Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

राष्ट्रपतिबाट टीका ग्रहण गर्दै उपराष्ट्रपति झा Photos: Sitaram

काठमाण्डौं, October 9, 2008- यसअघि राष्ट्र प्रमुखको हैसियतले राजासँग लगाइदै आएको विजया दशमीको टीका यसपटक मन्त्री सरकारी अधिकारी लगायत सर्वसाधारणहरुले राष्ट्रपति डा. रामबरण यादवसँग लगाएका छन् ।

धापासीस्थित राष्ट्रपति डा. रामबरण यादवको निवासमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री बामदेव गौतम, सशस्त्र प्रहरीका महानिरीक्षक बासुदेव ओली लगायतले टीका लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' टीका लगाउन पुग्नु हुने हो वा होइन भन्ने कुरा यकिन भैसकेको छैन । राष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सभासद किरण यादवले प्रधानमन्त्री आउने नआउनेबारे राष्ट्रपति निवासमा कुनै जानकारी नभएको बताइन् । जनयुद्ध सुरु भएयता माओवादी नेताहरुले दशैं मनाएका छैनन् । राष्ट्रपति निवासमा टीकाकालागि कुनैपनि माओवादी नेता कार्यकर्ता पुगेका छैनन् ।


राष्ट्रपति रामबरण यादव उपराष्ट्रपति परमानन्द झा उपप्रधानमन्त्री बामदेब गौतम साथै उपप्रधानमन्त्री गौतमकी धर्मपत्नी सहित परिवार Photos: Sitaram
 
राष्ट्रपति निवास Photos: Sitaram

राष्ट्रपतिसँग टीका लगाउनकालागि उपराष्ट्रपति झा पौने २ बजे र उपप्रधानमन्त्री गौतम सभा दुई बजे पुगेका थिए । दुबै जना सर्वसाधारणसँग बसेर राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका थिए । त्यसअघि राष्ट्रपतिको बैठक कक्षमा राष्ट्रपतिसँग उपराष्ट्रपति तथा उपप्रधानमन्त्रीको छोटो कुराकानी भएको थियो । राष्ट्रपतिको बैठक कक्षमा भएको सो दुर्लभ क्षणलाई क्यामरामा कैद गर्ने अवसर यूसनेपालअनलाइन ले प्राप्त गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति मधेशमा मनाइने दशैं बारे सामान्य कुराकानी भएको थियो भने सपरिवार पुगेका उपप्रधानमन्त्री गौतमका परिवारसँग राष्ट्रपतिले घरायसी स्थितिबारे कुराकानी गर्नु भएको थियो । उहाले उपप्रधानमन्त्रीका छोरा तथा छोरीलाई राम्रो शिक्षादीक्षाकालागि शुभकामना दिनु भएको थियो । छोटो कुराकानीपछि राष्ट्रपतिले टीका लगाइदिनु भएको थियो ।

दिउसो बार्ह बजेपछि सुरु भएको राष्ट्रपति यादवसँग टीका लगाउनकालागि सयौं व्यक्तिहरु पुगिसकेका छन् । एक पटकमा करिव १ सय जनालाई टीका लगाएपछि राष्ट्रपतिले विश्राम लिने र १५ मिनेटपछि फेरि टीका लगाउने गर्नु भएको छ । राष्ट्रपतिको टीकामा पैसा दिइएको छैन । प्रसादको रुपमा स्याउ मिश्रीनरिवल दिइएको छ ।

-Sitaram Baral in Kathmandu
 
Read our related news and photo feature:
Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea
» Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्‍ग (8 Photos)
» काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos)
   उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
   प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?'
» यसपालीको वडा दशैं यसरी समापन भो!
» "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो"
   शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos)
» क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
» फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
» साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos)

» Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos)
» पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
» माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
» राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos)

» Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
» वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos)
» बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँद (Special: 10 Photos)
» "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
    नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®