाली धर्ति र नेपाली आमाकै कोखबाट जन्मेर देशप्रति घात गर्नेहरु हामी कहाँ थुपै् छन् । यस्तै धोकेवाजहरुका कारण नेपालको राष्ट्रियता कमजोर भएको हो । तर सरिता गिरीहरुपनि यही धर्तिमा छन् जसको जन्मभूमि भारत भएपनि उनीहरुले कर्मभूमि नेपाललाई बनाएका छन् । र नेपालको सम्बृद्धिमा आफूलाई अहोरात्र समर्पित गरेका छन् । नेपालको स्वतन्त्र अस्तित्व रहिरहनुको एउटा कारण सायद योपनि हो । सरिता कुनै पनि कोणबाट नेपाली राष्ट्रियतालाई कमजोर पार्न नहुने बताउँछिन् । मधेशका समस्या समाधान गर्ने नाममा भारतीय राजदूतावासमा यसै हप्ता भएको बैठकले स्वाभिमानी नेपाली जनताको शीर झुकेको र मधेश आन्दोलनसमेत बदनाम भएको कथन उनको छ । के मधेशवादी दल र संगठनहरुले सरिता गिरीबाट यो पाठ सिक्न सक्लान् ।
Sarita Giri.
Photo: Sitaram Baral

-Sitaram Baral
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®